“लास्टै सेन्टी बनायो गाँठे मोदिले”

Namo-Quotes-7-शशी पौडेल,
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले नेपालीहरुमा एक प्रकारको खैला बैला मच्चायो ।
फेसबुकका भित्ताहरु मोदीको पक्षमा रंगिए । भारतलाइ गालीगर्न खप्पीस नेताहरुलाइ पनि एकक्षेण भए पनि चुप लगायो । मोदी आउदा कालो झण्डा देखाउने भनेर कम्मरमा सेतो पटुका बाँधेकाहरुले पनि पटुका खोलेर त्यसैलाइ टाउकोमा बाँधेर स्वागत गर्नेहरुको लाममा उभिए । आफुलाइ निकै बुद्धीजिबी डाक्टर साहेव भन्न मनपराउने एक मन्त्रीले प्रधानमन्त्रीको कठालोमा समातेर पछि हटाएर आफु अग्रपंतीमा जाने प्रयास समेत गरे । धन्य चाटुकार डाक्टर मन्त्री  ।
राजनैतिक चिन्तक एवं सक्रीय पत्रकार बीके पाण्डेले भने नेपालीहरुलाइ सतर्क बनाउदै अहिले भारतको बिरोध नगर्न अर्थात पर्ख र हेर भन्ने सल्लाहा दिदै आफ्नो फेसबुक स्टाटसमा लेख्छन् “उनले नेपाली नेतालाई सल्लाह दिए, बाटो देखाए, उपाय बताए साथै नेपालको सार्वभौम सत्तालाई सम्मान पनि गरे ।”
यस्तै अर्का पत्रकार भाइले त नरेन्द्र मोदीलाइ काठमाण्डौमै डेरा खोज्ने ब्यांगात्मक सल्लाहा पो दिए । गुमनाम परदेशी आफ्नो स्टाटसमा लेख्छन् ।
“मोदीको भ्रमण भरी राजाधानीमा फोहर, धुवाँ, धुलो केही पनि हुनेछैन रे  मिल्ने भए ति मोदी काठमाण्डौमा डेरा सरे हुन्थ्यो ।।” उनले आफ्नो स्टाटसमा अर्को दिन लेख्छन् –
“लास्टै सेन्टी बनायो गाँठे मोदिले!!”
मोदी, मोदी अनि फेरी पनि मोदी भनियो काठमाण्डौमा । अत्यन्त सक्रीय राजनैतिक चिन्तक नारी नुरी बस्नेतले सबै कुरालाइ नकारात्मक नहेर्न सल्लाहा दिदै भन्छिन् “मेरो पनि सहमत हर हर मोदी ,घर घर मोदी, हाम्रा लाउके नेताहरुका नाउँ सुन्नबाट बिरक्तिएको यो मनलाई मोदीको भ्रमणले केहि भए पनि शितलता दिएको छ ,तपाईलाई कस्तो लाग्यो कुन्नि ?? सबै कुरालाई नकारात्मक रुपमा मात्रै हेरिनु हुन्न कि !!!!”
यथार्थ कुरा केहो भने मोदीले नेपालको संसदमा राम्रा कुराहरु बोले । तर पनि उनको भाषणले नेपालका दुइ समुदायलाइ भने निराशा बनायो । ती समुदाय हुन् एक मदेश एक प्रदेशको नारा लगाउने लाउकेहरु र अर्को कमल थापा एण्ड कंपनीहरु ।
केही पक्ष भने उनको भाषणलाइ घुमाउरो बाटो हुदै नेपाललाइ नोक्सान गराउने चलाखीका रुपमा पनि लिएका छन् । यो पक्ष सायद बिरोध गरेर मात्र अरुले आफ्ना कुरा सुन्छन् भन्ने मनोबिज्ञान पलाएको पक्ष पनि हुनसक्छ ।
तर मैले भने उनको त्यो भाषणलाइ उनको नितान्त ब्यक्तिगत चिन्तन र अन्तरराष्ट्रिय स्तरमा बिबादित भएको उनको छवीलाइ ल्किन गराउने प्रयासको स्वरुप लिएको छु । यस्तै उनिभित्र पलाएको इन्ट्राकन्ल्फिक्ट हल्का गर्ने एउटा ट्याब्लेटको रुपमा पनि लिएको छु ।  उनलाइ अन्तरराष्ट्रिय समुदायले अझ बिशेषगरी क्रिस्चियन धर्माबलम्बी मुलुकहरुले हिन्दुबादी नेताका रुपमा रवरस्टाम्प लगाएका छन् । हुनु पर्ने अर्कै हो जस्तै हिन्दु र मुसलमानबीचको दंगामा उनि बिबादित भएकाले भारतका मुसलमानहरुले उनलाइ हिन्दुबादी नेता भनेर आरोप लगाउदै आएका छन् तर जव उनी प्रधानमन्त्रीको उम्मेदवार बने त्यतिबेला देखि  उनलाइ यो आरोप अन्तरराष्ट्रिय मुसलमान समुदायले भन्दा बढी युरोपियन र अमेरिकीहरुले उनीमाथी हिन्दु नेता भनेर आरोप लगाउछन् । उनी प्रधानमन्त्री बनेको केही दिनमै मैले निम्न तर्क गरेको थिंए ।
हो उनलाइ सरकारभित्र आफ्ना कुराहरु लागु गर्न सहज हुनेछ किन भने उनको सरकार एकलौटी सरकार हुने छ । तर पनि आफ्नै देशभित्रको समाजमा एकता ल्याउन उनलाइ हम्मेहम्मे पर्ने छ । किनभने उनी धार्मिक बिबादको छवि भित्र परिसकेका हुनाले उनको नेतृत्वको सरकारले पनि यो आरोप खेप्नु पर्ने छ । हो त्यही सम्भावनालाइ कम गर्न “बहुजन हिताय, बहुधर्म हिताय”को कार्यक्रम ल्याउनु बाहेक उनका अगाडि अर्को बिकल्प रहने छैन । सरकारमा नरहँदा अर्थात कम जिम्मेवारी हुदा गरेका बचनबद्धताका मूल्य र मान्यता र जिम्मेवारी संहाली सकेपछि गरेका बचनबद्धताका मूल्य र मान्यतामा फरक हुने गर्दछन् । हिजो उनि यदि हिन्दुका पक्षमा मात्र बोले भने कुनै राज्य उलट पुलट हुनेवाला थिएन तर अवको अवस्था त्यो रहने छैन । त्यसैले कमल थापा वा ज्ञानेन्द्र शाहाका आशाका किरणहरु दिल्लीबाट निस्किनु अघिनै अन्तरिक्षमा बिलाउने छन् जसरी कतिपय अपराधपूर्ण घटनाहरु समेत इतिहाँसको गर्भमा बिलाउदै आएका छन् जस्तै बिरेन्द्रको बंशनास गराउने अपराधी पत्ता लगाउने वा मदन, आश्रितका हत्यारा पत्ता लगाउने काम ।
अर्को तिर नरेन्द्र मोदीलाइ अन्तरराट्रिय स्तरमा ल्किन छबि बनाउन पनि त्यति सहज हुने छैन किनभने उनका अगाडि यस अघिको आफ्नै बिबादित छबिका कारण इन्ट्राकन्ल्फिक्ट९आफै भित्रको बिबाद० पलाउने छ । हेरौ भित्र – भित्रै पलाउने यस प्रकारको इन्ट्राकन्ल्फिक्ट९आफै भित्रको बिबाद०को सामना नरेन्द्र मोदी कसरी गर्ने छन् । मैले त्यतिबेलानै गरेको उक्त तर्कलाइ नरेन्द्र मोदीले भुटान भ्रमणका बेला ब्यक्त गरेका कुराहरु र नेपालमा उनले मदेशबादीहरुलाइ दिएको सल्लाहाले बलियो आड दिएको छ ।

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *