जनगणना पछिका केही तथ्यहरु

नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ पुगेको छ । गत दश वर्षको तुलनामा यस पटक १ दशमल ३५ प्रतिशतले बढेको हो । यसअघि २०५८ सालको जनसंख्या अनुसार नेपालको जनसंख्या २ करोड ३१ लाख ५१ हजार ४ सय २३ थियो ।
सोमवार राष्ट्रिय योजना आयोजको हलमा प्रधानमन्त्री डा वावुराम भट्टराईले राष्ट्रिय तथ्यांक विभागले तयार पारेको राष्ट्रिय जनगणना २०६८ सार्वजनिक गर्नु भएको हो । २०६८ को तथ्यांक अनुसार पुरुषको तुलनामा महिलाको जनसंख्या वढि छ । महिलाको जनसंख्या ५१ दशमलब ५ र पुरुषको जनसंख्या ४८ दशमलब ५ रहेको छ । यस्तै तथ्यांकका अनुसार ६० प्रतिशतले १९ वर्ष नपुग्दै विवाह गर्ने गरेका छन् ।
राष्ट्रिय जनगणना(०६८ अनुसार नेपालमा १ सय २५ जातजातिहरू देखिएका छन् । यीमध्ये बाहुनको संख्या घटेको छ भने क्षेत्रीहरु बढेका छन् ।
विगत ०५८ को जनगणनामा कुल जनसङ्ख्याको १५ दशमलव ८ प्रतिशत रहेका क्षेत्रीको जनसङ्ख्या यस जनगणनामा १६ दशमलव ६ प्रतिशत पुगेको छ । तर, पहाडी ब्राम्हणको जनसङ्ख्या भने ०५८ सालमा १२ दशमलव ७ प्रतिशत रहेकोमा हाल १२ दशमलव २ प्रतिशतमा झरेको छ ।
पहाड र हिमालमा जनसंख्या घट्यो, तराईमा बढ्यो
राष्ट्रिय जनगणना ०६८ अनुसार तराईमा कूल जनसङ्ख्याको ५० दशमलव २७ प्रतिशत (१ करोड ३३ लाख १८ हजार ७ सय ५ जना० मानिसहरु रहेका छन् । त्यस्तै पहाडको जनसंख्या ४३ दशमलव ०१ प्रतिशत ९१ करोड १३ लाख ९४ हजार ७ ० रहेको छ भने हिमाली क्षेत्रमा ६ दशमलव ७३ प्रतिशत (१७ लाख ८१ हजार ७ सय ९२० जनसङ्ख्या रहेको छ । दश वर्षअघि तराई, पहाड र हिमालमा क्रमशः ४८ दशमलव ४० प्रतिशत ९१ करोड १२ लाख १२ हजार ४ सय ५२ ०, ४४ दशमलव ३० प्रतिशत ९१ करोड २ लाख ५१ हजार १ सय ११ ० र ७ दशमलव ३० प्रतिशत ९१६ लाख ८७ हजार ८ सय ५९० जनसंख्या थियो ।
दश वर्षमा पहाडमा ११ लाखभन्दा बढी मानिस घटेका छन् भने हिमालमा १ लाख घटेका छन् । यसले पहाड र हिमाल बाट विस्थापित हुने र बसाइँ सर्नेहरु बढेको संकेत गर्छ ।
घर हुने घटे, भाडामा बस्ने बढे
देशका कूल ५४ लाख २३ हजार २ सय ९७ परिवार मध्ये ८५ दशमलव २६ प्रतिशत परिवारहरू आफ्नै स्वामित्वको घरमा र १२ दशमलव ८१ प्रतिशत परिवारहरू भाडाको घरमा बसोबास गरेको देखिन्छ । विगत ०५८ सालको जनगणनामा आफ्नै स्वामित्वको घर र भाडाको घरमा क्रमशः ८८ दशमलव ३ प्रतिशत र ८ दशमलव ९ प्रतिशत परिवारहरू बसोबास गरेको पाइएको थियो । हाल शहरी क्षेत्रमा ४० दशमलव २२ प्रतिशत परिवार भाडाको घरमा बसोबास गरेको देखिन्छ ।
धाराको पानी प्रयोग गर्ने घटे
देशका कुल परिवारको ४७ दशमलव ७८ प्रतिशतले परिवारले धारारपाइपबाट र ३५ प्रतिशतले ट्युववेलरहाते पम्पबाट पिउने पानी आपूर्ति गर्ने देखिएको छ । ०५८ सालमा धारारपाइप र ट्युववेलरहाते पम्पबाट पिउने पानीको सुविधा उपभोग गर्ने परिवारहरू क्रमशः ५३ दशमलव ४ प्रतिशत र २८ दशमलव ६० प्रतिशत थिए ।
खाना पकाउन अझै दाउराको भर, एलपी ग्याँस प्रयोगकर्ता बढे
गाउँघरमा गोबरग्यास र एलपी ग्यासको समेत प्रयोग बढीरहेको बेला तथ्याँकमा भने दाउराको प्रयोग गर्ने अझै बढी देखिएको छ । देशका ६४ प्रतिशत परिवारले खाना पकाउन अक्सर काठरदाउरा प्रयोग गर्ने गरेको देखाएको छ जुन दश वर्षअघिको जनगणनामा ६५ दशमलव २० प्रतिशत थियो । विगत जनगणनामा एलपी ग्याँस प्रयोग गर्ने परिवारहरू ७ दशमलव ६७ रहेकोमा यस जनगणनामा उल्लेख्य वृद्धि भई २१ दशमलव ०३ प्रतिशत पुगेको छ । हाल खाना पकाउन अक्सर मटितेल, एयाँस, गुईठारगोराहा, गोबरग्याँस, बिजुली र अन्य इन्धन प्रयोग गर्ने परिवारको हिस्सा क्रमशः १, २१, १० दशमलव ४, २ दशमलव ४, ० दशमलव १ र ० दशमलव ४ प्रतिशत रहेको छ ।
मट्टीतेलको ठाउँमा बिजुली
विगत २०५८ सालको जनगणनामा बिजुली प्रयोग गर्ने परिवार ३९ दशमलव ८ प्रतिशत रहेकोमा २०६८ मा ६७ दशमलव २६ प्रतिशत पुगेको छ । गत जनगणनामा वत्ति बाल्नका लागि अक्सर मट्टीतेल प्रयोग गर्ने परिवार सबैभन्दा धेरै (५७ दशमलव ७० प्रतिशत० रहेकोमा हाल १८ दशमलव २८ प्रतिशत मात्र देखिएका छन् ।
३८ प्रतिशतका घरमा चर्पी छैन
शका ३८ दशमलव १७ प्रतिशत परिवारहरूसँग आफू बस्ने घरमा अझै पनि शौचालयको सुविधा नभएको तथ्याङ्क राष्ट्रिय जनगणना २०६८ को नतिजाले देखाएको छ जुन सङ्ख्या विगतको जनगणनामा ५२ दशमलव ५ प्रतिशत थियो । हाल ३३ दशमलव ४५ प्रतिशत परिवारहरूले सेप्टिक ट्याङ्कमा जोडिएको फ्लस भएको शौचालय प्रयोग गर्ने गरेको पाइएको छ । त्यसैगरी साधारण शौचालय प्रयोग गर्ने र सार्वजनिक ढलमा जोडिएको फ्लस भएको शौचालय प्रयोग गर्ने परिवारहरूको सङ्ख्या क्रमशः १९ दशमलव ४७ र ८ दशमलव २७ प्रतिशत देखिएको छ । शहरी क्षेत्रमा ९ दशमलव ०९ प्रतिशत र ग्रामीण क्षेत्रमा ४५ दशमलव ११ प्रतिशत परिवारहरूसँग आफू बस्ने घरमा शौचालय नभएको देखिन्छ ।
रेडियोभन्दा मोवाइल बढी
राष्ट्रिय जनगणना ०६८ अनुसार रेडियो, टेलिभिजन, केवल टेलिभिजन, कम्प्युटर, इन्टरनेट, टेलिफोन, मोवाइल फोन, मोटर, मोटरसाइकल, साइकल, अन्य सवारी साधन र रेप्रिmजेरेटरमध्ये कम्तिमा एक किसिमको सुविधा उपलब्ध भएका परिवार कुल परिवार सङ्ख्याको ८४ दशमलव ५६ प्रतिशत रहेका छन् । जम्माजम्मी १३ दशमलव ६९ प्रतिशत परिवारमा यस्ता कुनै पनि सुविधाहरू उपलव्ध नभएको देखिन्छ । २०५८ मा रेडियो प्रयोगकर्ता ५३ दशमलव १३ प्रतिशत रहेकोमा अहिले ५० दशमलव ८२ मा झरेको छ । टेलिभिजन प्रयोगकर्ता भने १४ प्रतिशतले बढेका छन् । अहिले मोवाईल फोन प्रयोग गर्ने ६४ दशमलव ६३ प्रतिशत छ । जसमा ग्रामिण क्षेत्रमा झण्डै ६० प्रतिशत र शहरी क्षेत्रमा ८४ प्रतिशत छ ।
मातृभाषाको संख्या बढ्यो
देशभित्र अक्सर बसोबास गर्ने व्यक्तिहरूले बोल्ने मातृभाषाको सङ्ख्या १ सय २३ देखिएका छन् । विगतको जनगणनामा ९२ वटा मात्रै मातृभाषा थिए । ०५८ को जनगणनामा ४८ दशमलव ६ प्रतिशत व्यक्तिहरूको मातृभाषा नेपाली रहेकोमा हाल मातृभाषाको रुपमा नेपाली भाषा बोल्ने जनसङ्ख्या ४४ दशमलव ६ प्रतिशत देखिएको छ । नेपालीपछि मातृभाषाको रुपमा बढी वोलिने भाषाहरूमा मैथिली (११ दशमलव ७ प्रतिशत०, भोजपुरी ९६ प्रतिशत०, थारु ९५ दशमलव ८ प्रतिशत०, तामाङ ९५ दशमलव १ प्रतिशत० र नेवार ९३ दशमलव २ प्रतिशत० छन् ।
हिन्दू धर्मावलम्बी बढे
जनगणनाले देशभित्र विभिन्न १० वटा धर्म मान्ने मानिसहरू रहेको देखाएको छ । यसअनुसार विगत ०५८ सालको जनगणनामा ८० दशमलव ८ प्रतिशत रहेका हिन्दुहरूको जनसङ्ख्या यस जनगणनामा आइपुग्दा ८१ दशमलव ३ प्रतिशत पुगेको छ । वौद्ध धर्मावलम्वीहरू कुल जनसङ्ख्याको ९ प्रतिशत रहेका छन् । इस्लाम, किरात, क्रिश्चियन र प्रकृति धर्म मान्नेहरूको जनसङ्ख्या क्रमशः ४ दशमलव ४, ३ प्रतिशत, १ दशमलव ४ र ० दशमलव ४ प्रतिशत रहेको देखिन्छ ।
अपांगता बढ्यो
देशका कुल जनसङ्ख्याको १ दशमलव ९४ प्रतिशत हिस्सामा कुनै एक वा बढी प्रकारको अपाङ्गता रहेको देखिएको छ । विगत ०५८ को जनगणनामा अपाङ्गता रहेका व्यक्तिहरू ० दशमलव ४६ प्रतिशत थिए । अपाङ्गता भएका व्यक्तिहरूमध्ये ३६ दशमलव ३२ प्रतिशतमा शारीरिक अपाङ्गता, १८ दशमलव ४६ प्रतिशतमा दृष्टिसम्बन्धी अपाङ्गता, १५ दशमलव ४५ प्रतिशतमा सुनाइसम्बन्धी अपाङ्गता, १ दशमलव ४८ प्रतिशतमा श्रवण दृष्टिबिहिनता, ११ दशमलव ४७ प्रतिशतमा स्वर र बोलाइसम्बन्धी अपाङ्गता, ६ दशमलव ०४ प्रतिशतमा मानसिक अपाङ्गता, २ दशमलव ९० प्रतिशतमा वौद्धिक अपाङ्गता र ७ दशमलव ५२ प्रतिशतमा बहुअपाङ्गता भएको पाइएको छ ।
औषत परिवार संख्या घट्यो
हाल प्रतिपरिवार औषत ४ दशमलव ८८ जना सदस्य सङ्ख्या रहेको छ, जुन ०५८ मा ५ दशमलव ४४ जना थियो । परिवारको आकार रौतहट जिल्लामा सबैभन्दा बढी ९६ दशमलव ४० र कास्की जिल्लामा सबैभन्दा कम ९३ दशमलव ९२० रहेको छ ।

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *