लहरो तान्दा पहरो गर्जीयो

नेपालीमा एउटा उखान छ “लहरो तान्दा पहरो गर्जीयो” । हुन पनि हो कहिलेकाँही त्यस्तै हुने रहेछ । अपराधको सन्जाल कहाँबाट कहाँ पुगेको हुन्छ भन्ने बुझ्न त्यति सजिलो रहेनछ । भनिन्छ अपराध गर्नेले केही न केही कमजोरी छोडेको हुन्छ । कतिपय मान्छेहरु भोक लागेर भोक मेटाउन साना तिना अपराध गर्दछन् तर कतिपय लोभको भाडो नभरिएर । अहिले यस्तै समाचार सन्चारको बजारमा आएको छ । एउटी आर्थिक र सामाजिक रुपमा सम्पन्न महिलाको अपराध खुलासा भएको छ ।
केही समय अघि पत्नीको आर्थिक अपराधका कारण पतिले आत्महत्या गरेका समाचार पनि नआएका हैनन् । आशा गरौ यो समाचारका कारण उनका पतिले आत्माहत्या गर्ने अवस्था श्रीजना नहोस् ।
राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख अशोकदेव भट्टकी श्रीमती प्रतिमा सिंह भट्टलाई ठगीको आरोपमा पक्राउ गरेको छ ।
प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगादिन्छु भन्दै विभिन्न व्यक्तिबाट रकम असुलेको अभियोगमा उनलाई महानगरीय प्रहरी बृत्त बानेश्वरको टोलीले बुधबार साँझ पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर हनुमानढोका पठाइएको छ ।
‘जागिर लगाइदिन्छु भनेर ४६ लाख ३५ हजार गठी गरेको आरोपमा प्रतिमा भट्टलाई पक्राउ गरिएको छ’ हनुमानढोका प्रहरी प्रवक्ता धिरजप्रताप सिंहले भने(’उनी अनुसन्धानका पूर्व प्रमुख अशोकदेव भट्टकी श्रीमती भन्ने खुलेको छ ।’ भट्टविरुद्ध ठगी मुद्धा चलाईने छ ।
युवराज न्यौपाने र मनोज यादवले भट्टविरुद्ध ठगीको उजुरी दिएका थिए । सोही आधारमा बैद्यनाथप्रसाद कर्ण र कल्पना कर्णलाई पक्राउ गरेपछि ठगीको नाइके भट्ट भएको खुलेको थियो । ‘उजुरीका आधारमा बैद्यनाथ र कल्पनालाई पक्राउ गरेपछि भट्टसम्म पुगेका हौं’ प्रवक्ता सिंहले भने ।

 

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *