फल्कलैण्ड टापु टेन्सन

– शशी पौडेल

Flag of Falkland

 फल्कलैण्ड टापु अब कसको हुने भन्ने प्रश्न बिश्वका राजनैतिक पण्डितहरुबीच बहस हुन थालेको छ । मुलुक  भित्रको आर्थिक अवस्था कमजोर भएर लरखराएको बेला  हिं¨ सकिए पनि हिं¨ बांधेको टालोमा गन्ध नहराएझै वेलायती साम्रज्यको ध¨ध¨ी अझै मेटिएको छैन । कुनै वेला एक चौथाइ विश्वको एक छत्र राज्य गरेको वेलायतले पछिल्लो पटक आफनो साम्रज्य टिकाउने युद्घ १९८२ मा गरेको थियो । अर्जेनटाइनका बिरुद्घ फल्कल्यण्ैड टापु हासिल गर्न । Continue reading

The game is more open for India.

Prime Minister Baburam Bhattarai left for the Rio+20 Summit in Brazil on 18 June, the hardliner faction of the Maoists led by Mohan Vaidya announced the split of the United Communist Party of Nepal (Maoists). India appears to be relieved at the split, now PM Baburam can work as more as  rubber stamp for India, 

By the time the Maoist insurgents paralysed Nepal, India had already burnt its fingers with the LTTE. However India claimed that, it provided unstinted support to Nepalese political parties as well as King Gyanendra until democratic processes abolished the institution of monarchy.  King Gyanendra had managed to split the Maoists, with Bhattarai being demoted by the Maoist supremo Prachanda. An intervention of a senior leader of the CPI(M) – facilitated reconciliation between Prachanda and Bhattarai. Continue reading

समाजबादका बिरुद्ध पुनराबृत्तिबाद

– शशी पौडेल
प्रिय कपील जी, तपाइले मलाइ खास गरी तीनवटा प्रश्न इमेल मार्फत सोध्नु भएको थियो । तपाइका प्रश्नहरु मैले पूर्ब र पश्चिम जर्मनीको स्वास्थ्य निती, सन्चारको अवस्था , शिक्षाको अवस्थाका साथै पूर्ब जर्मनीका कमजोरीहरु र पश्चिम जर्मनीको आकर्षण के के थिए भनेर बुझें । यसबारे एक एक गरेर उत्तर लेख्दा सायद ठूला देखि साना मसिना कुराहरु लेख्नु पर्ने हुन सक्छ जुन एउटा ल्बगमा लेख्ने लेखमा कति सम्भव होला ? त्यसैले त्यहांको तत्कालिन राजनैतिक अवस्था साथै बिश्व कम्युनिष्ट आन्दोलनमा देखा परेका कमजोरीहरु बारे एक तस्वीर  उतार्ने प्रयास गरेको छु । कत्तिको सफल हुन्छु खवर पाउन सकेको खण्डमा धन्य हुनेछु ।
जर्मनीको पुनराबृत्ती ब्रिटेनको फेबियसबाद र जर्मनकै परिवर्तित परिस्थितीले ल्याएको थियो । जर्मनी र पूर्बि युरोपकै पनि समाजको स्वरुप सामन्तबादी प्रबृत्ती थियो तर राज्य प्रजातान्त्रिक भनिए पनि एक प्रकारको निरंकुश थियो । त्यस कारणले कार्ल माक्र्सले सर्व प्रथम समाजवादी क्रान्ति पूजीबादको बिकाश भएको मुलुकबाट शुरु हुने तर्क गरी ऐतिहाँसिक भौतिकबादको ब्याख्या गरेका थिए । Continue reading

पर्खाल त निहुं मात्र थियो

शशी पौडेल

UNS GEHOERT DIE ZUKUNFT

वर्लिनको पर्खाल ९ नोवेम्वर१९८९का राति भत्काइएको हो । पर्खालको विरोधमा वा पूर्व जर्मनीलाई पश्चिमसंग मिलाउने उद्देश्यले अक्टोवर १९८९ वाट नै आन्दोलन शुरु भएको थियो । र यस निम्ति पूर्व वर्लिन र पश्चिम वर्लिनका त्यतिवेलाका मेयरहरु बीच कुराकानी भए पछि र जनदवावका कारणले पूर्व जर्मनीका तत्कालिन चान्सलर एरिक होकरले राजीनामा दिए । यस पछि आन्दोलन झन चर्कियो  र लगभग हप्तौ लगातार आन्दोलित दशौं लाख जनसमूदाय पर्खाल भत्काउने माग राख्दै सडकमा उत्रे । उनिहरुले गैती र वेल्चाले पर्खाल भत्काउदै गरेको दृश्यले मिश्रित भाव दिन्थ्यो । पिडाजनक र हर्ष विभोर । पिडकजनक यस मानेमा कि एउटै परिवारका सदस्य वीसौ वर्ष भेटघाट हुन नपाएकोमा र त्यस निम्ति यत्रौ ठूलो समूदाय सडकमा ओर्लन परेकोमा । हर्षविमोर यस मानेमा कि अव कमसेकम त्यसरी बिछोडिएका सजिलै सम्पर्कमा आउन सक्ने भए भन्ने। अर्थात फुटेको घर मिल्ने भयो भनेर ।  Continue reading

आतंकले जन्माएका प्रश्नहरू

– शशी पौडेल
यो लेख मैले डिसम्बरको पहिलो हप्ता २००८ सालमा लेखेको हूँ । यो आतंकको योजनाकार मध्यको एकजना ब्यक्ति अहिले आएर बल्ल पक्राउ परेकाले सान्दर्भिक हुने लागेर यहाँ पुनः प्रकाशित गरेको छु ।

छिमेकी मुलुक भारतको वित्तीय शहर मुम्बईमा गत साता भिषण आतंककारी हमला भएको छ । हमलामा झन्डै दुइसय व्यक्तिहरुको हत्या भएको र ठूलो भौतिक क्षतिसमेत भएको छ । गत हप्ता बुधबार म स“धैजस्तो सा“झको दश बजे टेलिभिजन अगाडि बस“े । समाचार आउदै थियो । ‘मुम्बइको मटुमुा हमला ।’ टेिलभिजनको च्यानल फे र“े । अलजजिराले पनि मम्ुबइर्को समाचार दिइरहेको थियो । अलजजिराले एक सयभन्दा बढी व्यक्तिहरु हताहत भएको समाचार दियो । यो पंक्ति लेख्दासम्म झण्डै दइु सयको हत्या भएको र सयांै घाइते भएको समाचार आएको छ । Continue reading

Key handler of 26/11 Mumbai terror attack is arrested


Jindal, who taught Hindi to Pakistani terrorists, was apprehended by Interpol last week and handed over to Delhi Police

In a major breakthrough in the 26/11 Mumbai terror attack, the Indian intelligence agencies have got the custody of Abu Jindal, one of the main handlers of the 10 terrorists involved in the ghastly terror attack that took place in 2008. Jindal, who was in Saudi Arabia for last few days, was apprehended by the Interpol last week and was handed over to Indian authorities. The 30-year-old hails from Beed district of Maharashtra. Continue reading

प्यालेस्टाइन स्वतन्त्रता संग्राम र हमास

— शशी पौडेल
“हाम्रो प्यालेस्टाइनमा रोमनहरुले राज्य गरे, परसियन अर्थात फारसीहरुले राज्य गरे, इसाइका युद्धनायकहरुले राज्य गरे र बेलायतीहरुले पनि राज्य गरे । ती सबै टिक्न सकेनन् , यस्तैगरी इसरायलीहरु पनि यहाँका हैनन् भने कुराको इतिहाँस र भूगोल साक्षी छ ।” हमास पार्टीको घोषणापत्रबाट ।
यदि उक्त घोषणापत्रलाइ ध्यान दिएर पढने हो भने प्यालेस्टाइन कहाँ पर्छ र कसको हो भन्ने प्रश्नको उत्तर पाउन कठिन पर्ने छैन । हामीले चिन्ने प्यालेस्टाइन पश्चिमी जोर्डन राज्य हो । प्यालेस्टाइन भनेको यती मात्र नभै पौराणिक इजिप्टको इतिहाँस अनुसार मध्य समुन्द्रतटको दक्षिणपूर्बी तटबाट लगभग आजका राज्यहरु इजरायल, पूर्बि जेरुसलम, गाजा क्षेत्र पश्चिम जोर्डन राज्य हुदै आजको जोर्डन पर्दछ । यी राज्यहरु ऐतिहासिक र धार्मिक रुपमा असाध्यै महत्वपूर्ण थिए र अझ सम्म पनि यथावत छन् । यी राज्यहरुमा यहुदी, इस्लाम र इसाइहरुले आ आफना धर्म फैलाएका थिए । Continue reading

ओलम्पिक खेल कहाँबाट कसरी सुरु भयो ?

Greece Olympia

– शशी पौडेल
ओलम्पिक खेल अन्तरराष्ट्रिय स्तरमा आयोजना गरिने बिभिन्न खेलहरुको प्रतियोगिता हो । आधुनिक ओलम्पिक खेलको सुरुवात ग्रिसको आथेनमा सन १८९६मा गरिएको थियो ।
ओलम्पिक खेल प्रतेक चारवर्षमा हुने गर्दछ । यस अघि सन २००८ सालमा चिनको बेजिङ्गमा आयोजना गरिएको थियो । यस वर्ष अर्थात २०१२ सालको ओलम्पिक खेल बेलायतको राजधानी लण्डनमा यही जुलाइ र अगस्तमा हुन गैरहेको छ । Continue reading

पूर्व प्रधान मन्त्री गोर्डोन ब्राउन

Gordon Brown leaving Downing Street

– शशी पौडेल
“विश्वमा दोस्रो महत्वपूर्ण पेशावाट राजिनामा गरेर आज म पती र वावु हुन चाहेको छु । ” उक्त वाक्य वेलायतका पूर्व प्रधानमन्त्री गोर्डन व्राउनले प्रधानमन्त्री पदवाट राजीनामा दिदा जनताको नाममा दिएको सन्देशमा वताएका हुन । व्राउन गत २००७ मा प्रधानमन्त्री वनेका हु्ंन् । वच्चैवाट असाध्य चलाख एवं वुद्धिमानी गोर्डनले स्कूले जीवनमा ठूलो क्षती व्यर्होनु परेको थियो । पन्ध्रवर्षको उमेरमै ए.लेभल सकेर विश्वविद्यालय पुगेका पूर्व प्रधानमन्त्री स्कूले जीवनमा रक्वी खेल्ने गर्दथे । दूर्भाग्यवस रक्वी खेल्दा उनले एउटा आ“खा गुमाउनु परेको थियो । भनिन्छ उनि २००८ सालमा विश्वमा देखा परेको आर्थिक मंदीका वेला प्रधानमन्त्री नभएको भए सायद वेलायत यति छिटो त्यो भड्खालोवाट उठ्न सक्थेन । Continue reading

पू“जीवाद संकटको भूमरीमा फस्ने

Nelson Mandela

शशी पौडेल
दक्षिण अफ्रिकाको जोहानेशवर्गमा डेढ बर्ष अघि सम्पन्न उच्चस्तरिय सम्मेलनले एक महत्वपूर्ण घोषणा–पत्र जारी गरेको थियो । “पू“जीवाद भित्र प्रकृयागत ढंगवाट समस्याहरु उत्पन्न हुदै गइरहेको यस अवस्थामा विश्व वामपंथी आन्दोलन र स्वतन्त्र एंव सार्वभौम राष्ट्रहरुको दायित्व एंव कार्यभार” विषयमा आयोजित सम्मेलनमा नेपालका तर्फवाट नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले एक सहभागी टोलीको नेतृत्व गरेका थिए । Continue reading