“नेपाली हुँ भन्दा भन्दै देशै डुब्न लाग्यो ”

– आचार्य प्रभा                                                                    ( गजल

नेपाली हुँ भन्दा भन्दै देशै डुब्न लाग्यो
नेपालीपन नेपालीको मनैबाट भाग्यो ।

स्वार्थपरता सबैले नै पालेपछी हरे
लडाइँ र बिध्वंशको भोक तिर्खा जाग्यो । 

मधेस पहाड् तेरो मेरो भावनाले गर्दा
हर युवाले परदेशमै आश्रय पो माग्यो ।

अधिकार कर्तब्यलाई सँगै लान्छु भन्दा
पथभ्रष्ट टाउकेले जालसाज टाँग्यो ।

सु-दिनको बाटो सबले कुर्दा कुर्दै आज
लबस्तरा हैकमबादले पापको सिमा नाँघ्यो ।

( रचना – २६/ जुलाइे/ १२ )

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *