अझै पैसाले पुगेन कामरेड तिमीलाइ ?

Bamdev Gautam“खाने मुखलाइ जुँगाले छेक्दैन” भन्ने एउटा प्रचलित उखान छ । यो उखान अहिले बामदेव कामरेडलाइ फलिफाप भएको छ । धन्य हाम्रा कामरेड ? कामरेड बामदेवले शुशिल कोइरालाको नेतृत्वमा बन्ने सरकारको उप प्रधान मन्त्री र गृहमन्त्री बन्ने जबरजस्ती रहर त्यसै गरेका रहेनछन् भन्ने उनका बिभिन्न बिबादास्पद निर्णयले प्रमाणित गरेको छ ।
शुशिल कोइराला नामनै शुशिल र काम पनि शुशिल, लोभ लालचा नभएको जोगी । संसारको सबभन्दा गरीव सरकार प्रमुख । यस्ता सरकार प्रमुखका दोस्रा ब्यक्ति अव बिस्तारै धनी मात्र होइन महाधनी बन्ने तरखरमा छन् । शुशिल काइरालाले त्यतिखेरै बामदेबलाइ गृहमन्त्री बनाउन चाहेका होइनन् । शुशिल कोइरालालाइ त्यतिबेलै थाहा थियो बामदेबले सरकारमा बसेर मनपरी गर्छन् भन्ने तर पनि उनी आफ्नो भनाइमा अडिन सकेनन् । कतै उनको प्रधानमन्त्री पदनै खोसिन्छकि भन्ने जस्तो गरी डराएर उनी । अहिले उनकै बदनाम भैरहेको छ । बामदेब कमरेडले पैसाको लोभमा के गरे भनेर सोधनु भन्दा पनि केमात्र गरिरहेका छैनन् भनेर सोध्नु पर्ने भएको छ अव । यसैबेला “के निहुं पाउ कनिका बुकाउ”  नेकपा एमालेको नवौं महाअधिबेशन भैरहेको ।
यदि मात्तीएको घोंडालाइ पनि अलि अलि चिनी चटाउन सक्यो भने मात्तीएको घोंडा त चुप लागेर काठी लगाउन दिन्छ भने महाअधिबेशनमा आएका प्रतिनिधीहरु त अझ बुझक्कड हुन्छन्  भन्ने बुझेका छन् बामदेवले । यतिबेला चिनीले काम नगर्ने कुरै भएन नी । अनि बिचरा गाँउ गाँउबाट आएका प्रतिनिधीहरुसंग सोमरसका लागि पैसा पनित प्रयाप्त हुदैन नी । अलि अलि पैसा कतैबाट बनिहाल्यो भने पार्टीलाइ लेबी पनि त तिर्न पर्यो नि बिचराहरु । त्यसैले यतिखेर यदि प्रतिनिधीहरुलाइ अलि अलि गुलियो चटाउने ब्यबस्था मात्रै गरेका पो त बामदेब कामरेडले । यसलाइ पार्टीभित्र आफ्नो हैकम बढाउन सत्ताको दुरुपयोग गरेको भन्नेकि के भन्ने खै मलाइ त शब्द पनि नफुर्ने भएको छ । उनले त मात्र नेकपा एमालेको जारी नवौं महाधिवेशनमा प्रतिनिधि खरिदका लागि यसो जोरजाम गरेका पो त । यसो गरेन भने पार्टीको उपाध्यक्ष् पद नथामिन कत्तिबेर छेन बिचरा बामदेबको । किनकि अब धेरै नेपालीलाइ बामदेब सारै भ्रष्ट रहेछन् भन्ने ज्ञान भैसकेको छ ।
केपी ओली समूहवाट उपाध्यक्षका उम्मेद्वार बनेका गृहमन्त्री बामदेब गौतमले पैसा संकलनका लागि कार्यवाहक प्रधानमन्त्री भएको मौकाछोपी सक्दो मनपरी गर्दै आएका छन् ।
हिंजो  मात्रै गौतमले करोडौं रुपैया लिएर एसएसपी विजयलाल कायस्थलाई निमित्त प्रमुख बनाएर एयरपोर्ट सरुवा गरेका छन् । नियमत एयरपोर्टजस्तो संवेदनशील ठाऊँमा निमित्ति बनाएर पठाउन मिल्दैन भन्ने एउटा मान्यता रहेको छ । यस प्रकारको काम पन्चायत कालमा पनि भएको थिएन । गौतमले महाधिवेशनका लागि खर्च भएको रकम उठाउनकै लागि महानगरीय प्रहरी अपराध महाशाखामा रहेका कायस्थलाई त्यहाँ सरुवा गरेको स्रोतको दावी छ । उनी सुडान घोटला प्रकरणमा समेत मुछिएका थिए । एयरपोर्टमा कार्यरत् डिआईजी यादव अधिकारी सहितको टोलीलाई प्रहरी प्रधान कार्यलय नक्सालमा तानिएको छ । जगेडामा राखिएका पीआरधारी भरत सुवेदीलाई गत हप्ता मात्र गौतमले अर्थमन्त्रालय मा ल्याउने विादास्पद निर्णय गरेका थिए । त्यसमा पनि  मोटो रकमको चलखेल भएको कुरा सार्वजनिक भएको हो  ।
पंचायतकालमा हामीले भ्रष्टाचार भयो, गाइकाण्ड भयो, गधाकाण्ड भयो भनेर भन्यौं । पंचहरुले देश सके, देश लुटे भनेर खुब चिच्च्यायौं र पंचायत फल्यौं तर अहिले पंचायतकालका भन्दा पनि बाजे भ्रष्ट ब्यक्तिहरु सत्तामा पुर्याएका छौं । धन्य हामी नेपालीहरु ।
जनताले  आफ्नो पेटमा पटुका बाँधेर लेबी तिर्छन् नेताले इजार खोलेर खान्छन् र डकार्छन् । यस्तै नहोस् भनेर हामी बामपंथी राजनितीमा लाग्यौं, यिनीहरुलाइ साथ दियौं । तर दुभाग्य त्यसैको फल अहिले भोगीरहेका छौं ।

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *