– शशी पौडेल
लेबर पार्टीको महाअधिवेशनबाट पार्टी नेताको पदमा विजयी भएकोमा बधाई ।
पार्टी नेताको उम्मेदवारको रुपमा प्रचारप्रसार क्रममा तिमीले आफुलाई परिवर्तनको उम्मेद्वार भनेर घोषणा ग¥यौं । तिमीले नया“ लेबर पार्टी अब नया“ पुस्ताले जिम्मा लिइएको छ भन्यौं । त्यतीबेला लाग्यो, कुरा ठिकै ग¥यौं होला परिवर्तन हुन्छकी भन्ने आशा हर बेलायतीले गरेका थिए, तर यी सबै कुरा विश्वास गर्न निर्वाचन प्रचार गर्ने क्रममा भाषण गरेर मात्रै पुग्दैन । सत्य कुरा के हो भने टोनी बेल्यरको पालादेखि पार्टी प“ुजीवादतिर लम्केको हो । पार्टी पुनः समाजवादी प्रजातन्त्र तर्फ फर्किन हचुवा भाषणले मात्र प्रयाप्त छैन । तिमीले आफ्नो प्रतिवद्धता भाषणमा पनि प्रयाप्त विश्वास दिलाउन सकेनौं कि भन्ने मेरो विश्वास रहेको छ । निर्वाचन प्रचार क्रममा तिमीहरु दुई भाई, दुई ध्रुव भएर सिंग जुधाएको देखे पछि मलाई लेबर पार्टी भित्र गहिरिन मन लाग्यो । खोज्दै जाने क्रममा तिमीहरुको पार्टी १९१८ मा प्रतिपादित घोषणा पत्र हातमा प¥यो । सिडनी वेबले प्रस्तुत गरेको र लेबर पार्टीले १९१८ मा स्वीकार गरेको घोषणा पत्रको चौथो बु“दामा लेबर पार्टीको मुल उद्देश्य यसरी प्रस्तुत गरिएको रहेछ । Continue reading
Like us on Facebook
Categories लेख तथा समाचार
Monthly Magazine मासिक-पत्रीका
Coming Soon..................