लन्डनमा नयाँ नेपाली साहित्यिक संस्थाको उदय र मोति जयन्ती


अगष्ट १९ आइतबार सन् २०१२मा लन्डन स्थित विल्विचमा साहित्यकारहरुको भेलाले अन्तर्राष्ट्रिय नेपाली वांमय प्रतिष्ठान नामक साहित्यिक सस्थाको गठन गरेको छ । हाल नेपाल र वेलायतलाई कर्मथलो बनाएर अगाडि बढेको यो सस्था भविष्यमा विश्वव्यापी आकारमा फैलिदै जाने छ । सस्थामा कार्यकारी समिती र वोर्ड अफ ट्रष्टीको व्यवस्था गरिएको छ । कार्यसमितीमा अध्यक्ष विकल चन्द्र आचार्य, उपाध्यक्षमा क्रमश डा. शुषमा आचार्य, राजेन्द्र सलभ, गोपीकृष्ण प्रसाईं, र किरण थेबे लिम्वु रहेका छन् । महासचिव, सचिव र कोषाध्यक्षमा क्रमश, जया राई, नारायण अधिकारी, कृष्ण ढुंगाना रहेकाछन् । त्यसै गरी विभागिय संयोजकहरुमा क्रमश साहित्य अनुवादमा गोपी साप्कोटा, वाल साहित्यमा विनोद न्यौपाने, संचार तथा मिडियामा शशी पौडेल, आर्थिक तथा श्रोत परिचालनमा उत्तम बज्रचार्य, संस्कृती प्रवर्धनमा पंडित निलहरी घिमीरे, नेपाली भाषा प्रशिक्षणमा शोभा प्रसाई एव नेपाली कला एवम सास्कतिक को लागि मनिष श्रेष्ठलाई चयन भएको छ । त्यसै गरि केन्द्रिय सदश्यहरुमा प्राध्यापक यादव लामिछाने, महेश रेग्मी, मुकुल दाहाल, शान्ता संग्रोला, दिवश कोयू, विष्णु देवान, मिरा आंवोहाग, रामजी बराल, संजय राउत, जीत पाख्रिन लामा, एलिना संग्रोला, राजिव रेग्मी, हेमन्त पौडेल, लय प्रसाई, भरत क्षेत्री रहेका छन् ।
त्यसै गरि वोर्डअफ् ट्रष्टिको अध्यक्षमा खगेन्द्र पाठक चयन भएका छन् । सुमल गुरुगलाई सल्लाहकारमा चयन गरिएको छ र बाँकी सल्लहकारहरु कार्यसमितीको पहिलो बैठकले चयन गर्ने छ । जया राईले स्वागत मन्तव्य दिएको कार्यक्रममा सुमल गुरुग, मनिष श्रेष्ठ, छत्रपति पौड्यालले शुभकामना मन्तव्य दिएका थिए । नव गठित सस्थाको उद्देश्यको बारेमा विकल चन्द्र आचार्यले आफ्नो धारणा राखेको राखेका थिए ।

कार्यक्रमलाई तीन चरण बाँडिएको थियो । पहिलो चरणमा खगेन्द्र पाठकले संूपर्ण पदाधिकारीहरुलाई खादा ओडाएर स्वागत गर्दै आफ्ना सारगर्भिवत भनाईहरु राखेका थिए । भने दोश्रो र तेश्रो चरणको कार्यक्रममा विकल चन्द्र आचार्यले अध्यक्षता गरेका थिए । पदाधिकारीहरुलाई पद र गोपनियताको सफतग्रहण सल्लाहकार सुमलकुमार गुरुगले गराएका थिए ।
संस्थाको घोषाण खगेन्द्र पाठक र वरिष्ठ समाजसेवी छत्रपति पौडेलबाट पानसमा वत्तीबालेर भएको थियो । नेपाली भाषा साहित्य र सस्कृतिको समग्र विकासको लागि यस नवगठीत सस्थाले, आफ्नो पहिलो वैठकमा केहि महत्वपर्ण पुरस्कारहरुको घोषणा गर्ने छ । भने नेपाली साहित्यको विकासमा एउटा पृथक सनौलो लक्ष रोखेर अगाडी बढेको छ । सस्थाको गठन र कार्यसममितीका लागि शुभकामना पठाउने व्यक्तित्वहरुमा डा.शुषमा आचार्य, नरेन्द्रराज प्रसाई, डा.गोविन्दराज, प्रदिप नेपाल, हेम पाठक, अस्मिता भण्डारी,सुरेशजंग शाह आदि ।
कार्यक्रमको तेश्रो चरणमा युवाकवि मोतिराम भट्टको १४७ औं जन्म जयन्ती भव्यताका कविता, गीत, गजल वाचान गरि मनाइएको थियो । रचना बाचन गर्नेहरुमा सुमल गुरुग, जया राइर्, विकल आचार्य, गोपीकृष्ण प्रसाई, संजय राउत, नारायण अधिकारी, नविन राई आदि थिए । उनको जीवनी, व्यक्तित्व, कृतित्वका बारेमा साहित्यकार गोपीकृष्ण प्रसाईले विस्तृत रुपमा प्रकाश थिए । नेपाली साहित्यका युवाकवि मोतिराम हुन भने, विसं १९४० देखि १९७६ सम्मको यूगलाई मोतीराम यूग मानिन्छ ।
कार्यक्रमको संचालन गोपिकृष्ण प्रसाई र जया राईले संयुक्तरुपमा गरेका थिए भने, कार्यक्रम दिनको एक बजे देखि साँझ ६ बजे सम्म लन्डन कलेज अफ इन्जिनियरिड एन्ड मेनेजमेन्ट विल्विचमा, सुचारुरुपमा संचालन भएको थियो । कार्यक्रको अन्तमा मीठो परिकारको व्यवस्था मनिष श्रेष्ठले गरेका थिए ।

Bookmark the permalink.

One Response to लन्डनमा नयाँ नेपाली साहित्यिक संस्थाको उदय र मोति जयन्ती

Leave a Reply

Your email address will not be published. Required fields are marked *