(दशै गजल) “परदेशी मनका उत्पीडन”

प्रभा आचार्य

नेपालीको महान चाड् घर,आँगनमा आइेसक्यो

सयपत्री,मखमलीले माया प्रीत लाइेसक्यो

तन भने परदेशमा,मन भने घर,आँगनमा

इेच्छा,रहर् दौडिएर गाउँ,घरमै धाइेसक्यो

बुढी आमा,बुढा बाबा दिन गन्दै बस्दा हुन्

पीर,चिन्ताले यो मनलाइे कटक्क नै खाइेसक्यो

मध्यरातमा कोल्टे फेर्दै रातको प्रहर बितिदिन्छ

आँखाभरी दशै,टिका सम्झनामा छाइेसक्यो

अभागीको कर्म यस्तै परदेशमा रम्नु पर्ने

भावनाले मन मनै आशिर्बाद् चैं पाइेसक्यो

रचनाअक्टोबर/ १५/ १२

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *