खलनायक को हुन्, प्रचण्ड कि बाबुराम ?

Prachanda-and-Baburam2-शशी पौडेल
एमाओबादीको पार्टी भित्र प्रचण्ड र डाक्टर बाबुराम भट्टराइ मध्य को नायक हुन् र को खलनायक हुन् भन्ने अझै एकिन हुन सकेको छैन । तर हामी आम नेपालीका नजरमा भने यी दुबैले खलनायकको बिल्ला भिरीसकेका छन् ।
बाबुराम भट्टराइले गोप्य माइनुटिंग गरेका माइनुटबुक प्रचण्डको दरबारमा पुग्यो रे ! डाक्टर बाबुराम भट्टराइले आफ्नी आँटिली आमाबाट आर्जन गरेको फलामको बाकसमा भोटे ताल्चा लगाएर आफु सुत्ने पलंगको मुनी राखेको माइनुटबुक सुटुक्क बाहिर निस्केछ । र काठमाण्डौको ट्रफिक जामलाइ छल्दै निर्धक्कका साथ प्रचण्डको दरबारमा अनगिन्ती पाले पहराको आँखा छलेर एउटा इमान्दार नोकर जस्तै  बैठक कोठामा सुटुक्क उपस्थित भएछ । प्रचण्डलाइ आफैले त्यतिसारो पढ्न र लेख्न मन पर्दैन अचेल । किनभने उनिसंग अनगिन्ती धन दौलत छ । किनकि उनलाइ अव बुद्धी र ज्ञानले होइनकि धन र दौलतले आफ्नो अध्यक्ष्य पद संहाल्नु छ । उनले नारायण काजी नामक आफ्ना फोटोकपीलाइ पढ्न लगाए । अनि त्यो माइनुटबुक भित्र बाबुराम भट्टराइले एउटा अलग्गै, छुट्टै पार्टीको परिकल्पना गरेका रे ! वाह बाबुराम तिम्रो हिम्मतलाइ मान्नै पर्ने भो । तिमी पनि आफ्नी आमा भन्दा कम हिम्मतिला रहेनछौ । छुट्टै पार्टी बनाउने माइनुट गरेर सार्वजनिक नगरिकन सुटुक्क माइनुटमा खुट्टा उमारेर प्रचण्डको दरबारमा पुर्याउने । यो प्रचण्डलाइ दिएको चेतावनी हो कि प्रचण्डको खलनायकी योजना ?
मलाइ यतिखेर फिल्मी दुनियाँको सम्झना आइरहेको छ । प्राय हिन्दी फिल्महरुमा नायक र खलनायकको परिकल्पना गरिन्छ । खलनायकले आफ्नो कालो धन्दाको संजाल फैलाउदै गइरहेको हुन्छ । नायकले त्यो कुरा थाहा पाउछ र त्यसको बिरोध गर्छ । अनि खलनायकलाइ पनि नायक आफ्नो बिरोधमा उत्रिएको छ भन्ने एक दुइ घटनाबाट थाहा लाग्छ । अनि एउटा चक्रब्यूहको रचना गर्छ । या त आफैले कसैलाइ (सकभर नायककै नातेदार) मार्न लगाउछ अनि नायकले मारेको भनी पक्राउछ । या त आफैले लागु पदार्थ वा गैरकानूनी हात हतियार नायकको घरमा कतै सुटुक्क लुकाएर राख्न लगाउछ र प्रहरीलाइ नायकले लागुपदार्थ वा गैरकानूनी हात हतियारको कारोबार गरेको भनेर उजुरी गरी जेल हलाउछ । यसरी खलनायकले नायक जेलमा बसुन्जेल एकछत्र गैरकानूनी कारोबार गर्दै आउछ ।
यो त भयो फिल्मी दुनियाँको कुरा । तर यतिखेर मलाइ नेपालको एउटा राजनैतिक घटनाको यथार्थताको सम्झनाले सताइरहेको छ । घटना २०४५/ ४६ को मरिचमान प्रधानमन्त्री र शैलेन्द्र कुमार उपाध्याय परराष्ट्र मन्त्री हुदाको हो ।
नेपालबाट बग्ने नदीनाला र जलश्रोतका सवालमा भारतसंग परराष्ट्रमन्त्री स्तरीय एक  बैठकको आयोजना भएको रहेछ । नेपालको हितका निम्ति के के कुरा उठाउनु पर्छ भन्ने कुराहरु भारतलाइ अग्रिम जानकारी नदिइ एकैचोटी बैठक टेबुलमा प्रस्तुत गर्ने भन्ने तत्कालिन राजा बिरेन्द्र र प्रधानमन्त्री मरिचमानबीच सल्लाहा भएछ । यदि यसो गर्यो भने सायद भारतीय गुप्तचर संस्था “रअ” को संलग्नता बिना राजनैतिक स्तरमा समस्या सल्टिने छ भन्ने तत्कालिन राजा बिरेन्द्र र प्रमं मरिचमान सिंहमा मनोबिज्ञान पलाएछ । यही बिश्वास अनुरुप राजा बिरेन्द्र, प्रमं मरिचमान र परराष्ट्र मन्त्री शैलेन्द्र कुमारले राजदरबारमा योप्य बैठक गरी आफ्ना एजेन्डा र योजना तयार पारेछन् । र चौथो ब्यक्तिको संलग्नता भयो भने कुरा लिक हुन सक्ने डरले मरिचमानले सबै योजना र एजेन्डा आफैले टाइप गरेछन् । अनि शैलेन्द्र कुमारलाइ उक्त एजेन्डाहरु भएको ब्रिफकेश जिम्मा लगाइयो । उनको काठमाण्डौबाट दिल्लीकालागि भोलीपल्ट बिहानै उडान थियो ।
शैलेन्द् कुमार  दिल्ली पुगे । बैठककक्षमा प्रबेश गरे । त्यहाँ भारतीय दिग्गज राजनेताहरु बैठककक्षमा बसेर लगभग १० घण्टा अघिमात्र आफुहरुले गोप्य रुपमा तयार पारेका ती सबै योजनाहरु अध्ययन गरेर बसीरहेको देखे उनले । शैलेन्द्र कुमार असिना पसिना भए । थरर काम्दै मरिचमानलाइ टेलीफोन गरेर त्यहाँको सेनारिओ बताए । मरिचमानले बैठक क्यान्सील गरेर फर्किने आदेश दिए । यो घटना राजा बिरेन्द्र र मरिचमानकालागि चिन्ताको बिषय बन्यो ।  शैलेन्द्र दिल्लीबाट फर्केपछि अनुसन्धानको पाटो सुरु भयो । त्यतिबेला अन्चलाधीशको आबासगृह लाजिम्पाटमा थियो, सोही घरकोे छतमा एउटा भिडियो क्यामरा जडान गरिएको थियो । त्यो क्यामराका अनुसार सोही राती १ बजे परराष्ट्रमन्त्री शैलेन्द्रको कार लाजिम्पाट भारतीय राजदुताबास भित्र पसेर १० मिनेट पछि फर्केको भिडिओ खिचिएको रहेछ । तर त्यतिबेला शैलेन्द्र सुत्न गैसकेका थिए रे । किनकि उनलाइ बिहान ५ बजे एयरपोर्ट पुग्नु थियो । अव प्रश्न उठ्छ के कार ड्राइभर बिनानै त्यहाँ सम्म पुग्यो ?
शैलेन्द्रका पिए बैठकका लागि तयार पारिएका कागज पत्र सहित शैलेन्द्र सुतिसके पछि उनको कार लिएर बिगबस समक्ष हाजिर पडकाएका रहेछन् । पिएलाइ शैलेन्द्र भोलीपल्ट बैठककालागि दिल्ली जाने कुरा त्यही राती थाहा भयो  । साथै उनि दरबारबाट मिटिंग गरेर महत्वपूर्ण कागजपत्र ब्रिफकेशमा लिएर आएको कुरा पनि । ती कागजपत्र कतै लिकहोला भन्ने डरले गाडिमै राखेर शैलेन्द्र सुत्न गएको भन्ने पनि पिएलाइ थाहा भयो ।
घटनाको साबितीकालागि यतिखेर हाम्रा सामु राजा बिरेन्द्र, मरिचमान र शैलेन्द्र तिनै जना जीबित छैनन् । तर शैलेन्द्रका ती पिए भने जीबितै छन् र यतिखेर उनि जागीरमा पनि छैनन् । उनले यी पंतीहरु पढे भने कुनैबेला पैसामा बिकेर यसप्रकारको राष्ट्रघाती काम गरेको भए पनि अव आइन्दा अरुले यस्तो नगरुन् भन्ना खातिर सार्बजनिक भै हाँसी हाँसी सजाय भोग्न तयार होउन् त्यसो गरेमा मातृभूमीले उनलाइ माफी दिनेछिन् । र अन्य राष्ट्रघाती नेताहरु र राष्ट्रघाती कर्मचारीहरुले पनि उनिबाट एउटा पाठ सिकने छन् ।

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *