गजल

Deep Andeheriभोट दिनुस्, बदलामा, नोट दिन्छु, भन्दै थिएँ नेता
मलाई भने, यस्तो लायो, चोट दिन्छु, भन्दै थिएँ नेता

बजाङको, चयनपुर, सुकुम्बासी, बादी गाउँ पुग्दै
सबैलाई म, जग्गा घर, गोठ दिन्छु, भन्दै थिएँ नेता

चुनावको, बेला नेता, झुठो आशा, देखाएर हेर्नुस्
सुन जन्ता, बत्ती पानी, रोड दिन्छु, भन्दै थिएँ नेता

जिते पछी, चुनावमा, होश गरौं, नेता फर्किदैनन्
कर्णालीलाई, मुस्कुराउने, ओठ दिन्छु, भन्दै थिएँ नेता

हजुर् आमा, सोध्नु हुन्छ, संबिधान, बन्छकी नाई नाती?
हेर्दै जाम्ला, सारा बाधा, फोड दिन्छु, भन्दै थिएँ नेता

-दीप अँधेरी
मक्रहर-९,रुपन्देही

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *