पिडा पोख्दा उत्तेजित भइदो रहेछ -आङ्ग काजी सेर्पा

Ang Kaji Sherpaदुइ अढाइ बर्ष अघि क्षेत्री, बाहुनहरुलाइ तथानाम गाली गरेर चर्चामा आएका आङ्गकाजी सेर्पा अहिले कही कतै उनको नाम सुनिदैन । केही नेताहरुले आफुलाइ एउटा समुदायको प्रतिनिधी भन्ने ठान्छन् तर जनताले आफ्नो प्रतिनिधी आफै चुन्न चाहान्छन् भन्ने कुरा बुझ्न असफल भएकै कारणले केही माउपार्टीको नेतृत्वमा बसेका ब्यक्तिहरुमा दम्भ पलायो र ठुलो भाग पाउने आशामा आङ्गकाजी सेर्पाहरुको साथ लिए । दुर्भाग्य उनिहरुले गत सम्बिधानसभाको निर्वाचनमा पराजय भोग्नु पर्यो ।
जनजाती महासंघका यस अघिका महासचिव र अशोक राइको नेतृत्वको संघीय समाजबादी पार्टीका भारत बाहेकको बिदेश बिभाग प्रमुख आङ्गकाजी सेर्पासंग मैले झण्डै १६ महिना अघि उनि बेलायत आएको बेला छोटो कुरा कानी गरेको थिंए । मैले उनिसंग कुराकानी गरेको थाहा पाए पछि बेलायतबाट प्रकाशित हुने एक साप्ताहिकका सम्पादकले यो कुराकानी आफुले प्रकाशित गर्न भनि मसंग अनुराध गरे । उनको अनुराधलाइ मैले एक मित्रताको हैसियतले नकार्न सकिन र उनलाइ दिए । तर उनले यो अन्तवार्ता अलि कडा भयो भनि छाप्न मानेनन् । मैले पनि बिभिन्न अन्य गुह्य काम धन्दाका कारण बिर्सेको रहेछु । आज अचानक फेसबुकमा उनको एउटा कबितासंग मेरा आँखा ठोकिए । उनको कबिता पनि तल जोडेको छु ।
नेपाल आदिबासी जनजाती महाँसंघको गठन हुदा उनि हङ्गकङ्गको सैनिक स्कूलमा शिक्षण पेशा गर्दथे । ब्रिटीश गोर्खा आर्मीका बालबच्चाहरुको शिक्षणमा संलग्न भएको १२ बर्ष पछि उनी शिक्षण पेशा छोडेर नेपाल फर्किन्छन् र नेपालमा जातीय राजनितीमा सक्रीय हुन्छन् । जातीय राजनितीमा सक्रीय हुन थाले लगत्तै बिबादमा मुछिन पनि थाल्छन् । अलि खरो स्वभावका यी ब्यक्तित्वलाइ बिगत बर्ष सम्म पनि धेरै नेपालीहरुले चिन्दैनथे । यद्यपी उनी नेपाल आदीबासी जनजाती महाँसंघको महासचिव पदमा निर्बाचित भैसकेका थिए । त्यसो त उनि कुनैबेला  नेकपा एमालेका उपाध्यक्ष्य समेत रहिसकेका अशोक राइहरुद्धारा गठित राजनैतिक पार्टी संघीय समाजबादी पार्टी, नेपालको स्थाइ समिती सदस्य समेत रहेका छन् र उनलाइ पार्टीले भारत बाहेकको प्रबास संगठन फाँटको पनि जिम्मा लगाएको थियो ।
आफुलाइ “किसान” भनेर चिनिन चाहने आङ्गकाजी सेर्पा “किसान” सोलुखुम्बुमा जन्मेका हुन् । यद्यपी उनले आफ्नै हातले खेती किसानी गरे भन्ने कुरा भने अलि अपत्यारिलो हुने छ । नेपाल आदिबासी जनजाती महासंघका महासचिब पदको जिम्मेवारी सम्हालेको बेला आङ्गकाजी सेर्पा  युरोप भ्रमणमा आएका थिए । युरोप भ्रमणक्रममा उनि बेलायतको फनबरोमा नेपालका पहिला शहिद लखन थापा मगरको सम्झनामा आयोजित शहीद दिवश कार्मक्रममा आइपुगेका थिए । केही महिना अघि उनले क्षेत्री, बाहुनको बिरोधमा कडा शब्दहरु बोलेको भनी बिबादमा मुछिएका थिए भने अहिले फेरी उनले संस्थाको रकम हिनामिना गरेको भन्ने समाचार पत्र पत्रिकामा आएको छ । उनीबाट भ्रष्टाचार भयो भन्ने समाचार पत्रपत्रिकामा के मात्र आएको थियो, यसको जवाफमा समाचार छाप्ने पत्रकारलाइ एक साता भित्र मार्ने धम्की समेत पुग्यो भन्ने कुरा उक्त साप्ताहिकका सम्पादकले आफ्नो फेसबुक स्टाटसबाट सार्बजनिक समेत गरे । के यी दुबै सार्बजनिक भएका समाचारहरु  हल्लामात्र हुन्की यथार्थ हो त ?
भनिन्छ हावा नचली पात हल्लिन्न तर कसैले रुखको फेंदमा धक्का दियो भने सायद पात हल्लेला तर यसको स्वरुप भने फरक हुन सक्छ । आङ्गकाजी सेर्पा कुराकानी गर्दानै निकै खरो भएर उत्रने भएकाले मैले उनलाइ पहिलो प्रश्न तपाइ धेरै खरो मान्छे यदि संयमता र धैर्यताका साथ कुरा गर्न चाहानुहुन्छ भने मात्र म तपाइको आधा घण्टा समय लिन चहान्छु भनेर सोधेको थिंए । उनले हास्दै हेर्नुहोस् म दुबै कुरा गर्न सक्छु धैर्य र खरो तर तपाइसंग म धैर्य भएरै कुरा गर्ने छु ।
दोस्रो प्रश्न मैले उनलाइ अहिलेको युरोप यात्राको मिशन के हो भनि सोधेको थिएं, आज त म यहाँ शहीद लखन थापा दिवशको उपलक्ष्यमा उपस्थित भएको छु तर मेरो खास मिशन चाही इटलीको रोम सम्म पुग्ने रहेको छ । त्यहा यही फाल्गुण १ गते अर्थात १२ फरवरी देखि कृषि बिकाशका लागि आदिबासी जनजातीहरुको अन्तरराष्ट्रिय सम्मेलन हुन गैरहेको छ , त्यहाँ मैले नेपाल र एसिया महादेशकै तर्फबाट प्रतिनिधित्व गर्ने छु ।
आदिबासी जनजाती महासंघको गठन पश्चात अन्तरराष्ट्रिय स्तरमा यसका कार्यक्रम प्रति आफु अत्यन्त सन्तुष्ट रहेको बताउदै नेपाल भित्र भने बिभिन्न कारणले गर्दा सबै कुरा आफुले भनेजस्तो भने हुन नसकेको गुनासो गर्दै तर पनि संगठनको काम राम्रोसंग चलेको बताए ।
उनि पटक पटक बिबादमा मुछिएको किन होलानी रु जिज्ञासा राख्दा उनि भन्छन् जो पीडामा परेको छ त्यो ब्यक्ति तिखा खरोे र भाबबिभोर हुदोरहेछ । यदि मैले आफ्ना अनुभुतीहरु प्रश्ट हुने गरि पोखिन भने मान्छेहरुले मलाइ बिश्वास नगर्ने सम्भावना रहन्छ । जस्तै एउटी महिला जो पुरुषबाट बलत्कृत भएकि छ, यदि उसले अदालत सामु आफु बलत्कृत भएको कुरा, आफ्ना पिडाहरु आँखा नरसाइकन भनिन् भने सायद अदालत ले उनको बयान गलत पनि ठहराउन सक्छ । त्यसैले मैले हामी जनजातीका उत्पीडनहरु, पीडाहरु बाहिर प्रत्यक्ष देखाउनु पर्ने ठान्दछु । किन भने मैले  आफ्नो संगठनको महासचिबको हैसियतले मैले  जनजातीहरुका पिडाहरु, उत्पिडनहरु राम्रोसंग बुझेको छु, छामेको छु, र महसुस गरेको छु । म जव बोल्न, कुरागर्न थाल्दछु तव म भाबुक हुन्छु र सम्बेदनशलि पनि हुन्छु । र मैले मेरा अभिब्यक्तिहरु नाटकीय ढंगले होइन ब्यबहारिक ढंगले प्रस्तुत गर्न चाहान्छु ।
तर तपाइ पेशाले शिक्षक, एउटा शिक्षक तपाइ जस्तो भाबुक, उग्र अनि खरो र बढी सम्बेदनशील भयो भने कसरी बिद्यार्थीहरुबाट बिश्वास जित्न सकिन्छ रु तपाइको ब्यबहार र तपाइको पुरानो पेशाबीच बिबाद भएन र रु
म जव सम्म शिक्षक थिंए तव सम्म मैले शिक्षकको आचरण भित्रै बसेर १२ बर्ष बिताए । हो शिक्षक सायद एक प्रकारको नाटकको पात्रको रुपमा प्रस्तुत हुनु पर्दछ । नानीहरुलाइ पाठ पढाउदा पाठको पात्रको सिको गर्नु पर्दछ । तर जव म आदिबासी जनजाती महासंघको महासचिब भए तव देखि मैले हामी जनजातीहरुको पिडा जस्ताको तस्तै सबै सामु राख्नु पर्दछ भन्ने मान्यता राख्दछु । तपाइ स्वयं पत्रकार, नेपालमा जनयुद्धमा तेह्र हज्जार मान्छे मरे के भयो खै ? अहिले एउटा पत्रकारको हत्या भयो भनेर पत्रकारहरुले मुलुकलाइ खैलाबैला गराएका छन् । यो अबस्थामा पत्रकार महासंघले केही बोल्यो भनेर हामीले अन्यथा लिनु हुदैन त्यस्तै म जनजातीको नेताले जनजातीको पक्षमा बोल्दा पनि कसैले अन्यथा लिन पाइदैन ।
उनलाइ भर्खरै लागेको संस्थाको रकम हिनामिना गरेको भन्ने आरोपबारे चासो राख्दा उनि भन्छन्, यो कुरामा मैले बोलीरहनु पर्दैन किन भने उक्त साप्ताहिकमा जुन समाचार निस्क्यो र जजसले मलाइ रकम दिएको भनेर मनगढन्ते रुपमा उनिहरुको नाम पनि राखिएको थियो, उनिहरुले नै खण्डन गरिसकेका छन् । यसबाहेक नेपालमा योजनाबद्ध ढंगबाट मेरो चरित्र हत्या गर्न खोजेको भनेर मैले बुझेको छु । यसबारे मैले धेरै कुरा भनिरहन भन्दा त्यो समाचार झुठो होकि म झुठो सबै कुरा समयले देखाउने छ र त्यतिबेला ती पत्रकारले आफै मेरो सामु आइ माफी माग्ने छन् । यदि मैले कसैसंग रकम मागेको छु र त्यो रकम मेरो ब्यक्तिगत खर्चमा लगाएको छु भने यतिखेरै प्रमाण पेश गर्न चुनौती पनि दिन चाहान्छु ।
आदिबासी जनजाती महासंघले अन्य कुनै राजनैतिक पार्टीसंग पनि सहकार्य गर्छ कि जातीयताको पगरीमात्रै  गुथी रहने हो ? संसारमा बिशुद्ध जातीय एवं बिशुद्ध धार्मीक राजनीति त त्यति टिकाउ भएको देखिदैन नी ? जस्तै इजिप्टमा त्यत्रो आन्दोलन भयो, हुस्नी मुबारक फ्याकिए, मुस्लिम ब्रदरहुड आयो तर त्यो टिकेन, त्यसलाइ जनताले बिश्वास गर्न सकेनन् । इरानमा खुमेनीको सत्ता पनि लामो समय टिकेन । कतै तपाइको आदिबासी जनजाती महासंघ र संघीय समाजबादी पार्टी त्यस्तै कर्कलाको पानी बन्ने त होइन ?
उनी अलि झस्किदै भन्छन् हामीले मुलुकको मुलधारको राजनिती गर्छौ, हामी संघियताका पक्षमा छौ । संघियता पनि पहिचान सितको संघियता । जस्तै तपाइ हेर्नुस् हाम्रै छिमेकी मुलुक भारतमा तमिल भाषा बोलिने ठाउलाइ तमिलनाडु, पन्जाबी बस्ने प्रान्त पन्जाव, नागा जाती बस्ने प्रान्तलाइ नागालैण्ड, बङ्गाली भाषी बस्ने प्रान्तलाइ पश्चिम बङ्गाल भने जस्तै जातीय पहिचानको आधारमा राज्य बाडिनु पर्यो । यसले देश फुटाउदैन बरु देश जुटाउछ । यी कुराहरु हामी जनजातीहरुले मात्रै भनेको होइन सम्बिधान सभाले नै भनेका कुराहरु हुन् ।
आङ्गकाजी सेर्पाले आजै फेसबुकमा पोष्ट गरेको कबिता जस्ताको तेस्तै
दललाई फुटाए प्रधानमन्त्री भए
सभासद हुन पहिचानलाई लुटाए
पहिचान सङ्घीयता छोडदे यार
बिदेशी प्रभुसंग भयो प्यार

सभासद भएपछि जनतसंग टाढा भए
घुसको नाममा सबै थोक खाए
करोडौ खर्च निर्वाचनको उठाउनुछ यार
सेतो भन्दा कालो धनको लाग्छ प्यार

नेताको हनुमान बनेर मन्त्री हुनेछु
करोडौ भेटी चढाएर नेताको मन छुनेछु
सविधान बनाउने कुरा छोडदे यार
संविधान भन्दा विदेश यात्रासंग प्यार

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *