इराक बिश्व मानचित्रबाट हराउने ?

Map of Iraq 1अमेरिका र बेलायतले २००३मा इराकमाथी सैनिक आक्रमण गरेको दिन देखि बलेको आगो इराकमा अहिले आएर झन दन्केको छ । इराकले कुबेत माथी कब्जा गरेको र अल का इदाका हर्ताकर्ता ओसामा बिन लादेनलाइ सहयोग पुर्याएको आरोपमा अमेरिकाको नेतृत्वमा बेलायतको संलग्नतामा इराकमाथी सैनिक आक्रमण गरेका थिए । सैनिक आक्रमण मात्र गरेनन् कि इराकका तत्कालिन राष्ट्रपति सद्धाम हुसेनलाइ झुण्ड्याएर मारियो । र एकजना अमेरिकी कठपुतली नुरी अल मालिकीलाइ प्रधानमन्त्रीको नाम वरणी गरे । त्यसैताका देखि बलेको आगो अहिले इराकमा गृहयुद्धमा परिणत भएको छ ।
११ अक्टोबर २००२का दिन अमेरिकी सेनाटबाट तत्कालिन अमेरिकी राण्ट्रपति बिलिहेल्म जर्ज बुशले इराकको सवालमा एक्लै निर्णय गर्न पाउने अधिकार प्राप्त गरे । सिनेटमा उनको पक्षमा ७७ र बिपक्षमा २३ मत परेको थियो ।  त्यतिबेला अहिलेका राष्ट्रपति बाराक ओबामाका साथै अहिलेका अमेरिकी राजनेताहरु जो बिडेन, हिलरी ल्किन्टन, जोन क्यारी र चुक हागेलहरु अमेरिकाको सिनेट सुरक्षा समितीबाट बाहिर थिए ।  तर केही समय पछि यी नेताहरु अमेरिकाको हर्ता कर्ता बने । ओबामा राष्ट्रपति बने, हिलरी ओबामाको बिदेश मन्त्री बनिन् । जोन क्यारी गृहमन्त्री बने भने चुक हागेल रक्षा मन्त्री । यिनीहरुको हातमा सत्ता आएपछि पनि यिनले इराक राजनितीमा परिवर्तन ल्याउनुको बदला जर्ज बुशको बिर्ता पाएजस्तो गरी बुशकै इराक माथीको आक्रामक निती छोडेनन् । जबकि यी अमेरिकी नेताहरु आफु प्रतिपक्षमा रहदासम्म इराक माथिको आक्रमण गलत थियो भन्ने आशय यदाकदा ब्यक्त गरेका थिए । २००३मा जर्ज बुश र टोनी ल्बेयरले इराक माथी धाबा बोले । जबकि बिश्व राजनितीक जनसमुदायले यसको बिरोध गरिरहेको थियो । जर्ज बुशको दर्जनौ पटक अनुरोध र दवाव आउदा पनि जर्मन चान्सलर गेर्हार्ट स्रोडरले इराकका बिरुद्ध युद्ध गर्न इन्कार मात्र गरेनन् कि बिरोधनै गरे र युद्धबाट बाहिरै बसे । सुरु सुरुमा फ्रान्स पनि यो युद्धमा जान मानेन ।
स्वयं बेलायती राजनितिज्ञहरुमा पनि मत बिभाजन भएको थियो । इराक युद्धमा संलग्न नहुन त्यतीबेलाको बिपक्षी पार्टी र स्वयं टोनी ल्बेयरका उप प्रधानमन्त्री सर जोन प्रेस्कोटले समेत इराकमाथीको आक्रमण गलत हुने भन्दै बिरोध जनाएको थिए । तर तत्कालिन प्रधानमन्त्री टोनी ल्बेयर भने जर्ज बुशको पाल्तु इमान्दार कुकुर जस्तै जर्ज बुशको ब्यक्तिगत दुस्मन सद्धाम हुसेनका बिरुद्ध भुके र टोक्न पुगे ।
अलमलिकी मार्फत अमेरिकाले इराकको सत्ता पुर्णरुपमा हात पार्यो र इराक र कुबेतमा उत्पादन हुने तेल माथी कब्जा जमाए । बेलायतलाइ के भयो ? हातलाग्यो सून्य । बरु उल्टै युद्धमा पठाउन दैनिक सयौं मिलियन पौण्ड कहिल्यै नफर्किने गरी खोलामा बग्यो । यद्यपी देखावटी रुपमा २०११मा अमेरिकाले आफ्ना सेना इराकबाट फिर्ता बोलायो तर इराकको सत्ताभने अमेरिकाको इसारामा चल्ने गरी ।
जव इराकमाथी अमेरिकी कब्जा भयो सद्धाम हुसेनलाइ मारियो तव देखि असन्तुष्ट मुसलमानहरु अति उग्रबादी संगठन इसीस् (इस्लामिक स्टेट इन् इराक एण्ड बिग सिरिया) मा संलग्न हुन थाले । अर्कोतिर अमेरिकाले सुन्नी मुसलमानहरुलाइ के बालबच्चा के बुढापाका गनि गनि मार्न थाले । अमेरिकी कठपुतली अलमालिकीले पनि सिया मुसलमानहरुलाइ मात्र काखी च्यांपेर सिया बाहेक अन्य मुसलमानहरुलाइ सत्तासंगबाट सम्पर्कबिहिन राख्यो । जसले गर्दा सिया बाहेकका सुन्नी र अन्य मुसलमानहरुले सरकारको बिरोधमा उत्रने बाटो खोज्दै थिए । त्यसैबीच इसिस्ले उनिहरुलाइ शरण दियो । यसरी एक दुइ र चार गर्दै लाखौंको संख्यामा यो संगठनका सदस्य बनेका छन् र इसिस्ले दशौं हजारको संख्यामा युवाहरुलाइ सैनिक तालिम दिइरहेको छ ।
मलाइ अहिले सम्म पनि कोलिन पावेल (त्यतिबेलाका अमेरिकी बिदेशमन्त्री)ले इराक युद्ध सुरुगर्ने बाहानाका रुपमा सद्धाम हुसेनलाइ इंगित गर्दै एउटा भाषणमा भनेको  एउटा वाक्य ताजा सम्झना छ, त्यो हो “यदि कसैले अरुको केही नोक्सान गराउछ भने त्यसले त्यसको मुल्य चुकाउनु पर्छ ।” (you have to pay for everything you break) के त्यो भाषणको नियम अहिलेसम्म पनि लागुहुन्छ ? यदि हुन्छ भने इराकमा अहिले भड्केको गृहयुद्धको जिम्मेवार अमेरिका र बेलायत हुनु पर्छ र त्यसको मुल्य चुकाउनु पर्छ ।
बाराक ओबामाले अहिले इराकमा जर्ज बुशले त्यतिबेला लगाएको आगोको तमासा हेरेका छन् । उता इराकमा भने मुलुकको सिमाना मेटिदै जान लागेको छ । मलाइ तिथी मिती भने एकिन  भएन तर बाराक ओबामाले आफु पहिलो पटक राष्ट्रपति पदको सपथ लिएपछि इराक र अफगानिस्थानको सवालमा आफ्नो भाषणमा don’t do anything stupid भनेका थिए ।  अहिले सारा बिश्वले तिमीलाइ सोधिरहेको छ, ओबामा ! के २००३ सालमा इराकमाथी अमेरिकी र बेलायती सैनिक जाइलाग्नु “स्टुपिड” थिएन ? के अहिले गृहयुद्धले जलिरहेको इराकलाइ तमासा हेरेर बसिरहनु “स्टुपिट” होइन ?

Bookmark the permalink.

One Response to इराक बिश्व मानचित्रबाट हराउने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *