गजल – आचार्य प्रभा

   ( हरेक दिनका साहित्यिक श्रष्टाहरुको झगडारुपी इेमेलबाट यसरी गजल फुर्दैछ । )

एकार्काको बेइज्जतीमा कती लाग्छौ हरे
होहल्लाको पछी लाग्दै किन भाग्छौ हरे ।

साहित्यको धर्म छाडी गाली मात्र जप्दै
पद बर्दान् आशिर्बाद कती माँग्छौ हरे ।

हामी भयौं अन्धोभक्त भ्रममा पर्‍यौँ आज
झगडाको भारी बोकी कैले थाक्छौ हरे ।

अ.ने.सा.स.म्रित भयो कात्रो किनी ल्याऊ
साहित्यलाई मारेर नै केलाइे जाग्छौ हरे ।

अझै पनि साहित्यमा खिचडी नै छौ है
लतक्क पो साहित्यमा कैले पाक्छौ हरे ।

रचना – जुलाई/ ५ /१२

येस पहिलेको पनि

अ.ने.सा.स.को झगडाद्वारा उत्पादित गजल लौ!जा त लेख्नेलाई त बहाना र मसला त चाहिन्छ कि कसो ?

ब्यस्त छु म आजभोली दोहोरी सुनेर
अ.ने.सा.स.को बिवाद यो मनमा गुनेर ।

के,के,नै पो गर्लान् भनी टाउके बनायौं
गल्ती हाम्ले गरेछौं नि कुमान्छे चुनेर ।

सिद्रा ब्यापार भयो आज नेपाली साहित्य
राजनैतीक थलो बन्यो जाल्साज बुनेर ।

कलमकर्मी आज हामी हतास बन्यौ है
बिवश बनि झोक्राउँदैछौं दुखेसो उनेर ।

साहित्यकार नेता बने को लेख्ला साहित्य ?
नेपाली यो साहित्यले कैले आकाश छुने र ???????

रचना – जुलाई १ /१२ यहाँको बिहानै

प्रभा आचार्यको तेस्रो गजल

“बुझी हाल्नु भो सबैले आशय भन्न जरुरी ठाँनिन ।”

साहित्यलाई मैलो पारी एकार्कामा फुट्यौ आज

रत्तिभर लागेन है तिमेरुलाई हरे!लाज ।

कलमको रक्षक बनी साहित्यमा रमाउँथ्यौ
एैले भने बन्दैछौ सब चल्ला टिप्ने पापी बाज ।

सबैलाई लाग्न सक्छ साहित्यमा दियो बलोस्
तर अब कैले होला?साहित्यमा स्वर्णिम् साँझ ।

झगडाको घर बन्यो अ.ने.सा.स.मैलिएर
खाली गर्छौ भना भैरी छाडी कर्म काम काज ।

साहित्य हो यस्तो स्थान जहाँ स्वच्छ मन डुल्छ
तर गर्न यस्तो खोज्यौ नेताले झैं आफ्नै राज ।

सबै पुज्थे साहित्यलाई सरस्वतिको धाम भनी
अब भने साँच्चै बन्यो किचलो घर सबै माझ ।

रचना – जुलाइे/ ६/ १२

 

Bookmark the permalink.

One Response to गजल – आचार्य प्रभा

Leave a Reply

Your email address will not be published. Required fields are marked *