नयाँ नेपालका राजा ?

rambaran-yadavकमल थापाको राष्ट्रिय प्रजातन्त्र पार्टीको ठुलो समस्या हल भएको छ । राजतन्त्रको स्थापना ।  दुइसय चालिस बर्षको राजतन्त्र अन्त भएर नेपालमा गणतन्त्र आएको भनिए पनि नेपाली काँगे्रस र एमाले मिलिजुली सरकारले यसपालीबाट नयाँ राजा स्थापित गरेका छन् । अनलाइन खबरका अनुसार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्न आइतबार नयाँ बानेश्वरस्थित व्यवस्थापिका संसदमा पुगेका राष्ट्रपति रामवरण यादवले विगतका राजाहरुको भन्दा कम खातिरदारी र  सुरक्षा पाएनन् । राष्ट्रपतिको सवारी चलेका बेला राजधानीका सडकमा भने सर्वसाधारणलाई हिँडडुल गर्न नदिएर पञ्चायतकालीन स्मरण गराइयो ।
सामान्यतया जनताबाट निर्बाति राष्ट्रपतिको सम्मान त्यतिबेला हुने गर्छ जतिबेला आफु ढुक्कभै जनतासामु उपस्थित हुन सक्छन् । तर राष्ट्रपति रामवरण यादब भने पूर्व राजा ज्ञानेन्द्रको भन्दा पनि ठुलो सुरक्षा फौज लिएर उनि सम्बिधान सभा भवनमा पुगे । यसको ब्यवस्था बर्तमाान काँग्रेस एमाले सरकारले गर्यो ।
राष्ट्रपति यादवलाई स्वागत गर्न नयाँ बानेश्वरस्थित संविधानसभा भवन परिसरलाई बेहुलीझैं सिंगारिएको थियो । राष्ट्रपति पस्ने गेट महंगा फूलहरुले झकीझकाऊ बनाइएको थियो ।
नीति तथा कार्यक्रम सार्वजनिक गर्न राष्ट्रपति आउने भएपछि संसद सचिवालयका कर्मचारीले तामझामका साथ फूल र पानी भरिएका घडा मूलगेटबाटै रंग पोतेर सजाउन भ्याए । गाडीबाट ओर्लेका राष्ट्रपति रामवरण यादवलाई स्वागत गर्न नेपाली सेनाको बग्गीसहितको टोली तम्तयार थियो । एकातिर संसद सचिवालयका कर्मचारी फूल र घैला सजाउन व्यस्त थिए भने अर्कोतिर  राष्ट्रपतिको स्वागतमा बग्गी लिएर आएका घोडाले संविधानसभाको मूलद्वार अगाडि लिदी खसाएपछि नेपाली सेनाका जवानलाई घोडाको लिदी सोहोर्न भ्याई नभ्याई भयो ।
नेपाली झण्डा र ध्वजापताकाले रंगीचंगी बनाइएको संविधानसभा भवन अगाडिको दृश्य हेर्दा देशमा ठूलै उत्सव आएको भान पथ्र्यो । नीति तथा कार्यक्रम सार्वजनिक गर्न आउने राष्ट्रपतिलाई रातो कार्पेट ओच्छ्याएर गरिएको स्वागतलाई कतिपयले पञ्चायती शैलीको तामझाम समेत बताएका छन् भने कतिपयले राष्ट्रप्रमुखलाई यस्तो सम्मान गरिनु स्वाभाविक भएको बताएका छन् ।
राष्ट्रपतिका लागि सजाइएका फूलहरु हेर्दै राजनीतिक दलका नेता एवं सभासदहरुसमेत मख्ख परेका थिए । संविधानसभाभित्र राष्ट्रपतिले सम्बोधन गरिरहँदा बाहिरपट्टि संसदीय सचिवालयका कर्मचारी एवं नेपाली सेनाका जवान र अधिकारीसमेत फोटो सेसनमा अल्मलिएका थिए ।
यति ठुलो ताम धाम साथ सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरिए पनि कार्यबाहक प्रधानमन्त्रीले ल्याएको सो निती तथा  कार्यक्रमको आफ्नै पार्टीपंतीबाट आलोचना मात्र भएको छैन अपितु एमालेले सरकारको साझेदारी छोड्नु पर्ने माग आफ्नै पार्टीका संसदहरुबाट आएको छ । संसदीय दलको बैठकमा कार्यवाहक प्रधानमन्त्री वामदेव गौतमलाई कार्यकर्ताहरुले र्याखर्राखी पारेका थिए । गौतमको नेतृत्वमा ल्याइएको सरकारको नीति तथा कार्यक्रममा एमाले नदेखिएको र कांग्रेसमात्रै देखिएको सभासदले गौतममाथि आरोप लगाए ।
अर्कोतिर  सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका सभासदहरुले पार्टीका मन्त्रीहरु पञ्चायती शैलीमा चलेको आरोप लगाएका छन् । ‘पञ्चायतकालमा मन्त्रीहरु आफूलाई जे मन लाग्यो त्यही गर्थे, अहिले हाम्रा मन्त्रीहरु पनि त्यस्तै भएका छन्  बैठकमा आलोचना भएको छ ।
नेपाली काँग्रेसको संसदीय दलको बैठकमा  सभासद एवं केन्द्रीय सदस्यहरुले सरकारको नीति तथा कार्यक्रम कांग्रेसको जस्तो नदेखिएर पन्चे शैलीको भएको  बताए । नीति तथा कार्यक्रमले ऊर्जासम्बन्धी राष्ट्रिय प्राथमिकताका योजनालाई समेट्न नसकेको, वीपी, गशेणमानका नाममा सञ्चालित कार्यक्रमहरुलाई समावेश नभएको भन्दै आलोचना गरेका छन् । Samsad-1Samsad-2
Samsad 2(फोटोहरु अनलाइनखबरबाट)

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *