हाम्रो स्वतन्त्रता

K. P. Oli—शशी पौडेल
मलाइ यतिखेर २००७ सालमा बेलायतबाट प्रकाशित इन्डिपेन्डेन्ट दैनिकमा पढेको एउटा पुरानो भाषण सम्झना भैरहेको छ । अगस्त १५ भारतको स्वतन्त्रता दिवश । भारतको ६०औं स्वतन्त्रता दिवशको बेला पारेर इन्डिपेन्डेन्टले जवाहरलाल नेहरुले स्वतन्त्र भारतका जनतालाइ गरेको पहिलो सम्बोधन भाषण पुन प्रकाशित गरेको थियो ।  । भारत १९४७ सालमा बेलायतको कोलनीबाट स्वतन्त्र भएको थियो ।
नेहरुले आफ्नो भाषणमा भन्छन् । — “हामी आज बेहद खुसी छौं । किनकि हामीले हाम्रो मातृभूमी स्वतन्त्र पाएका छौं । आजबाट हामीहरु बेलायतको रैतीबाट स्वतन्त्र भारतमाताको नागरिक भएका छौं र हामी आजैबाट हाम्रो मुलुकको उन्नतीमा सहभागी हुन पाएका छौं । हामी आजैबाट हाम्रो टाउको माथी छानो हाल्न स्वतन्त्र भएका छौं । हामी आजैबाट हाम्रा बिरामी वालबच्चा र बृद्ध बृद्धालाइ स्वतन्त्र रुपमा औषधी खुवाउन पाउने भएका छौं । आजैबाट हामीले हाम्रा बालबच्चाहरुलाइ स्वतन्त्र रुपमा स्कूल पठाउन पाउने भएका छौं । अब हामी आजैबाट हामीले लगाउने कपटा आफैले बुन्न र सिउन स्वतन्त्र भएका छौं । त्यतीमात्र कहाँ हो र अब हामी आफुले उत्पादन गरेका खाध्यपदार्थ हामी आफैले उपभोग गर्न पाउने स्वतन्त्र भएका छौं । हाम्रा छोरी, बैनी र चेलीहरु स्वतन्त्र भएका छन् र उनिहरुले आफ्नो सुरक्षा आफैले गर्न पाउने अधिकार र स्वतन्त्रता प्राप्त गरेका छन् ।
आदरणीय भाइ बैनीहरु ! यी त भए हामीले प्राप्त गरेका अधिकार र स्वतन्त्रताका कुरा, त्यती मात्र कहाँ हो र हाम्रा सामु हाम्रा काँधमा मातृभूमी प्रतिको कर्तब्य र जिम्मेवारी पनि त्यत्तिकै आएको छ । हामी स्वतन्त्र भारतका जनताको हैसियतमा निभाउनु पर्ने कर्तब्य हामी माथी आएको छ । अब हामी कर्तब्यपारायण र काँधमा जिम्मेवारी बोकेका अनुशासित भारतीय नागरिक हुनुपर्ने जिम्मेवारी थपिएको छ ।  हामीसंग अब हाम्रो टाउको माथी आफ्नो छानो बनाउने कर्तब्य र जिम्मेवारी थपिएको छ । आजै देखी हामीलाइ हाम्रा बिरामी वालबच्चा र बृद्ध बृद्धालाइ स्वतन्त्र रुपमा औषधी खुवाउन र रेखदेख गर्ने जिम्मेवारी थपिएको छ । आजै देखी हामीले हाम्रा बालबच्चाहरुलाइ स्वतन्त्र रुपमा स्कूल पठाउने जिम्मेवारी थपिएको छ । आजैबाट हामी माथी हामीले लगाउने कपटा आफैले बुन्ने र सिउने कर्तब्य र जिम्मेवारी थपिएको छ । आजैबाट हाम्रो काँधमा स्वतन्त्र भारतका सम्पूर्ण जनतालाइ खान पुग्ने खाध्यपदार्थ उत्पादन गर्ने कर्तब्य बनेको छ । आजैबाट हाम्रो काँधमा हाम्रा छोरी, बैनी र चेलीहरुलाइ स्वतन्त्र भारत निर्माणमा पूर्ण रुपमा सहभागी बनाउनु पर्ने जिम्मेवारी थपिएको छ । यदि हामीले हाम्रा स्वतन्त्रताका साथसाथै ती अधिकारलाइ उपभोग गर्न एक भएर कर्तब्यपथमा उभिएर हामी माथी थपिएका जिम्मेवारी निर्बाह गर्न सकेनौ भने हामीले आज प्राप्त गरेको स्वतन्त्रताको कुनै माने रहने छैन । त्यसैले म समग्र भारतबासी भाइ बैनीहरुसंग बिनम्र अनुरोध गर्न चाहान्छुकि हामाीले हाम्रा अधिकार उपभोग गर्नु अघि हाम्रा कर्तब्य र जिम्मेवारीलाइ नभुलौं ।”
मैले नेहरुको भाषणको यो एकटुक्रा किन यहाँ लिएको हु भने, हाम्रा नेता र जनताले कर्तब्य र जिम्मेवारी प्रति कसैले ध्यान दिएनन् बरु अधिकार खोज्ने र स्वतन्त्रता उपभोग गर्न भने पछि परेनन् । चाहे जातीयताको नाममा होस् चाहे क्षेत्रीयताको नाममा होस्, चाहे लिंगियताको नाममा होस् अधिकार माग्दै रह्यौं, माग्दै रह्यौं । तर कर्तब्य केहो यसबारे कहिल्यै चिन्तन गरेनौं । हाम्रो जिम्मेवारी केहो त्यसबारे कहिल्यै सोंचेनौं ।  मुलुकलाइ मैले केही दिन्छु भन्नेतर्फ कसैको ध्यान गएन बरु मुलुकबाट लिदै रहयौं र लिदै रह्यौं ।  जसले गर्दा हाम्रो मुलुक क्ष्यतबिक्ष्यत भयो ।  यतिखेर नेकपा एमालेमा नयाँ नेतृत्व आएको छ, यो नयाँ नेतृत्वले नेपाली नेताहरु र जनतालाई कर्तब्यपथतिर लम्काउने प्रयासमा सफल होस् र जिम्मेवारीबोध गराउने काममा निरन्तर लागोस् भन्ने कामना सहित एमालेका अध्यक्ष केपी ओली लगायत समस्त नवनिर्बाचित पार्टी पदाधिकारीहरु र सदस्यहरुमा हार्दिक शुभकामना ब्यक्त गर्न चाहान्छु ।

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *