जातीय र क्षेत्रीय दलहरुलाइ चित्रलेखा यादबको चोटीलो जवाफ

Chitra lekha Yadav 2चित्रलेखा यादब नेपाली राजनितीमा अपरिचित नाम होइन । नेपाली कांग्रेसकि नेतृ यादब तराइबासी हुन् । नेपालका राष्ट्रिय पार्टीहरुले मात्र नेपालको राजनितीमा केही परिवर्तन गर्न सकने र यी राष्ट्रिय पार्टीहरुले सबै नेपालीहरुलाइ समान अधिकार बितरण गरेको दाबी गर्छिन् । बरु उनका अनुसार जातीय र क्षेत्रीय रुपमा खोलिएका पार्टीहरुले आफ्नो कर्तब्य प्रति ध्यान नदिइ एकातिर जनतालाइ ठग्ने र आफ्नो ब्यक्तिगत स्वार्थ पुर्ती गर्ने अनि अर्कोतिर सरकारसंग अधिकारको मात्र कुरा गर्ने गरेको आरोप लगाउछिन् । उनको आरोपमा सत्यता देखियो यदि सत्य नभएको भए संबिधानसभाको दोस्रो निर्वाचनका यसरी बल्ड्यागं खानु पर्थेन ।
केही समय अघि मधेशवाणी साप्ताहिकले नेपाली कांग्रेस नेतृ चित्रलेखा यादबसंग गरेको कुराकानी प्रकाशन गरेको थियो । आफ्नो अन्तरवार्तामा उनले नेपाली काँग्रेसले सबैलाइ राजनिती गर्ने आधार दिएको कुरा बताएकि थिइन् । ढिलै भए पनि मैले उनको त्यो अन्तरवार्ता पढें । पढे पछि मेरो मनमा थुप्रै प्रश्न उठे र ती प्रश्नहरु अहिलेसम्म अनुत्तरित नै रहे ।
उनको यो अन्तरवार्तामा अन्तरवार्ताकारले चित्रलेखा यादबलाइ मधेसी पार्टीहरु गठन हुनु स्वाभाबिकै हो भन्ने कुरा भनाउन निकै कोशिष गरेको पाइयो । सायद अन्तवार्ताकारको चाहाना उनलाइ बिचलित गराउन खोजेको पनि बुझ्न कुनै कठिन पर्दैन तर चित्रलेखा यादबले भने यसरी चोटीलो जवाफ दिएकि छन् — राजनैतिक चिन्तनको अवस्था पहिले भन्दा सुध्रिएको छ । जनताहरूलाई वाचा गरेअनुरूप क्षेत्रीयरुपमा दलहरूले त्यो कुरालाई पुरा गर्न नसकेको हुनाले अहिले जनताहरू पछुताईरहेका छन् । त्यसकारणले जनताहरूलाई के लागेको छ भने राष्ट्रिय स्तरको पार्टीबाट मात्र हाम्रो अधिकार सुरक्षित हुन्छ । यो क्षेत्रीय पार्टीहरूले जनताको अधिकारको नाममा खाली व्यक्तिगत स्वार्थ मात्र पूर्ति गरे । आफ्नो पद र पैसाको लागि मात्र राजनीति गरे भन्ने  कुरा जनतालाई आज छलर्ङग् भएको छ । त्यसैले सबै कुरा जनताले आफै अनुभूति गरेको अवस्थामा अब उनीहरूले हिजोको दिनमा जसरी आश्वासन दिइएको थियो त्यो आश्वासनमा कुनै पनि मधेशी दल त्यो अडानमा नरहेको र जनताको अधिकार र उनीहरूको राजनीतिक मुद्दा नभएको हुनाले नेपाली कांग्रेसबाट मात्र हाम्रो अधिकार सुनिश्चित हुन सक्छ भन्ने धारणा उनीहरूको मन र मष्तिकमा छाएको स्थिति छ ।
चित्रलेखा यादवले पत्रकार महोदयलाइ उल्टै प्रतिप्रश्न यसरी गर्छिन् — कांग्रेसले मधेशको निम्ति के गरेन र अहिले आएका पार्टीहरू जसले मधेश मात्र भनिरहेका छन् तिनीहरूले के गरे मलाई बताइदिनुस् ।
अन्तरबार्ताकारको तर्फबाट  नेपाली कांग्रेस राष्ट्रिय पार्टी होइन भन्ने आसयको प्रश्न सोधिदा चित्रलेखा राजनितीक पार्टीलाइ यसरी ब्याख्या गर्छिन् र मदेशबादी पार्टीहरुनै राष्ट्रिय पार्टी नभएको प्रमाणित गर्छिन्, होइन, मधेशी दलहरू खुलेको भन्ने कुरा त प्रष्ट भईसकेको छ, केका लागि भन्ने कुरा । पहिलो संविधानसभाको चुनावमा एक ढिक्का भएर आएको मधेशीपार्टी कति संख्यामा पुगे त किन फुटे ? त्यसकारणले मदेशबादी दलहरु नितान्त ब्यक्तिगत स्वार्थकालागि गठित दलमात्र हुन्, यीनिहरुमा राष्ट्रिय राजनैतिक चरित्र छैन । यस्तालाइ राष्ट्रिय राजनैतिक पार्टी भन्न सुहाँउन्न यी त नितान्त क्षेत्रीय भन्दा पनि क्षेत्रीय दल मात्र हुन् । यी राजनैतिक चरित्र बोकेका पार्टी होइनन् ।   तर नेपाली कांग्रेस राष्ट्रियस्तरको राजनैतिक पार्टी हो । जसको ७५ जिल्लामा संगठन छ । यस्तो पार्टीलाई राष्ट्रिय स्तरको पार्टी भनिन्छ । जसको ७५ जिल्लामा संगठन छ त्यो पार्टी राष्ट्रिय स्तरको नभएको भनेर कसरी भन्नुहुन्छ ?
अन्तरवार्ताकार सोध्छन्  अहिले जति पनि मधेशी दलका शीर्ष नेता हरू छन्, प्राय कांग्रेसबाट आएका हुन् तिनीहरू कांग्रेसमा किन अटाउन सकेनन् ? चित्रलेखा यादबको तर्क छ किनकि राजनीति भनेको पदमा बसेर मात्र गर्न सकिन्छ भन्ने उनीहरूको मान्यता थियो । जनतालाई नागरिकहक र अधिकार, मौलिक हक र अधिकार दिलाउने त कांग्रेस पार्टी नै हो नि । आज त्यही कांग्रेस पार्टीको जुन बहुदलीय ब्यवस्था प्रतिको मान्यता थियो त्यही मान्यतामा टेकेर ती दलहरू खुलेका छन् । हाम्रो पार्टीले त सबैलाई राजनीति गर्ने एउटा आधार दियो । तर, मूल कुरा उनीहरू अटाउन नसकेर गए । तर त्यही भित्र अटाएर पार्टीको केन्द्रीय स्तरको विभिन्न केन्द्र र तहमा काम गर्ने मन्त्रीसम्म भए सबै कुरा पाएकै थिए,  नपाएको होइन नि । उनीहरूमा  अब कांग्रेसमा बसेर चुनाव जित्न सकिदैंन चुनाव नजिती पदमा गइदैंन पदमा नगई राजनीति गर्न सकिदैंन  भन्ने मनोबिज्ञान पलायो । त्यहीं गलत विचारबाट पे्ररित भएर उनीहरू पार्टी छोडेर गएका हुन् । अनि त झन् चुनावमा उनिहरुले तीन बल्ड्यागं खाए  ।
कांग्रेसको नेतृत्वतहमा मधेसीहरु नभएको तर्क अन्तवार्ताकारले गर्दा उनी भन्छीन् तपाई कसरी भन्नसक्नुहुन्छ नेतृत्व तहमा मधेशी छैनन् भनेर । केन्द्रीय सदस्यको संख्या हेर्नुहोस् कांग्रेस पार्टीमा । कांग्रेस पार्टीबाट मन्त्री पनि मधेशी मूलका मान्छेहरू भएकै छन् । आज जति पनि मधेशमा विकास भएका छन् ती सबै नेपाली कांग्रेस कै कार्य योजना अनुरूप भएको हो । मधेशमा खुलेका जति विद्यालयहरू, कलेजहरू, स्वास्थ्य चौकी, बाटोघाटो छन् र जति पनि जनस्तरमा एउटा राजनीतिक चेतना आएको छ यो नेपाली कांग्रेसकै कारणले आएको छ । नेपाली कांग्रेसले मधेशको वडा–वडासम्म गएर आफ्नो संगठन विस्तार गरेको छ । मधेशवादी भनाउँदाहरूले पनि वडावडामा गएर संगठन गर्न सकेको छैन । संगठनको कुरामा अहिलेसम्म सबभन्दा धेरै संगठन कांग्रेसको छ त्यो स्तरको संगठन अन्य पार्टीको छैन ।
कुनै पनि व्यक्तिले राजनीति गर्दाखेरी उसको उद्देश्य के हो उसले कस्तो सोचले राजनीति गरेको छ त्यसले पनि फरक पार्दछ ।
कांग्रेसले पहिचानको कुरा गर्ने होइन, हामीले त स्थापना कालदेखि नै सबै मूलका सबैलाई समेट्ने समावेशी त हामीले आज भनिरहेका छौं । तर, तपाईले कांग्रेसको स्थापना कालदेखिको केन्द्रीय समिति हेर्नुहोस् कांग्रेस सरकारमा जाँदै गर्दा गठन भएको मन्त्रीपरिषद् हेनुहोस्, अन्त्यन्तै समावेशी हिसाबले कांग्रेसले जहिले पनि प्रतिनिधित्व गराएको छ ।
मधेशमा बाडिने भन्ने प्रदेशको सवालमा उनको तर्क छ अहिले यति नै हुन्छ भनेर भन्ने अवस्थामा छैन । तर यो छलफलबाट मनमा कुनै कलुसित भावना नराखेर जसरी समस्याको समाधान हुन्छ, सबै जनताको पहुँच हुन सक्दछ त्यो हिसाबले सम्भव हुन्छ । त्यो सबै कुरा भोलि जो आर्थिक हिसाबले राम्रो हुन सक्छ त्यो सबै पक्षलाई ध्यानमा राखेर सबै पक्ष बसेर छलफल गरेर जुन निष्कर्ष आउँछ त्यो भयो भने सबैको निम्ती स्वीकार्य हुन सक्दछ । दुईटा वा चारवटा जति भए पनि सबै बसेर छलफल गरेर आएको संख्या सबैको निम्ति स्वीकार्य हुन सक्दछ ।
उनि बिकेन्द्रीकरणको पक्ष्यमा र एक मधेश एक प्रदेशको बिराधमा खुल्ला उभिएकि छन् । यो एक मधेश एक प्रदेश भन्ने नारा मधेश आन्दोलनबाट आएको मुद्दा होइन । मधेश आन्दोलनबाट कहिले पनि जनताले एक मधेश एक प्रदेशको नाम उच्चारण गरेका छैनन् । आज एकात्मक व्यवस्था भनिदैं छ । केन्द्रिकृत व्यवस्थाबाट मधेशको उत्थान भएन त्यसैले हामी बिकेन्द्रित व्यवस्था चाहन्छौ । एक मधेश एक प्रदेश भयो भने त्यो पनि एक किसिमको एकात्मक शासन  हुन्छ । किन मधेशमा पनि धेरै प्रदेश नहुने, मधेशमा पनि पाँच वटा मन्त्री किन नहुने तपाईले जति अधिकार विकेन्द्रीकरण गर्नुहुन्छ त्यति जनताको पहँचु छिटो छरितो हुन्छ ।

Bookmark the permalink.

2 Responses to जातीय र क्षेत्रीय दलहरुलाइ चित्रलेखा यादबको चोटीलो जवाफ

Leave a Reply

Your email address will not be published. Required fields are marked *