ओलीको बोलीको निशाना कहाँ ?

Chaturbhuj Atreya-चतुर्भुज आत्रेय
(प्रस्तुत लेख मेरा एक बन्धु चतुर्भुज आत्रेयद्धारा लिखित “गणतन्त्र आयो लोकतन्त्र आएन” भन्ने पुस्तकबाट लिएको हुँ । उक्त पुस्तक २०६६ साल आषढमा प्रकाशित भएको थियो ।  मलाइ लाग्छ भर्खरै सम्पन्न नेकपा एमालेको नबौं महाअधिबेशनको सन्दर्भमा यो लेख उपयोगी हुने छ । किनभने केपी शर्मा ओलीले कहिलेकाहीं बोल्दा बाटो बिराउने गरेका छन् । अव उनी नेकपा एमालेको जिम्मेवार अध्यक्ष पदमा पुगेपछि उनले आइन्दा यस्ता हल्का कुरा गर्ने छैनन् भन्ने आशाको त्यान्द्रो पनि हो यो ।)
हालै प्रेस चौतारी रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दा नेकपा एमाले नेता केपी शर्मा ओलीले “सम्बिधानसभाको पहिलो बैठकबाट गणतन्त्र आउन्न” भन्ने ठोकुवा गर्दै “सातदलको सहमति अनुसार गणतन्त्र कार्यान्वयन सम्बिधानसभाको पहिलो बैठकबाट हुन सक्तैन” भन्ने जिकिर गरे ।
नेपाली जनताको संघर्षबाट रक्षानमा फ्याँकिएको बेचैन ्र कहिले निर्मल निबास, कहिले नारायणहिटी दरबार त कहिले नागार्जुन जंगलको महलमा हिडेर मलिन, निरास र हतास मुद्रमा “पर्ख र हेर” भन्दै समय बिताइरहेका राजा ज्ञानेन्द्रको मुहारमा मधुर मुस्कान छर्यो भने नेपाली जनताको छातीमा तातो गोली यो ओलीले हान्यो ।
यसो भन्दा नेता ओलीले आफ्नो बोलीको निशाना लोकतान्त्रिक गणतन्त्रकालागि जुनसुकै बेला र जस्तै परिस्थितीमा पनि आफुलाइ सहादत दिन तयार लोकतन्त्र प्रेमी नेपाली जनताको बिरुद्ध हो भनी खुलेरै भन्ने शाहस देखाउन त सकेनन् । तर उनको यो काइते बोलीको गोलीको निशाना चाँही जनता र एमालेकै केन्द्रिय निर्णय बिरुद्ध लक्षित छ भनेर बुझ्न राजनितीको कखरा जान्नेहरुकालागि केही गाहारो पर्दैन ।
“सम्बिधानसभाको पहिलो बैठक सपथ ग्रहण, सभामुख चयन लगायतका बिषयमा सकिने हुँदा गणतन्त्र कार्यान्वयनकालागि आबश्यक बिधी र प्रकृया पुरा गर्नुपर्ने” पंडित्याँइ छाँट्दै ओलीले “कसै कसैको चित्त बुझाउन सातदलबीचको २३ बुँदे सहमतिमा पहिलो बैठकले गणतन्त्र कार्यान्वयन गर्ने कुरा गरिएको भएता पनि संबिधानको निर्बाचनबाट बन्न्ने सभाले गणतन्त्रको बारेमा निर्णय गर्ने भनी भएको सहमतीलाइ अधुरो भएको” जीकिर गर्दै राजत्रन्त्रको टुंगो लगाउन सम्बिधानसभाको पहिलो बैठकमा बिधिबत प्रस्ताव दर्ता भइ बहुमतले पारित गर्न समय लाग्ने बेतुकको पाखण्डीपूर्ण कुतर्क बहस निकालेर एउटा निकाश तिर जाँदै गरेको देशको मुल राजनितीक धारलाइ फेरी अन्योलको गोलचक्करतिर लैजाने नयाँ तरंग पैदा गर्ने कुचेष्टा उनले गरे । त्यति मात्र कहँ हो र उनले यस प्रकारका अनर्गल प्रलाप अलापेर एमाले पार्टीलाइनै रद्दीको टोकरीमा फ्याक्ने दुस्साहस देखाए ।
हा,े कमरेड केपी शर्मा ओली ब्यक्तिगत रुपमा मेरा मित्र हुन् । पंचायतीकालमा हामीसंगै जेलमा बस्दा उनी र म अलग अलग धारबाट आएका कम्युनिष्ट कार्यकर्ता थियौं । उनि मोहनचन्द्र, सीपीको कार्यकर्ता थिए भने म पुष्पलालको कार्यकर्ता थिंए । हाम्रा बिचारहरु केही भिन्न थिए, तरपनि देश र जनताको सेवाका सवालमा, नेपाली जनतालाइ लोकतान्त्रिक गणतन्त्रको सर्बोत्तम उपहार दिलाउने सवालमा हाम्रो तनमन एउटै हुने छ, हाम्रो एकता अबश्यंभाबी छ भनेर कसम खाने गथ्र्यौं ।
प्रिय मित्र ओली, काठमाण्डौको सेन्ट्रल जेलबाट मलाइ भद्रगोल जेलमा पत्राचार गर्दा पटक पटक के सवाल उठाउने गर्नुहुन्थ्यो र पछि सेन्ट्रल जेलमै पटक पटक हाम्रा सैद्धान्तिक ठाक ठुक परिरहँदा अन्तमा तत्कालिन कार्यनितीक सवालमा हामी एउटै टुंगोमा पुग्दा के भनेर हामीले आफ्ना बहसहरुलाइ टुंग्याउने गथ्र्याै ? तपाइले किन ती पुराना दिनहरु सम्झन सक्नुहुन्न ? ती पुराना दिनका सम्झनाहरुले तपाइलाइ किन झस्का दिदैनन् ?
उतिबेला तपाइको बोली सपाट थियो अहिले काइत किने ? मित्र ओली तपाइ भन्नुहुन्छ  “संबिधानसभाको निर्बाचनमा माओबादीहरुलाइ सहमती गराउन मात्रै अन्तरिम सम्बिधानमा पहिलो बेठकबाटै गणतन्त्र कार्यान्वयन गर्ने कुरा गरिएको हो ।”
उसोभए माओबादीहरुलाइ झुक्याएर फँसाउन यी सबै जालझेल रचिएका हुन् ? उसोभए अहिले नेपालको मुख्य समस्याको जड केबल माओबादी संगठन मात्र हो ? नेपालको यो दुर्गती र नेपाली जनतामा लादिएका अन्याय, अत्याचार, शोषण, दमन, भ्रष्टाचार, घुसखारी, कमिशनखोरी र सत्तासाझेदारीबाट उत्पन्न बिकारहरु सबैका कारक माओबादी हुन् ? तपाइको बोलीको मनशायले यही बताउछ । तपाइका यी अभिब्यक्तिहरुले अझै पनि माओबादीहरुलाइ उत्तेजनामा ल्याएर, उनिहरुलाइ संसदीय राजनितीको अभ्यास गर्नबाट बन्चित तुल्याएर जंगल धपाउन सकियो भने नेपाली जनताले बिदेशमा पसिना बेचेर, रगत पोखेर जम्मा गरेको रेमिट्यान्सबाट प्राप्त बिदेशी मुद्रा, हतियार खरिदबाट आउने कमिशन लाभको लोभी आँखाबाट अभिप्रेरित छ भन्ने बुझ्न नेपाली जनतालाइ अव कत्ति गाहारो छैन ।
तपाइजस्ता नेताहरु मिलेर नेकपा एमालेको गौरवमय इतिहाँसलाइ कहाँ लगेर थन्क्याइ दिनु भयो ? बीपीको प्रजातान्त्रिक समाजबादको सपनालाइ, संघर्षशील र त्यागका साक्षात प्रतिमूर्ती गणेशमानजीको सामन्तबादसंग कहिल्यै शिर नझुकाउने चरित्रलाइ र पुष्पलालको सैद्धान्तिक अडानलाइ भुसुक्कै बिर्षेर खाली आफ्नो दल सत्तामा पुग्नुपर्छ, सत्ता प्राप्तीका निम्ति नजिकको मित्र र टाढाको शत्रु भन्ने सवाल छैन, जसजस सित अपबित्र गठबन्धन गरेर भएपनि  सरकारमा जानुपर्छ भन्ने लोभीपापी मनशायले गर्दा अवसरबादी कांग्रेस र अवसरबादी एमाले नेताहरुले नै माओबादी जन्माएका हुन् र यिनै कांग्रेस र एमाले नेताहरुको लोभी चरित्रबाट फाइदा उठाएर असोजतन्त्र जन्मेको हो भन्ने नेपाली जनताले बिर्षेका छैनन् ।
सातदल र माओबादीको एक्यबद्धताले १९ दिनको आँधीबेरी सिर्जना गरेको हो र मात्र राजतन्त्रलाइ मसानघाटमा पुर्याएको हो भन्ने कुरालाइ आँखा चिम्म गरेर जसले काइते कुरा गर्छ त्यो दरबारको रक्षक हो । जसले सातदल र माओबादीबीच फाटो पारेर माओबादीलाइ जंगल फर्काउने षडयन्त्र गर्छ त्यो जुनसुकै राजनितीक दलको खोल ओढेको भएपनि नेपाल र नेपाली जनतालाइ शान्तीसंग बसेर आफ्नो दुखेजो गरी खान पनि नदिने जनताको शत्रु हो । जसले सातदल र माओबादीबीच फाटो सिर्जना गरेर सम्बिधानसभा बिथोल्ने प्रपंच रच्ने सपना देख्छ, त्यो २००७ साल देखि अहिले सम्म नेपाली जनआन्दोलन र नेपाली जनबिद्रोहमा सहादत प्राप्त गरेका हजारौं वीर बीरांगाना शहीदहरुको सपनालाइ कौडीको मूल्यमा बदल्न चाहने पापी हो ।
लाखौंलाख कार्यकर्तालाइ गोलमटोल कुरामा अल्मल्याएर ठाँउ कुठाँउ जताभाबी मुख छाड्दै हिड्ने नेताज्यूहरु तपाँइहरुलाइ लाग्दोहो, नेपाली जनता उनै पुराना जनता हुन् । नेपाली जनताको मानसिकता उही पुरानै छ । खबरदार तपाइहरु भ्रममा हुनुहुन्छ । १२ बर्षदेखिको गलत संसदीय अभ्यास र १९ दिनको जनआन्दोलनबाट प्राप्त भएको शिक्षाले को राजाबादी हो ? को नवसामन्त हो ? को नेपालद्रोही हो ? को मुर्खमती पितण्डबादी हो ? भनेर सजिलैसंग छुट्ट्याउन सकने बनेका छन् । त्यो बेलादेखि अहिले सम्म तिनाउ र त्रिसुलीमा धेरै पानी फेरिइ सकेको छ । अव कुनै पनि नेताले कल, बल, छल जस्ता कुटील उपाय रचेर लोकतान्त्रिक आन्दोलनको धारलाइ कमजोर तुल्याउन सकिन्छ भनेर नसोचे पनि हुन्छ ।
सम्बिधानसभाको बिसौनीमा पुर्याउछु भनेर हाँकेको गाडलिाइ २००७ सालको पुनराबृत्तिमा दुर्घटनाग्रस्त बनाएर आफु झ्यालबाट हाम्फलोर जोगिन्छु भन्ने मुर्खमती नलिएहुन्छ कसैले । अहिले मुलुकको अवस्था यस्तै संक्रमणकालको भएर नेपाली जनता जस्तालाइ पनि नेता मान्न बिवस छन् । यो संक्रमणकालमा दलहरुभित्र यदी कुनै प्रकारको फाटो सिर्जना भयो भने प्रतिकृयाबादीहरुले अन्तरबिरोधबाट फाइदा उठाउलान् भन्ने डरले इमान्दार कार्यकर्ता केही समय चुप देखिएका छन् । याद राख्नुहोस् नेताहरु हो, आज संक्रमणकालको अबस्थामा तपाइहरु जे जे बोल्दै र गर्दै हुनुहुन्छ, तपाइका कार्यकर्ताहरुले तपाइले गरेका भाषण र तपाइले गरेका कामहरु सबै मनमस्तिस्कमा टेप गरेर राखेका छन् । भोली तपाइसंग ती गोलमटोल बोलीको सही अर्थ माग्दा त्यसको शब्द शब्दको अर्थ बताउन सक्नु भएन भने जनता र तपाइका तिनै कार्यकर्ताहरुले तपाइलाइ कुनैदिन मन्चबाट तल झराल्ने छन् , तपाइले लाज छोपेको कपडा च्यालेर तपाइलाइ नाँगै बनाउने छन् । खबरदार समाजबादीय चरित्र बोकेको सम्बिधान बनाउने सवालको बिरोधमा कसैले टाउको उठाउने दुस्शाहस नगरे हुन्छ ।

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *