कटुवालको दम्भ

पूर्ब सेनापति रुकमागत कटुवालले पोखरामा नेपाली जनतालाइ  टिबी सार्ने गरी खकार खोकेका छन् ।
संक्रमणकालको फाइदा उठाएर पूर्व प्रधानसेनापति रुक्मांगत कटुवालले “नेपालमा संक्रमणकाल लम्बिए नेपाली सेनाले सत्ता आफ्नो हातमा लिन सक्ने” बताएपछि नेपाली राजनीतिमा अनौठो तरंग पैदा गरेको छ । संवैधानिक निकाय निस्क्रिय अवस्थामा रहेको चर्चा गर्दै कटुवालले “मुलुकमा यही अवस्था रही रहे नेपाली सेनाले शक्ति प्रयोग गरेर सत्ता नियन्त्रणमा लिन सक्ने छ” पूर्व प्रधानसेनापति रुक्मांगत कटुवालले उक्त कुरा संचारकर्मीहरुलाई पोखरामा बताएपछि नेपालमा पनि सैनिक ‘कू’ को सम्भावना रहेको सम्भावना रहेको औंल्याउन थालिएको छ ।
कटुवालले सेनालाई सत्ता हातमा लिन नदिनका लागि संक्रमणकाल छिटो अन्त्य गरिनु पर्ने सुझाव पनि राजनैतिक पार्टीहरुलाइ दिएका छन् । कटवालले सैनिक ‘कू’को सम्भावना कसको निर्देशनमा उगालेका हुन् सोचनीय विषय भएको छ । उनले यसप्रकारको राष्ट्रघाती कुरा के आफु चर्चामा आउनका लागि मात्र भनेको हुन् ? या उनलाई जंगी अड्डाले भन्न लगाएर ‘कू’ बारेको प्रतिक्रिया बुझ्न अ¥हाएको हो ? यदि जंगी अड्डाको चाहाना त्यसो होइन भने सेनाले कटुवालको भनाई खण्डन गर्न ढिलाई किन गरिरहेको छ ? कटुवालले पोखरामा साउन ७ गते आफ्नो उक्त भनाइहरु राख्दा ठूला दलका नेताहरु गम्भीर नभएको आरोप पनि लगाएका छन् ।
कटुवालले सेना चुप लागेर बस्दैन भन्नु र अवकाश लिएर पनि सेनाको दम्म उनीमा हुनुको कारण बुझ्नु जरुरी छ । उदि कटवालको घुर्कीमा सत्यता छ भने नेपालमा अझ नराम्रा दिनहरु आउन कत्तिबेर लाग्ने छैन ।

 

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *