सत्तासिनवीच खैलाबैला

शशी पौडेल

खै त त्यो खुसी ?

बेलायतमा गत मइ महिनाको पहिलो हप्ता सम्पन्न स्थानीय निर्वाचनको परिणमले सत्तामा बसिरहेका दुबै पर्टीहरु कन्जरभेटिभ र लिवरल डेमोक्रेटिक पार्टी भित्र खैलाबैला परेको छ । निर्बाचनको परिणाम प्रतिशतको आधारमा सवभन्दा बढी लिवडेम पराजीत भएको छ भने मिलीजुलि सरकारको दाजूको भूमिका निर्बाह गर्दैै आएको कन्जरभेटिभ पार्टी पनि कम पराजय भएन ।
स्थनीय निर्वाचनको परिणम अनुसार लेबर पार्टीले समग्रमा ३८ प्रतिशत काउन्सीलरहरु बिजय हासिल गरेको छ  भने सत्ताधारी कन्जरभेटिभ पार्टीले ३१ प््रतिशत । बिगतको तुलनामा झण्डै ४०० काउन्सीलरहरु कन्जरभेटिभ पार्टीले गुमायो भने लिब डेमले तीनसय गुमायो । यी सबैको बिजेता लेबर पार्टीले बेलायत भरी झण्डै आठ सय काउन्सीलरहरु बिगतको तुलनामा थप गराउन सफल भयो ।
निर्बाचनको परिणम आफ्नो बिरुद्ध आएपछि  कन्जरभेटिभ पार्टीका वरिष्ठ राजनितिज्ञहरुले प्रधान मन्त्री डेबिड क्यामरुनको आलोचना गरेका छन् । केहीले सरकारले समलीङ्खीको बिवाहका लागि छुट दिएको र माथिल्लो सदनका लर्डहरुको सुबिधामा सुधार ल्याउने भन्ने कुरा आदीले निर्वाचनको परिणम कन्जरभेटिभ पार्टी बिरुद्ध भएको दाबी गरेका छन् भने धेरै जसो कन्जरभेटिभ पार्टीका ब्याक बेन्चर्स संसद सदस्यहरुले सरकारका सम्पूर्ण कार्यक्रमहरुमा हेर फेर गर्नु पर्ने माग राखेका छन् । उनिहरुले मूल्रतः सरकारले ल्याएको अर्थनितीका कारण बेलायती जनता बेखुसी भएको निश्कर्ष निकालेका छन् । बिगत दुई वर्ष देखि कन्जरभेटिभ पार्टी र लिवरल डेमोक्रेटिक पार्टीको मिलिजुली सरकारले ल्याएको जनताका लागि अप्रिय लाग्ने बिभिन्न कार्यक्रम जस्तै बचतको नाममा बजेट कट्टा, एन एच एस् रिफर्म, हुलाक सेवा एवं लण्डनका रेलसेवा प्राइभेटाइजेसनका कारणनै यसपालीको निर्वाचनमा कन्जरभेटिभ पार्टी र लिवरल डेमोक्रेटिक पार्टीले हार खानु परेको राजनैतिक पर्यबेक्षकको दाबी रहेको छ ।
२००७÷२००८ मा अमेरिकाको लेहमान ब्रदर्श नामक बैंक धरासाही भएको कारण बेलायती अर्थतन्त्रमा समेत धक्का परेको थियो । लेहमान ब्रदर्श र स्कटलैण्डका बैंकहरु खास गरी बैंक अफ स्कटलैण्ड र नर्दर्न रक बैकको नजिकको आर्थिक कारोबार रहीआएको थियो । नर्दर्न रक र स्कटलैण्डले पनि अमेरिकाको लेहमा ब्रदर्श मार्फत अमेरिकी जनतालाइ घर खरिद गर्न ऋण उपलब्ध गरेउदै आएका थिए । जव ती अमेरिकी जनता ज–जसलाइ लेहमान ब्रदर्शले ऋण उपलब्ध गराएको थियो उनिहरुले घर खरिद गर्दा लिएको ऋण फिर्ता गर्न नसक्ने अवस्थामा पुगे तव लेहमान ब्रदर्श धराशाही भएको थियो ।  त्यती वेला टोनी ल्वेयरको पालामा अर्थमन्त्रीमा चतुर मानिएका गोर्डोन ब्राउनले प्रधान मन्त्री पद सम्हालेका थिए । यसरी आइलागेको आर्थिक मन्दी सम्हाल्न तत्कालिन प्रधान मन्त्री गोर्डोन ब्राउनले प्रयास गरिरहेकै बेला २०१० मा सम्पन्न आम निर्वाचनबाट डेबिड क्यामरुनको प्रधान मन्त्रीत्वमा कन्जरभेटिभ पार्टी र लिवरल डेमोक्रेटिक पार्टीको सम्युक्त मिलीजुली सरकार निर्माण भयो । नयाँ सरकार निर्माण हुनासाथ आर्थिक मन्दीबाट मुक्त पाउने बाहानामा मुलुकको सम्पूर्ण सार्बजनिक क्षेत्रको बजेट कट्टा गर्ने कार्यक्रम ल्याए । बजेट कट्रटा गर्ने क्रममा बुढा बुढीहरुले पाउने गरेको बृद्ध भत्ता, अपाङ्खहरुले पाउने गरेको भत्ता एवं सामाजिक सहयोग भत्ता (वेलफेयर) हरु कट्रटा गरे । साथै विश्वबिद्यालयको शुल्क बृद्धी गरे । यतिलेमात्र नपुगेर ८०को दशकमा तत्कालीन प्रधान मन्त्री मार्गरेट थ्याचरले ल्याएको कार्यक्रम अनुरुपको राष्ट्रिय स्वास्थ्य सेवालाइ प्राईभेटाइजेशन गर्ने तर्फ योजना बनाए । उपरोक्त कारणहरुबाट सरकार जनताको नजरमा अप्रिय हुदै गएको छ ।
गत हप्ता सम्पन्न निर्वाचन परिणम पछि यिनै मूलभूत कारणहरुनै कन्जरभेटिभ पार्टी पंति भित्रबाटै  सरकारका कार्यक्रमहरुमा परिवर्तन ल्याउनु पर्ने माग उठेको विश्वाँस गर्ने बलियो आधार रहेको छ । संसद सदस्यहरुमात्र नभै स्वयं मन्त्रीहरुले समेत पार्टी पोलिसीमा पुनर्मूल्याँकन गर्नु पर्ने माग राखिसकेका छन् ।
लिवरल डेमोक्रेटिक पार्टीनेता एवं उप प्रधान मन्त्री निक ल्केगले सरकारले जनताका लागि अप्रिय लाग्ने कार्यक्रम ल्याएको कारणले आफुहरुले पनि निर्बाचनमा ठूलो पराजय बेहोर्नु परेको स्वीकार गरेका छन् ।
अर्को तीर बेलायतको राजनितीमा महत्वपूर्ण भूमिका खेल्ने लण्डनको मेयरको निर्बचनमा भने कन्जरभेटिभ पार्टीका पूर्ब मेयर बोरिश जोनसोन पुनः निर्बाचित भएका छन् ।  बोरिश निर्बाचित हुनुमा जनताले कन्जरभेटिभ पार्टीलाइ मनपराएर भोट दिएको नभै उनको ब्यक्तिगत कारिस्माको कारण हो भन्ने तर्क समेत गरिन्छ एकातीर भने अर्को तर्क जनताले जाना जानै बोरिशलाइ भोट दिएपछि कन्जरभेटिभ पार्टीभित्र उनको यो भन्दा माथी जाने भ¥याङ्खको खुडकिलो बन्द हुन्छ र डेबिड क्यमरुनको बिकल्पमा आउने अर्को ब्यक्ति नहुने जानकारहरु बताउछन् । यदी बोरिश लण्डनको मेयर पदमा निर्बचित नभएको भए स्थानीय निर्वाचनको कारण कन्जरभेटिभ पार्टीको नेतृत्व माथि चोरऔला  ठड्याउने अवस्था आउने थियो र जव पार्टी नेतृत्वको सवाल उठ्छ तव बोरीश जोनसोन अघिल्लो पंतीमा आएर डेबिड क्यमरुनको विकल्पमा उभिने थिए त्यतीखेर  कन्जरभेटिभ पार्टीका अन्य नेताहरु एवं कार्यकर्ताहरु बोरिश को पंतीमा उभिने थिए । अनि आगामी २०१५को आम निर्बाचनमा बोरिश जोनसोन प्रधान मन्त्रीपदको उम्मेवारका दाबेदार बन्ने थिए । त्यस्तो अवस्थामा कन्जरभेटिभ पार्टीले अझ दाहीने तिरको राजनैतिक बाटो अख्तियार गर्ने थियो । किनकि बोरीशले कहिलेकाँही सार्वजनिक रुपमै रंगभेदी टिप्पणीहरु गर्ने गरेको पाइएको छ ।
सम्पन्न स्थानीय निर्वाचनलाइ समग्रतामा हेर्दा लेबर पार्टिका नेता एड मिलिब्याण्को कुर्चीको पेंच कसिएको छ भने कन्जरभेटिभ पार्टीका नेता डेबिड क्यामरुन र लिवरल डेमोक्रेटिक पार्टीका नेता निक ल्केगको कुर्चीको  पेंच भने धोल्लीएको महशूष गरिएको छ ।
अर्कोतिर  कन्जरभेटिभ पार्टीका आफ्ना संसद सदस्यहरुले प्रधान मन्त्री डेबिड क्यमरुनलाइ कन्जरभेटिजम आफ्नो सिद्धान्तलाइ एकातिर पन्छाएर लिवडेम संग बढी संगत गरेको, लिवडेमको कार्यक्रमहरु बढी मात्रामा लागु गर्न खोजेको, कन्जरभेटिच पार्टीले आफ्नो कार्यक्रम नल्याएको आरोप लगाउदै अब कन्जरभेटिजमको सिद्धान्त अनुसार राजनिती गर्न र कार्यक्रम ल्याउन दवाव दिदै आइरहेका छन् ।
राजनैतिक पण्डितहरुको एक अर्को तर्क अनुसार कन्जरभेटिभ पार्टीभित्र २००५ साल यता कुनै खास सैद्धान्तिक सम्मेलन नभएको र पार्टीनेताको निर्वाचन पनि नभएको कारण अब पार्टी नेताको पदका लागि निर्बाचन बोलाउनु पर्ने बेला भएको भन्ने रहेको छ । यदी त्यसो भएको खण्डमा डेबिड क्यामरुनले आफ्नो जीवनका पचास वसन्त पार नगर्दै राजनितीको अग्रपंती खाली गरिदिनु पर्ने अवस्था नआउला भन्न सकिन्न ।

निस्कर्ष

बिश्व खुलापन १९९०को दशक पछिको बेलायती निर्वाचनको इतिहांसलाइ नियाल्ने हो भने १९९६को स्थानीय निर्बाचनको परिणाम पनि यस्तै प्रकारको आएको थियो । अस्सीको दशकमा मार्गरेट थ्याचरको पालामा कन्जरभेटिभ पार्टीले ल्याएको प्रष्ट बहुमत भएका स्थानीय सरकारहरु जोन मेजरको पालामा बिस्तारै पराजीत हुदै गएका थिए र १९९६ सम्म आइपुग्दा लेबर पार्टीले कन्जरभेटिभ पार्टीका काउन्सीलरहरुलाइ पाखा लगएर स्थनीय स्तरमा आफ्नो बर्चस्व कायम गर्न सफल भएको थियो । १९९७ को आम निर्बचनमा टोनी ल्बेयरको नेतृत्वमा लेबर पार्टीले मुलुकभर विजय हासिल गरेर सरकार बनाएको थियो । तर यस पालीको अवस्था थोरै भिन्न के छ भने  आगामी वर्षमै आम निर्बाचन हुन गैरहेको छैन त्यसैले अझै पनि बुद्धीमत्ता पूर्वक पार्टी नेतृत्वमा परिवर्तन गरी वर्तमान सरकारले ल्याएको कार्यक्रमहरु माथी पुनर्मुल्यांकन गरेमा ढीलो भएको छैन । सबै भन्दा महत्वपूर्ण कुरा के भने वर्तमान सरकारले ल्याएको अर्थनिती,स्वास्थ्य सेवामा गरेको जनबिरोधी परिवर्तन, सर्बसाधारणलाइ  शिक्षाबाट बञ्चित गराइने शिक्षा नितीलाइ फिर्ता लिनु पर्छ । तवमात्र पुनः जनताको बिश्वास जित्न सक्ने सम्भावना रहन्छ ।
 

 

 

 

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *