विवादित एनएचएस रिर्फम

 – शशि पौडेल

बेलायती वर्तमान सरकारका संशोधन नवीकरण एवं पुनः निर्माण गर्ने कार्यक्रमहरुमध्ये सबैभन्दा विवादित रहेको राष्ट्रिय स्वास्थ्य सेवाको संशोधन गर्ने प्रस्तावमाथि प्रधानमन्त्री डेविड क्यामरुनले अन्ततः टिप्पणी गरेका छन् । हुनत राष्ट्रिय स्वास्थ्य सेवालाई संशोधन गर्नुपर्छ भन्ने प्रस्ताव झण्डै २५ वर्षअघि पूर्व प्रधानमन्त्री मार्गरेट थ्याचरको पालादेखि आएको हो र लेडी थ्याचरले नै यसको प्राइभेटाइजेसन सुरु गरेकी थिइन् । थ्याचरपछिको कन्जरभेटिभ पार्टीको नेतृत्वमा गठित सरकार जोन मेजरको पालामा यसलाई निरन्तरता दिइए पनि थ्याचरको योजनाअनुरुप प्रस्तावित सुधार अगाडि बढ्न सकेन । Continue reading

बर्मामा लोकतान्त्रिक गणतन्त्रका निम्ति आन्दोलन

— शशी पौडेल

लामो संघर्ष पछि वर्माकी नेतृ आङ्ग साङ् सुची अत्यधिक मतले संसदको निर्वाचनमा बिजयी भएकी छन् । यद्यपी उनको पार्टी नेशनल लिग फर डेमोक्रेसी पाटीको संसदमा ठूलो मत हुने छैन किनकि उक्त निर्वाचन एक रिक्तस्थानको निर्वाचन थियो । त्यसैले उनले आफनो बिजय पश्चात आफना समर्थक एवं शुभ चिन्तक समक्ष्य भनिन ‘‘लोकतान्त्रिक गणतन्त्र प्रप्तीका लागि गरिने आन्दोलनको बाटो कठिन र लामो हुने गर्छ’’ Continue reading

६० बर्ष यताको ठूलो खाद्य संकट

शशी पौडेल
अफ्रिकाका विभिन्न मुलुकहरुमा गत केही दिन देखि दर्जनौं वच्चाहरुको भोकमरीबाट मृत्यु भएको समाचार प्रकाशमा आएको छ । संयुक्त राष्ट्र संघका अनुसार अफ्रिकाका विभिन्न शरणार्थी क्याम्पमा खासगरी  बाल मृत्युदर बढेको जनाएको छ । लगभग एघार मिलियन महिला एंव पुरुषहरु अहिले विश्वका विभिन्न शरणार्थी क्याम्पमा पुग्नुपर्ने अवस्थामा रहेका छन् ।
यसरी एकठाउ“बाट अर्को ठाउ“मा शरणार्थी हुनजाने क्रममा समेत लामो पैदल यात्रा गर्नुपर्ने र पैदल यात्रामा खाद्य पदार्थ प्राप्त नहुदा हुने मृत्युमा समेत वृद्धी भएको संयुक्त राष्ट्र संघ मानवअधिकार एंव शरणार्थी शाखाले बताएको छ । Continue reading