आफ्नो खुसी गरीव जनतासंग बाढ्ने मंडेला

Mandelaशशी पौडेल

नेलसन मण्डेलाले उनको जन्म भएको झण्डै ९६ बर्ष पछि यो संसारबाट बिदा लिएका छन् । उनको भौतिक शरीरले बिदा लिए पनि उनको जोस, जाँगर, आँट र निडर स्वभाव एवं उनको राजनैतिक संघर्ष गर्ने तौर तरिका र राजनैतिक सिद्धान्त सदा सदाका लागि संसारलाइ दिएर गएका छन् ।
२००८ सालमा उनले आफ्नो ९०औं जन्मदिन मनाउदा दक्षिण अफ्रिकी कम्युनिष्ट पार्टीले उनलाइ दिएको शुभकामनाका शब्दहरुको प्रसंग उठाउदै त्यतिबेला बेलायतबाट प्रकाशित हुने नेपाली सन्देशका लागि एउटा लेख लेखेको थिंए । नेलशन मण्डेलाको सम्झनामा मैले उक्त लेख यहा जस्ताको तस्तै दिएको छु ।
“प्रिय मण्डेला हामी अहिले तिमीलाई ९० औ बसन्त पार गरेकोमा शुभकामना ब्यक्त गर्न पाउँदा अत्यन्त खुसी छौ । साच्चै भन्दा हामीलाई संघर्षको बेलाका काला दिनहरु पनि संझना आउँछ र तिम्रा झण्डै ३ दशकका ती बन्दी
जीवनको दुःख पूर्ण सम्झना पनि हुन्छ । तर तिमी कहिल्यै झुकेनौ । पश्चिमेली र अमेरिकी राज्यले तिमीलाई आतंककारी भनेर कालो सूचिमा पनि राखे तर पनि तिमीले मातृभूमिको सौदा गरेनौ । तिम्रो आँट, निडरता र मातृभूमिको प्यारले समग्र दक्षिण अफ्रिकी जनता र दक्षिण अफ्रिकी कम्युनिष्ट पार्टीलाई अझ जोस जाँगर र
उत्साह प्रदान ग¥यो । तिम्रो साथ पाएर यहाँका जनताको आटँ बाँसको तामा जस्तै हुर्केकोे हो । तिमो साथ पाएर  रंगभेद विरुद्धको संघर्ष झुकेन ।”
दक्षिण अफ्रिकामा जुलाई १८, १९१८ मा जन्मिएका नेल्शन रोलिहलाहला मण्डेला १९९४ मा दक्षिण अफ्रिकाका राष्ट्रपति भएका थिए । १९६२ देखि १९९० सम्म राजनैतिक बन्दी भएर जेलमा बसेका मण्डेलालाई १९९३ मा नोबेल शान्ति पुरस्कार दिइएको थियो । ‘मण्डेलाले कहिलै पनि मुलुकको इज्जत, मूल्य र मान्यता अरुको हातमा सुम्पन चाहेनन् ।’ उक्त कुरा दक्षिण अफ्रिकी कम्यूनिष्ट पार्टीले नेल्शन मण्डेलाको ९० औं जन्मोत्सव मनाउने क्रममा ब्यक्त गरेको हो । नेलशन मण्डेलालाई दक्षिण अफ्रिकी रंगभेद विरोधी राष्ट्रिय हिरो मानिन्छ । उनले आफ्नो ९० बसन्त पार गरेको खुसीयाली मनाए । ‘प्रिय मण्डेला हामी अहिले तिमीलाई ९० औ बसन्त पार गरेकोमा शुभकामना ब्यक्त गर्न पाउँदा अत्यन्त खुसी छौ ।”
“साच्चै भन्दा हामीलाई संघर्षको बेलाका काला दिनहरु पनि संझना आउँछ र तिम्रा झण्डै ३ दशकका ती बन्दी जीवनको दुःखपूर्ण सम्झना पनि हुन्छ । तर तिमी कहिल्यै झुकेनौ । पश्चिमेली र अमेरिकी राज्यले तिमीलाई आतंककारी भनेर कालो सूचिमा पनि राखे तर पनि तिमीले मातृभूमिको सौदा गरेनौ । तिम्रो आँट, निडरता र मातृभूमिको प्यारले समग्र दक्षिण अफ्रिकी जनता र दक्षिण अफ्रिकी कम्युनिष्ट पार्टीलाई अझ जोस जाँगर र उत्साह प्रदान ग¥यो । तिम्रो साथ पाएर यहाँका जनताको आँट बाँसको तामा जस्तै हुर्केको हो । रंग भेद विरुद्धको संघर्ष झुकेन” –उक्त कुरा दक्षिण अफ्रिकी कम्युनिष्ट पार्टीबाट जारी गरिएको शुभकामना बक्तब्यमा भनिएको थियो ।
शुभकामनामा अगाडि भनिएको छ– ‘संसारको सामाजिक न्यायको इतिहास लेख्ने ब्यक्ति सधै जन्मदैनन् । साहित्यकार, राजनीतिज्ञ, वैज्ञानिक र अरु धेरै धेरै ब्यक्तिहरु जन्मिछन् तर तिमीजस्ता संघर्षशील, दृढ मनोवल भएको ब्यक्तिको नेतृत्व दक्षिण अफ्रिकाले पायो । यस बेला हामी तिमीलाई लाल सलाम गर्न चाहान्छौ ।’ यस्तै गरी दक्षिण अफ्रिकी सरकारको तर्पmबाट ‘तिम्रो विश्वास र आँटको हामी सम्मान गर्दछौ ।’ भनिएको छ । दक्षिण अफ्रिकामा अहिले अफ्रिकन नेशनल कांग्रेस, दक्षिण अफ्रिकी कम्यूनिष्ट पार्टी र कागे्रस अफ साउथ अफ्रिकन ट्रेडयुनियनको संयुक्त सरकारले राज्य गरेको छ ।
नेल्शन मण्डेलाले दक्षिण अफ्रिकाको दक्षिण पूर्व क्षेत्रमा अवस्थित आफनो घरबाट बोल्दै ‘मैले दक्षिण अफ्रिका र यहाँका गरीब जनताको मुक्तिका निम्ति संघर्ष गर्दा झण्डै तीस बर्ष बन्दी जीवन बिताएँ । यसको मतलब हो मैले मेरो राष्ट्र र जनताप्रति अगाध माया गर्दछु त्यसैले मेरो यो खुसी सम्पूर्ण दक्षिण अफ्रिकी गरीब जनताबीच बाँड्न चाहान्छु ।’ उनले अगाडि भने – ‘दक्षिण अफ्रिकामा थुपै्र धनी जनता पनि छन् तर दुर्भाग्य उनीहरु आफनो खुसी गरीब जनतासँग बाड्न चाहान्नन् ।’
नेलशन मण्डेलाले अफ्रिकन नेशनल कांग्रेस पार्टीको नेतृत्व गरे जुन पार्टीको हातमा हात हतियार थियो र उक्त पार्टीले कुनै बेला सशस्त्र संघर्ष पनि गरेको थियो । सशस्त्र सघंर्ष ताकाको सम्झना गर्दै उनले भने हामी सधै गरीब जनताका लागि लड्यौं र हाम्रो उद्देश्य गरीबीको अन्त गर्ने थियो किनभने मुठ्ठीभर रंगभेदीहरुले बहुसंख्यक जनतालाई गरीब बनाएका थिए । जब मानिस गरीब हुन्छ तब उसको आयु छोटिदै जान्छ, यसो नहोस् भन्ने म चाहान्छु ।’ जब उनी १९९० मा जेल मुक्त भए तब बर्षौदेखि राज्य गरेका सेता जातिको राज्यको अन्त भयो र नेल्शन मण्डेला निर्वाचित काला राष्ट्रपति बने । दक्षिण अफ्रिकाको इतिहासमा १९९४ मा पहिलो प्रजातान्त्रिक निर्वाचन भएको थियो । उक्त निर्वाचनपछि मात्र संयुक्त राज्य अमेरिकाले अफ्रिकन नेशनल कागेंस्र र नेलशन मण्डेलालाई आतंककारीको सूचिबाट हटाएको थियो ।
१९६० मा मण्डेलाको पार्टीले काला जातिको समानताको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गर्दा सरकारले निहत्था जनताको नरसंहार गरेपछि अहिंशावादी मण्डेलाले दक्षिण अफ्रिकी सत्ता ध्वस्त पार्ने घोषणा गरेका थिए । उनको त्यो घोषणा पछि अफ्रिकन नेशनल कांग्रेस पार्टीमाथि प्रतिबन्ध लगाइएको थियो । १९६२ मा उनलाई ५ वर्षको कैद तोकेर जेल पठाइएको थियो । उनको अहिंशावादी आन्दोलनको व्याख्या गान्धीको मर्न लागेको गोरुको उदाहरणसंग मेल खाएको देखिन्छ । मण्डेलाले आफ्नो पुस्तकमा भनेका छन् “शान्तिप्रीय व्यक्तिहरु त त्यति वेला पनि आफ्नो बचावट गदर्नैन  जब उनीहरु माथि हिस्रक प्रहार हुन्छ तर अहिंशावादीहरुका लागि यो नियम लागु हुदैन ।”

Bookmark the permalink.

One Response to आफ्नो खुसी गरीव जनतासंग बाढ्ने मंडेला

Leave a Reply

Your email address will not be published. Required fields are marked *