“मधेश” भन्ने नेताहरुको मुखमा बुजो

Deepak Naneral-दीपक मनराल

हाम्रा तराई-आधारित राजनीतिक दलका नेताहरूले चाहेको र सोंचेको बिपरित, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमा  सम्बोधन गर्दाको भाषणमा “मधेश” भन्ने शब्दको सट्टा तराई भन्ने शब्द बारम्म्बर प्रयोग गरिदिंदा, ति तराई आधारित नेताहरूलाई पर्नु सम्म पिर परेको देखिन्छ. तर, यो कुरा नेपालको लागि बहुत सकारात्मक हो. हुँदै नभएको “मधेश” लाई के को मधेश भन्दै कुर्लंदै हिंडछन् हँ, यी “नेताहरू?” जबर्जस्ती “मधेश” भन्दै हज्जार पटक झुट बोल्दैमा नभएको चिजलाई सत्य साबित गर्न मिल्छ र ?

यदी हाम्रा यी तराई आधारित छेत्रियताबादी “नेताहरू” अझ पनि भारतीय नेताहरूले पहिरने पहिरन र भारतमा आम संचारको लागि बोलिने हिन्दी भाषालाई बोलेर आफ्नो भारत-भक्ती प्रदर्शन गर्ने कार्यहरूलाई जारी राख्न चाहन्छन भने, नेपाली जनताहरूले अर्को पटकको आम-निर्बाचन र स्थानिय निर्बाचन मार्फत यी “नेताहरू”लाई अझै कडा सजायं दिनेछन्. यी तराई आधारित छेत्रियताबादी “नेताहरू”ले के कुरा बुझ्नु पर्छ भने भारतले यिनीहरू जस्ता छेत्रियताबादी “नेताहरू”लाई आफ्नो समर्थन देखाएर वा दिएर नेपाली जनताको राष्ट्रिय भावना माथी चोट पुर्याउने खतरा मोल्न सक्ने छैन. किनभने, भारत मै पनि गोर्खा भूमी (Gorkhaland) आन्दोलन लगायत काश्मिर, नागाल्याण्ड, आसाम, पन्जाब, आदी प्रान्तहरूमा पृथकताबादी आन्दोलन चलेर भारतलाई ठुलो समस्याहरू आईपरेको कुरा सबैलाई थाहा नै छ. यसरी, हाम्रा तराई आधारित छेत्रियताबादी “नेताहरू” लाई भारतले त्यसरी यी नेताहरूले चाहेको जस्तो समर्थन गर्दा, भारत स्वयम्लाई थप  समस्याहरू उत्पन्न हुने खतरा भारतले कसरी उपेछ्या गर्न सक्छ ? यस्ता जटिल र बृहत्तर कुराहरू हाम्रा तराई आधारित छेत्रियताबादी “नेताहरू”ले बुझ्न सक्दैनन्. त्यही कुतर्कहरूकासाथ् यिनीहरू “आफुलाई न्याय दिलाई दिन” भन्दै हार गुहार गरेर नेपालमा बिना कारण छिमेकी देशबाट बिदेशी हस्तछ्यापको लागि लाजै नमानी आब्हान गरिरहेका छन्. यसप्रकार के देखिन्छ भने तराई आधारित छेत्रियताबादी “नेताहरू”को राष्ट्रियता बारेमा गम्भीर शंका सकिने आधारहरू उनीहरूका ब्यबहारहरूले नै पैदा गर्दै आएका छन्. उनीहरू आफूहरूलाई “नेपाल राष्ट्रले दोश्रो दर्जाको नागरिक मानेको छ” भन्ने कुतर्कहरू जबर्जस्तका साथ् राख्दै १००% झुट कुराहरू बोल्दै आएका छन्. के एउटा देशको नागरिकबाट यस्तो गैर्ह राष्ट्रिय ब्यबहारको अपेछ्या गर्न सकिन्छ ? हैन भने, कुर्ता सुरुवालको पहिरन, तराईमा कसैले मात्री भाषाको रुपमा प्रयोग नगरेको हिन्दी भाषाको जबर्जस्त प्रयोग र “एक मधेश, एक प्रदेश”को नारा आलाप्नुको कारण के छ, “नेताजीहरू” ?

अर्को कुरा, यी तराई आधारित छेत्रियताबादी “नेताहरू” पद र पैसाको लागि सबै कुराहरू (आफ्नो मान्यता, नैतिकता, आफ्नै पार्टी समेत) त्याग्न तयार हुने जस्ता अबिस्वसनिय चरित्रहरू छन्, भन्ने तथ्य सबैको अगाडी मध्य दिनको सुर्य जस्तै प्रष्टै छ. पद र पैसाको लागि यी तराई आधारित छेत्रियताबादी “नेताहरू” यत्ती छिटो फुटछन् र मिल्छन, मानौं यिनीहरू एउटा नाटक मन्चन गर्दै छन्.

हाम्रो तराई छेत्रमा छुवाछुत, दाईजो प्रथा, अन्ध-बिस्वासमा आधारित बोक्शी प्रथा, बाल-बिबाह, आदी जस्ता थुप्रै सामाजिक समस्याहरू ब्यापक र डरलाग्दोगरी व्याप्त छ. यस्ता समस्याहरूकै कारणले तराई छेत्रमा हत्या र हिंशाका थुप्रै घटनाहरू घटेका छन्. आफुलाई तथाकथित मधेशको मसियाह घोषित गर्ने यी तराई आधारित छेत्रियताबादी “नेताहरू” त्यस्ता परम्परागत सामाजिक कुरिती र अन्यायहरूका बिरुद्ध एक शब्द बोल्दैनन.

तराई छेत्रमा भारतले नेपालको सिमा मिच्दै आएको थुप्रै घटनाहरूका बारेमा यी आफुलाई तराईको मुक्तीदाता भनाउन चाहने यी तराई आधारित छेत्रियताबादी “नेताहरू” भारतको त्यस्तो बिस्ताबादी ब्यबहारहरूका बिरुद्ध कहिल्यै एक शब्द बोल्दैनन. अनि, यस्ता मानिसहरू कसरी नेपाली नेता हुन सक्छन र कसरी तराईका नेता हुन सक्छन ?

यसरी, हाम्रा यी तराई आधारित छेत्रियताबादी “नेताहरू”ले “एक मधेश, एक प्रदेश”को नारा लगाउनुको एकमात्र कारण हो: आफूहरूको एउटा सानो जमातले एउटा सिमित भौगोलिक छेत्रमा यिनीहरू एक-आपसमा रात-दिन शारीरिक रुपमा नै मारामार गर्दै, आफ्नो मुखियातन्त्र संचालन गर्दै त्यहाँको जनता माथी चरम स्वषण र दमनको राज कायम गर्नु. अब, के यस्ता “नेताहरू”लाई तराईमा बसोबास गर्ने नेपाली जनताले विश्वास गर्छन ?
अगष्ट, २०१४

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *