ओलम्पिक खेलाडी, प्रशिक्षक र अफिसियलहरु शो एशिया र नेट फक्सको आतिथयमा

‘‘ उनान्तीस जना कुदेका धावकहरुमा हामी तेहैंमा आयौं । सुविधा र प्रशिक्षण पुगेमा एक दिन सफल हुन्छौं । एनआरएनले दुइवटा जति खेलाडीहरुलाई प्रायोजक गरिदिएमा राम्रो हुन्थ्यो ।’’ उक्तकुरा नेपाल ओलम्पिक टीमको प्रतिनिधित्व गर्दै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष धुर्ब बहादुर प्रधानले एक समारोहमा बताए ।

उनले विदेशमा बस्ने नेपालीहरुले देखाएको अतिथ्य र सम्मानप्रति हार्दिक धन्यवाद प्रकट गरे । राष्ट्रिय झण्डा मात्र फहराउन सक्यौं तर राष्ट्रिय धुन बजाउन सकेनौं, भन्र्दै यूकेबासी नेपालीहरुका शुभकामना लिएर नेपाल फर्कने बताए । अतिथ्यको लागि धन्यवाद प्रकट गर्दै उनले नेपाल ओलम्पिक कमिटीको तर्फवाट शो एशिया तथा नेट फक्स लिमिटडलाई ओलम्पिक दर्जा अंकित चिनो प्रदान गरेका थिए ।

शो एशिया र नेट फक्स लिमिटेडले आफ्नै रेष्टुरेन्टमा उनीहरुका ओलम्पिकमा सहभागीता जनाएर फर्कन लागेका नेपाली खेलाडी, प्रशिक्षक र अफिसियलहरुको सम्मानमा एक रात्रीभोजको आयोजना ग¥यो ।

क्याम्बरलीस्थित् शो एशिया रेष्टुरेन्टमा गत बुधवार साँझ सुटिङ्गका स्नेह राज्यलक्ष्मी राणा, पौडीवाज प्रसिद्धजंङ्ग शाह र धावक तिलकराम थारुलाई प्रमाणपत्र, खादा र टोकन अफ लभ प्रदान गरिएकोको थियो । प्रमिला रिजाल र श्रेय धिताल भने बिशेष कारण देखाई उपस्थित् भएनन् । प्रशिक्षक र अफिसियल टीमका सवैलाई पनि शो एशिया र नेट फक्स लिमिटेडका सरोज जोशी , प्रकाश भट्टराई र दुण्डीराज सापकोटावाट सम्मान गरिएको थियो ।

पूर्व भलिबल राष्ट्रिय खेलाडी तथा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष प्राध्यापक गंगा बहादुर मगर, पूर्व फुटबल खेलाडी धीरेन्द्र प्रधान र सितारियो करातेका सिनियर प्रशिक्षक पुरेन्द्र बिक्रम लाखेसंग प्रत्यक्ष भेटी कुराकानी गर्न पाउदा क्याम्बरली समाजका प्रतिनिधी तेज( मह्सी ) गुरुङ्ग दंङ्ग परेका छन् भने खेलाडीहरुले आफ्नो जमनाका फ्यान भेटिदा खुशी लागेको बताए । सन्तोष रेग्मीले लन्डन ओलम्पिकमा स्वयमसेवक भई बिशेषत नेपाली टीमलाई सहयोग गर्न पाएकोमा गौरब लागेको बताए ।

संचारकर्मी तथा शो एशियाका म्यानेजमेन्ट टीमका रमेशसिंङ्ग सराङ्कोटी ( मगर) ले कार्यक्रम सञ्चालन गर्ने क्रममा भावुक हुदै भने , ‘‘ नेपाल र नेपालीको शिर उचो पार्न योगदान पुरयाउने नेपाली खेलाडी र सम्पूर्ण यूनिटलाई सम्मान गर्न पाउदा गौरव लागेको छ । सोंचे जस्तो परिणाम नआएता पनि कमी कम्जोरीहरुलाई गम्भीर समीक्षा गरी अघि बढेमा दश, बाह् बर्षमा पदक जितिने बिश्वास प्रकट गर्दछु । कार्य ब्यस्तता र छोटो नोटिसमा पनि धेरै जना आइदिनुभएकोमा हार्दिक कृतज्ञता सहित धन्यवाद दिन चाहन्छु । ’’

कार्यक्रममा रेडियो बि.जि.डब्लु एसका मे.रि. सोनाम शेर्पा, सञ्चारकर्मी पुष्पा गुरुङ्ग र एभरेष्ट टाइम्स साप्तहिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ (यूके)का सभासद हरि कुमार गुरुङ्ग ( काजी ) लाई पनि सम्मान गरिएको थियो ।

सो समारोहका केही तस्बीरहरु

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *