“गजल”

हतियार् बोक्ने गजलकार भए॥

मदिरा धोक्ने गजलकार भए॥

कदर छैन यहाँ आफ्नै रचना॥
पैसामा तोक्ने गजलकार भए॥

बेला बेलामा राजनितिक सँग॥
गजल जोख्ने गजलकार भए॥

के के हुनेछ हेर्दै जानुस यहाँ॥
अश्लिल पोख्ने गजलकार भए॥

अचम्मित छु यो चर्तिकला देखी॥
देउडा खोक्ने गजलकार भए॥

“अभागी”मुकेश रेउले
बलिया 8 कैलाली

मैले यो गजल कसैलाई तोकेर लेखेको होईन । बास्तविक उतार्न मात्र खोजेको हो । यदि यो गजले कसैलाई नकारात्मक असर पर्न गएमा छमा चाहान्छु । – “अभागी”मुकेश रेउले

फेसबुक  बाट

 

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *