मिडियामा महिलाको उपस्थिति

-प्रियंका पाण्डे
आज मिडियाको शक्तिलाई अस्वीकार गर्न मिल्दैन । मिडिया जनभावनालाई व्यक्त गर्ने सशक्त माध्यम हो । साथै मिडियाले वैश्विक दूरीलाई पनि कम गरेको छ । मिडियाको दुबै माध्यम इलेक्ट्रोनिक र प्रिन्टको आफ्नो खास प्रभाव छ । तर, अन्यक्षेत्र जस्तै मिडियामा पनि महिलाकर्मीहरु समक्ष विभिन्न चुनौतीहरू छन् । बिभिन्न चुनौतिका बाबजुद पनि कतिपय मिडियामा खासगरि इलेक्ट्रोनिक मिडियामा महिलाहरू को वर्चस्व बढिरहेको छ । नेपालमा महिला पत्रकार निकै कम छन् । सञ्चारिका नामक महिला पत्रकारको गैरसरकारी संस्थाको तथ्यांकमा करिब दुई सय जना छन् । Continue reading

प्रधानन्यायाधीस प्रस्तावका अन्तरनिहित पक्ष

– ईश्वर पोखरेल
मुलुकमा जारी गत्यावरोधलाई अन्त्य गर्न अथवा विद्यमान राजनीतिक र संवैधानिक संकट समाधान गर्न पछिल्लो पटक बहालवाला प्रधानन्यायाधीसको नेतृत्वमा गैरपार्टी व्यक्तिहरुको संलग्नतामा चुनावी सरकारको प्रस्ताव अगाडि सारिएको छ । यो प्रस्ताव केही दिन अघि हेटौंडामा सम्पन्न एकीकृत नेकपा (माओवादी)को राष्ट्रिय महाधिवेशनले पारित गरेको कुरा महाधिवेशन स्थल – हेटौंडाबाटै औपचारिक रुपमा माघ २५ गते जारी गरिएको माओवादी वक्तव्यमार्फत सार्वजनिक भइनै सकेको छ । Continue reading

प्रचण्डले घनश्याम भुसालको दस्ताबेज चोरेकै हुन्?

हालै हेटौंडामा सम्पन्न एनेकपा माओवादीको महाधिवेशनमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेकेा दस्तावेज एमाले नेता घनश्याम भुषालको दस्तावेजको फोटोकपी भनेर प्रतिनिधिहरूले टिप्पणी गरे। एमालेका युवा नेता घनश्याम भुसालले पार्टीको आठौं महाधिवेशनमा फरकमतको रुपमा प्रस्तुत गरेकेा दस्तावेजलाई एमाओवादीका अध्यक्ष प्रचण्डले आफ्नो बनाएर हालै सम्पन्न सातौं महाधिवेशनकेा दस्तावेजमा पेश गरेको भनी चर्चा भइरहेको सन्दर्भमा अध्ययनका लागि भनि यही हो प्रचण्डले चोरेको एमालेको सम्पती- घनश्याम भुसाल को शिर्षकमा साँघु साप्ताहिकले प्रकाशित गरेको रहेछ Continue reading

एमाओवादीमा वैचारिक परिवर्तन

एकीकृत नेकपा माओवादीको सातांराष्ट्रिय महाधिवेशन हिजोदेखि मकवानपुरको हेटांडामा सुरु भएको छ । एमाओवादीको यस महाधिवेशनको निर्णयले पार्टीको नीति, रणनीति र कार्यनीतिमा मात्र होइन, समग्र मुलुकको राजनीतिमा नै प्रभाव पार्ने भएको हुँदा यसलाई उत्सुकतापूर्वक हेरिएको छ । सशस्त्र युद्धको धङधङ्गीबाट मुक्त भइनसकेका कार्यकर्ता र हतारोमा प्रतिस्पर्धात्मक लोकतान्त्रिक पद्धति अँगाल्न आतुर नेताबीचको फराकिलो खाडल यस महाधिवेशनले पुर्नसक्यो भने त्यो ठूलो उपलब्धि हुनेछ । वैचारिक रूपमा स्पष्ट र लोकतन्त्रप्रति प्रतिबद्ध हुने निर्णयले नै मुलुकको राजनीतिक संकटलाई किनारा लगाउन सक्छ । Continue reading

मानिस मन बचन र कर्मले बिदेशी हुन सक्तैन

—शशी पौडेल
एनआरएन्को नेपाली नागरिकता खारेज गरी पाउं भनि प्रविणता वस्ती पोखरेलले सर्बोच्चमा उजुरी हाले पछि बिश्वभर छरिएर रहेका गैर आबासीय नेपालीहरुको कान ठाडो भएको छ । गैर आबासीय नेपालीहरुको संस्था गैर आबासीय नेपालीसंधको पनि यसप्रति ध्यानाकर्षण भएको बुझिएको छ । स्वभाबिकै पनि हो । मुद्धा नपर्नु थियो परिसके पछि यसको सही समाधानको बाटो खोज्नु पर्दछ । तर एन्आरएन्एले भने लौ अव अहिलेलाइ सुनुवाइ नहुने भयो भनि सुस्ताएको पनि बुझिएको छ ।
एन्आरएन्एले सर्वप्रथम खोज्नु पर्ने कुरा केहो भने, यो मुद्धा कसरी पर्न गयो ? यसको पृष्ठभूमी के हो ? भन्ने अनुसन्धान गरी समाधानको बाटो पैल्याउनु पर्ने हो । किन भने यो मुद्धा बिशुद्ध कानूनी मात्र नभएर राजनैतिक मुद्धा हो । राजनैतिक मुद्धामा सर्बोच्चले कुनै आदेश दिदा वा फैसला सुनाउदा मुलुकको राजनैतिक परिस्थितीलाइ समेत ध्यान दिइ निर्णय गर्नु पर्ने हुन्छ । अहिले हाम्रो मुलुकमा सम्बिधान छैन । मुलुक अनिर्णयको बन्दी बनिरहेको अबस्था छ । नयाँ बन्ने सम्बिधानमा गैर आबासीय नेपालीहरुको नागरिकताको सवाल देखि अन्य बिभिन्न अधिकारबारे उल्लेख गरिनु पर्दछ भन्ने माग समेत सम्बन्धित निकायमा पुगिसकेको छ र यस कुरा प्रति सर्बोच्च पनि अनबिज्ञ छैन । Continue reading

चलना हमारा काम है ।

रन्जना पौडेल लामिछाने

इस विशद विश्व-प्रहार में
किसको नहीं बहना पडा
सुख-दुख हमारी ही तरह,
किसको नहीं सहना पडा
फिर व्यर्थ क्यों कहता फिरूँ,
मुझ पर विधाता वाम है,
चलना हमारा काम है ।

मैं पूर्णता की खोज में
दर-दर भटकता ही रहा Continue reading

दैनिक निर्णय र गोबिन्द बर्तमान

शशी पौडेल

गोबिन्द वर्तमानको मृत्युको खबरले म स्तव्ध भएं । एक होनहार साहित्यकार कबि भाबुक एवं नरम स्वभावका हुदा हुदै पनि राजनैतिक बिचार भने उनको स्पात जस्तै बलियो थियो । उनी आफुलाइ मन नपरेका ब्यक्तिहरुसंग ठोक्किन मन पराउन्नथे । उनिसंग मेरो २०३९ सालमा पहिलो पटक भेट भएको हो । यो भेटले २०४५ साल सम्म निरन्तरता पायो । एक आपसमा राजनैतिक छलफल गर्ने एक प्रकारको थलो बनाएका थियौं भैरहवामा । उनको र मेरो बीचमा चुरोट पिउने कुरा देखि राजनैतिक बिचार सम्म मत भिन्नता थिए । तर पनि हामी दुइबीच भिन्न चरित्र, भिन्न राजनैतिक बिचार, भिन्न सोचाइ राख्ने भिन्न्ताकै बीचमा मित्रता गासिएको थियो । Continue reading

दसैं बहिस्कार गर्नेहरुलाई

किशोर चाम्लिंग राई

दशैंलाई घोषितरुपमै बहिस्कार गर्नुपर्छ भन्ने अभियान ०४६ पछि गोरेबहादुर खपाङ्गीलगायतका केही जनजातिले चलाए । अहिलेसम्म पनि कतिपय मंगोलहरु दशैं बहिस्कार गर्नुपर्छ भन्ने पक्षमा लागिरहेकै छन् । अधिकांश नेपाली क्रिश्चियनहरु दशैंप्रति असाध्यै अरुची व्यक्त गर्छन् । यता राज्यलेचाँहि संविधानमा धर्मनिरपेक्षता घोषणा गरिसक्दा पनि वर्षैपिच्छे राज्यकोषबाट कर्मचारी, प्रहरी र सैनिकलाई दशैं पेश्की बाँड्न छाडेको छैन । ०६४ पछि राज्यले दशैं पेश्की खारेज गर्नुको साटो निजामति सेवा ऐन संशोधन गरेर सबैलाई ‘चाडपर्व खर्च’ बाँड्ने धर्मसापेक्ष कानून बनाएको छ । Continue reading

के हुँदैनर हामी पनि गरौन !

विश्वकै सवैभन्दा ठूलो गाई फार्म साउदी अरबको अलमराई । जहाँ १ लाख ७५ हजार गाई छन् र हामी पुगेको समयमा ७५ हजार गाईले दिनमा चार पटक गरेर प्रत्येकले १ दिनमा ४० लिटर दुध दिंदै थिए । यो फार्ममा २५ हजार मानिसले काम गर्दछन् र ती मध्ये करिब ५ हजार नेपाली कामदार छन् । अमेरीका, ब्राजिल, न्यूजिल्याण्ड लगायतका देशबाट घास ल्याएर गाईलाई ख्वाइँदोरहेछ । यो मरुभूमिमा संभव भएको छ । गर्दा के हुँदैनर हामी पनि गरौन ? -योगेस भट्टराई Continue reading

टंकको सम्झनामा

“टंक तिमी मृदुभाषी थियौ । मिलनसार थियौ । तिमीले हामीसंग काम गर्ने क्रममा कहिल्यै कसैका बिरुद्ध लागेनौ । यी सबै भन्दा पनि माथी उठेर तिम्रो गुण हरेक सहकर्मीलाइ “टेक केयर, लुक आफ्टर योर सेल्फ” भनेर बिदा हुने गर्दथ्यौ । तिम्रा ती शब्दहरुले हामीलाइ काम गर्न र ब्यक्तिगत रुपमा आफ्नो ख्याल गर्नका निम्ति उर्जा जागेर आउथ्यो । आज तिमी हामी माझ छैनौ तर तिम्रो मिलनसारिता र सकारात्मक सोचाइ सदाका लागि अबिस्मरणीय रही रहने छन् ।”
उक्त कुरा फ्रिम्लिपार्क अस्पतालकी सल्यक्रिया नर्सिङ्ग बिभागीय प्रमुख एमाले टंक सुबेदी प्रति अन्तिम श्रद्धान्जली दिदै भनेकी हुन् । यसो भनीरहदा उनी डाको छोडेरै रोइन् । उनि मात्र रोइनन् उनले हलमा टंक सुबेदी प्रति श्रद्धान्जली अर्पण गर्न आएका सबैलाइ भाव बिह्वल बनाइन् भने थुप्रैलाइ रुवाइन् । मेरो बगलमा बसेका यज्ञ क्षेत्री पनि डाकै छोडेर रोए । मैले आफुलाइ पनि थाम्न सकिन र आँखा चिम्म गरेर दुबै हातले अनुहार छोपें । तर अनुहार अरुका अगाडि छोपे पनि भित्री मन रोएकै थियो । आँसु थाम्न सकिन । मुटुमा भक्कानो छुटेर आयो । Continue reading