इराक मा अमेरिकी प्रभाब खस्कदो

Bashu Mishra-बाशु मिश्र
सद्धाम हुसेन लाइ मृत्यु दण्ड दिने न्यायधिस लाइ सजायं दिएको लाइ समर्थन गर्नु सम्म त ठिकै हो र तर ISIS को समर्थन चाँही अल्लि छिप छिपे चेतना को सूचक भयो कि र यो त अमेरिकी योजना कै अंग हो र उनीहरु सिरिया मा असफल भए , इराक मा पनि अमेरिकाको भन्दा इरान को प्रभाब धेरै भयो र अनि अमेरिका को अनन्य मित्र साउदी अरेबिया को सहयोगमा यो सबै भैरहेको छ , साथ्मा इजरायल को समर्थन पनि छ ।
साउदी हरु को र इरानी हरु को त्यस क्षेत्र मा शत्रुतापूर्ण प्रतिष्प्रर्धा रहेको छ र इराक को नुरी अल मलिकी को सिया बाहुल्यता को सरकार इरान प्रति ढल्केको छ । गत साल मलिकी सरकारले रुससंग अरबौं डलर को हातहतियार को डिल गरेको थियो , जुन अमेरिकी दबाब मा  खारेज भएको थियो ।  यसको मतलब इराक मा अमेरिकी प्रभाब निकै खस्केको अवस्था हो भन्ने जनाउछ । यस बीचमा इराकी सरकार का अधिकारीहरुको मस्को भ्रमण बाक्लै भएको थियो र मलिकी ले इराक मा दह्रो खुट्टा ले टेक्न समर्थ भयो भने कुनै पनि बेला अमेरिकालाइ त्यस क्षेत्र बाट बिदा हुनुपर्ने स्थिती त्यहाँ छ ।
त्यसैले मलिकी लाइ बचाउन उनीहरु त्यहाँ आउन आनाकानी गरि रहेका छन् । निकै ढिलो गरि बल्ल तल्ल ३०० जना सैनिक सल्लहकार हरु त्यहाँ पठाउन त राजी भए , तर तिनी हरु फ्रन्ट लाइन मा जाने छैनन् , बरु आफ्नै दुताबास को सुरक्षा गर्न खटिएका हुन् र उनीहरुको भनाइ मा मलिकी सरकार अत्यन्त भ्रष्ट भएकोले मलिकी ले सरकार छोड्नु पर्छ । यो सत्य हो मलिकी सरकार भ्रष्ट छ , तर उसलाई त्यहा स्थापित गर्ने पनि त् तिनै हुन् र इरान मलिकी को पक्ष मा छ , किनकि उसले खुरुखुरु इरान को आदेश मानिरहेको छ । त्यसैले इरान ले तुरुन्तै आफ्ना उत्कृष्ट सैन्य दस्ता मलिकी को सहायतार्थ पठायो ।
यो हो त्यहाँ को असलियत र सिरिया मा युद्धरतस् सम्पूर्ण आतंककारीहरु लाइ अमेरिका , इयु , साउदी , इजरायली र कतारीहरुले सबै खाले सहयोग उपलब्ध गराएका कुरा बिर्सन हुन्न । तिनै आतंककारीहरु सिरियाबाट इराक तर्फ सरेका हुन् । नत्र एकाएक त्यत्रो शक्ति पुरा इराकी सरकार लाइ नै ढाल्ने गरि बन्न सक्तैनथ्यो । संसारमा भएका मिहिन घटना को जानकारी राख्ने सिआइएले त्यत्रो शक्ति निर्माण भैन्जेल थाहा नपाउनु के सम्भब छ ?

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *