एन्आरएन् हात्ती आयो फुस्सा

NRN Logoगैर आबासीय नेपाली संघको क्षेत्रीय भेला सकिएको दुइ हप्ता बितेको छैन । गैर आबासीय नेपाली संघ स्पेनले सो भेलाको आयोजना बार्सेलोनामा गरेको थियो । भेलाको निहु पारी तीन दर्जन नेपालीहरुलाइ नेपालबाट निम्त्याइएको थियो । ती मध्य जम्मा जम्मी आधा दर्जन मात्र भेला स्थलमा पुगेको खबर सार्बजनिक भयो । तर बाँकी साढे दुइ दर्जन नेपालीहरु कता हराए  ? यसबारे आयोजक कमिटीले कुनै प्रतिकृया दिएको छैन । त्यसैले यो पाटोलाइ “मौनं सम्मती लक्षणम्” भनेर बुझ्नु पर्ने भएको छ । यसो त गैर आबासीय नेपाली संघ स्पेनलाइ मानव ओसार पसार गरेको भनी आरोप लागेको यो पहिलो पटक होइन ।
यसपालीको क्षेत्रीय सममेलनमा अर्को ताजुवको कुरा के भयो भने बर्षैं देखि गैर आबासीय नेपाली संघले उठाएको मुद्धा “एक पटकको नेपाली सधैको नेपाली” भन्ने कुरा पनि उठेन । त्यहाँ भेला भएका आफुलाइ गैर आबासीय नेपाली संघका ठेकेदार भन्नेहरुले यो कुरा बिर्सै । हुनत नयाँ निर्बाचित गैर आबासीय नेपाली संघले यसबारे टास्कफोर्स बनाउने फुर्सद पाएको छैन कयारे ?
यी दुइ बुंदाबारे मैले गैर आबासीय नेपाली संघ जर्मनीका निबर्तमान अध्यक्ष्य एवं वर्तमान प्रमुख संरक्षक पुस्प थापासंग सम्पर्क गरी गैर आबासीय नेपाली संघको क्षेत्रीय सम्मेलनमा त मानव तस्करी भयो रे नी भनी सोधेको थिंए ।
उनी भन्छन् खै त्यसबारे मैले अहिले केमात्र भन्न सक्छु भने, जव यत्रो ठुलो आरोप लागीसके पछि कमसे कम एउटा पत्रकार सम्मेलन गरी मानव तस्करी नभएको तथ्य अघि सार्नु पथ्र्यो । दुखको कुरा त्यसो भएन । हुनत यसपालीको क्षेत्रीय भेला आफैमा कति बैधानिक छ त्यसको लेखाजोखा गर्ने पक्ष अर्कै हो यसले क्षैत्रीय भेला गर्न सक्छ । तर केन्द्रका कुरा गर्ने हो भने  गैर आबासीय नेपाली संघको बिधान अनुसार गैर आबासीय नेपाली संघका सबै मुलुकहरुका एन् सी सी को निर्बाचन भैसके पछि मात्र ल्गोवल कन्फरेन्स अर्थात महाअधिबेशन हुनु पर्नेमा महाअधिबेशन भएको ८ महिना पछि मात्र पोलैण्ड र अमेरिकाले एन्सीसीको अधिबेशन गरेको छ । उनि अगाडी थप्छन् २००३मा लेखिएको र बेला बेलामा संसोधन र परिमार्जित भएको बिधान अनुसार सबै एन्सीसीको निर्बाचन भएको ६ महिना पछि मात्र ल्गोबल कन्फरेन्स हुनु पर्नेमा त्यसो भएन । त्यो अहिलेको नेतृत्वको सवभन्दा कमजोरी पाटो हो ।

उनका कुरा सुने पछि मलाइ गैर आबासीय नेपाली संघको बर्तमान सदस्यहरुको संख्या र समग्रमा यसको अवस्था बारे चासो लाग्यो । यदि गैर आबासीय नेपाली संघको तथ्यांक हेर्यो भने कहालीलाग्दो पाउने छौं । संसारका सत्तरी भन्दा बढी मुलुकमा छरिएर रहेका ३२ लाख भन्दा बढी नेपालीहरुको प्रतिनिधीत्व गर्ने भन्ने गैर आबासीय नेपाली संघको साधारण सदस्य संख्या पुग नपुग ५० हजार रहेछ । यस हिसाबमा गैर आबासीय नेपाली संघले ७ भन्दा कम प्रतिशत बिदेशमा रहेका नेपालीहरुको प्रतिनिधीत्व गर्दो रहेछ । यस बाहेक गैर आबासीय नेपाली संघले दलाली गर्ने र नव धनाढ्यहरुलाइ मात्र मनोनित गर्ने परम्परा उपेन्द्र महतोको पाला देखिनै बसेको हो । यसको निर्बाचनमा ठुलै धनराशीको चलखेल हुने भन्ने कुरा कसैका सामु छिपेको छैन । भनिन्छ यसपालीका अध्यक्षले एक करोड धनराशी खर्च गरेर अध्यक्ष पद खरिद गरेका हुन् र बिक्रेताको भूमिका चांही बाँकी तीनजना अध्यक्षका उम्मेदवारहरुले खेलेका थिए ।
भर्खरै स्पेनको बार्सेलोनामा भएको भनिएको क्षेत्रीय बैठकमा युरोपलाइ कसरी एकिकृत गरेर संस्थालाइ बलियो बनाउन सकिन्छ भनेर चिन्तन गर्नु पर्ने जरुरी थियो । किनभने गैर आबासीय नेपाली संघ बेलायत र बेल्जियम प्रश्ट दुइ भागमा बिभाजित छ भने फ्रान्स र जर्मनी अनि स्वयं स्पेनमै पनि बिबाद रहित छैनन् । यसबारे कसैले निधार खुम्च्याउने प्रयास समेत गरेन । यस हिसावले यसपाली बार्सेलोनामा बसेको क्षेत्रीय बैठक गैर आबासीय नेपाली संघका निम्ति नभै मानव ओसार पसार गर्ने उद्धेश्यले आयोजना गरिएको रहेछ र यसकाममा गैर आबासीय नेपाली संघ ल्गोवल स्वयंको आशिर्बाद रहेको बुझ्न कठिन रहेन ।
गैर आबासीय नेपाली संघ स्वयंलाइ कुन कुन देशमा के कती नेपालीहरुको बसोबास रहेको छ र यसका के कती साधारण सदस्य संख्या छन् भन्ने तथ्यांक समेत छैन । यदि यससंग तथ्यांक भएको भए र गैर आबासीय नेपाली संघले साँच्चै गैर आबासीय नेपालीहरुको प्रतिनिधित्व गर्ने भए यस्तो बिजोग हुने थिएन ।
बेलजियममा झण्डै आठहजार नेपालीहरुको बसोबास रहेको छ भने त्यहाँ गैर आबासीय नेपाली संघको साधारण सदस्य संथ्या जम्मा एकहजार चारसय सत्तरी रहेको छ । यस्तै अमेरीकामा दुइलाख पचासहजार नेपालीहरुको बसोबास भएको अनुमान गरिन्छ भने त्यहाँ जम्मा जम्मी तीनहजार पाँचसय मतदाता संख्या देखिए । झण्डै पाँचलाख नेपालीहरु रहेको कतारमा एकहजार दुइसय मात्र गैर आबासीय नेपाली संघका साधारण सदस्य रहेका छन् । युएइमा झण्डै तीनलाख नेपाली कामदार छन् भने त्यहाँ एकहजार तीनसय मात्र सदस्य संख्या दर्ता भएका छन् । भनिन्छ जापानमा पच्चीस देखी तीस हजार नेपालीहरु बस्छन् तर त्यहाँ जम्मा तीनहजार गैर आबासीय नेपाली संघका साधारण सदस्य रहेका छन् ।
बेलायतको त कुरै नगरौं । त्यहाँ गैर आबासीय नेपाली संघको यस्तो हालत छ कि संसारको लोकतान्त्रिक निर्बाचनको सामान्य नियम, मान्यता र परमपरा बिपरित चुनाव हुने गर्दछ । त्यही मुलुक हो जुन मुलुकमा गैर आबासीय नेपाली संघको बिधान मसौदा गर्ने मसौदाकार आसिन छन् र उनलाइ अहिले गैर आबासीय नेपाली संघ “नखाँउ भने दिनभरीको सिकार खाँउ भने कान्छा बाबुको अनुहार” बनेको छ ।
बेलायतमा नत कसैलाइ बिधानले बाँध्न सक्छ, नत सामान्य लोकतान्त्रिक मूल्य, मान्यता र  परम्पराले । लाग्छ बेलायत एकलै समुद्रको बीचमा रहेकाले त्यहाँ पुग्ने नेपालीलाइ संसारको कुनै पनि नियम, कानुन, अर्थात लोकतान्त्रिक मूल्य, मान्यता र परम्परा लागु हुदैन ।
गैर आबासीय नेपाली संघ बेलायत बारे छुट्टै मसला लिएर तपाइहरु समक्ष फेरी उपस्थित हुने बचनबद्धताका साथ ।

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *