आतंक: अनुत्तरित प्रश्न !

-शशी पौडेल,
संयुक्त राज्य अमेरिकाले वार अन टेरोर भनेर खाडी क्षेत्रमा युद्ध थाले यता साना वा ठुला आतंककारी हमला बिश्वका कुना कुनामा हुदै आइरहेका छन् । कहिले फ्रान्समा कहिले बेलायतमा, कहिले जर्मनीमा, कहिले बेलजियममा, कहिले अमेरिकामा कहिले कहाँ ? कही अंदा धुन्ध गाडी चलाएर त कहाँ अन्दा धुन्ध सामान ओसार पसार गर्ने ठुला गाडी मान्छेको भीड लागेको ठाँउमा गुडाएर, कही पेश्तोल ताकेर आदी आदी ।
Continue reading

प्रसंग पत्रकारमाथि प्रहारः विश्वको एक दृश्टान्त

शशी पौडेल
उत्तरी हाम्बर्गमा एउटा बाह्रतले घर छ । त्यो घरको पाँचौं तल्लामा नर्द डचे रुण्डफुंक (उत्तर जर्मनी टेलिभिजन) को कार्यालय छ । पाँचौं तलामा पुगेपछि लिफ्टले एउटा अटोमेटिक आवाज दिन्छ  “यहाँबाट तपाइको स्वतन्त्रता छ” । लिफ्टबाट बाहिर निस्कनासाथ भित्त्तामा टाँसिएको एउटा ब्यानर देखिन्छ, त्यो ब्यानरमा लेखिएको छ “नराम्रा विषयवस्तुबाट नतर्साउनुस्” । Continue reading

“खित्खिते” र “सोधपुछे”बीच चित्त फाटेपछि

Dipak-raj-and-bijaya-kumar-pandey-शशी पौडेल
अहिले नेपालमा आफुलाइ केही हजार मान्छेले चिने भन्ने लागेपछि एउटा पुस्तक लेखेर चर्चित हुन र प्रसंशा बटुल्न चाहनेहरुको घुइचो लागेको छ । कतिले आफैले लेखेर र कतिले भाडामा आत्मरती लेखाएर यसो गरिरहेका छन् । चारबर्ष अघि बिबेक शाहले “मैले देखेको दरवार” लेखेर खुव प्रसंशा बटुल्न चाहे । त्यसपछि पूर्ब प्रधान सेनापति रुकमागत कटुवालले भाडामा लेखाएर, अनि अहिले “सोधपुछे” पत्रकार बिजय कुमारले “खुसी” शिर्षकमा एउटा पुस्तक लेखेर अरुबाट निकै प्रसंशा बटुल्न चाहेका थिए तर यो पुस्तक प्रकाशन गरे पछि उनले नेपाली जनताबाट अहिलेसम्म पाएको इज्जतमा उल्टै दाग लाग्न थालेको छ । Continue reading

एनआरएनएको अर्को कुम्भ मेला

NRN Logo-रोशन राइ
गत हप्ता जापानमा एनआरएनएको आठौं क्षेत्रीय भेला सम्पन्न भएको छ । त्यहाँ आउने जमात करिब २ सयको हाराहारीमा थियो । सहभागि व्यक्तिहरुकोबीचमा आफूले बोकी ल्याएको हरियो नेपाली पासपोर्टलाई जापानी अध्यागमन विभागको कठोर निगरानीप्रति उदेकलाग्दो चर्चा भएको थियो । कार्यक्रमको सञ्चालनदेखि अन्तिमसम्म लाग्दथ्यो कि एनआरएनए जापानको कार्यसमितिको औचित्य र उनीहरुको क्षमतालाई  केन्द्रले चुनौती दिँदै सायद असक्षमताका कारणले होला– न त त्यहाँका महासचिव न त त्यहाँको अध्यक्षको कुनै भूमिका रह्यो । Continue reading

सूर्यबहादुर थापाले फेरी बेइमानी बोले

Surya Bahadur Thapa-शशी पौडेल
हुनत नेपालका नेताहरुले इमान्दारितापूर्वक बोल्लान वा उनीहरुले इमान्दारितापूर्वक काम गर्लान् भनेर कल्पना सम्म गर्नु पनि मृगतृष्णा जस्तै हो । तर पनि अहिले ठुलो शक्तिमा नभएका र जीबनको उत्तरार्धमा पुगिसकेकाले कमसेकम सूर्यबहादुर थापाले देश र जनताकालागि हित हुने काम गर्लान् कि भन्ने आशा भने नमर्दो रहेछ त्यसैले कतै कसैमाथी अन्याय नगरिकन बोल्छन् कि भन्ने आशा गर्नु पनि अस्वभाबिक होइन । अव त बुढो भइयो देश र जनता प्रति इमान्दार भएर बोल्छु भन्ने सोंच्छन् कि भन्ने मैले आशा गरेको थिंए । तर म जस्ता थुप्रै नेपालीहरु गलत रहेछौं । Continue reading

Criminalisation of Politics ! Bribery and crime defaming Nepal

Chiranjibi Paudyal-by Chiranjibi Paudyal

How can Nepal improve when politicians advocate for criminals and local administration staff demand bribe openly? Though the people voted sensibly objecting the extremist views of Maoists and their associates during the election, there is frustration among the masses as the politics has been criminalised. The speeches made by some UML MPs after the killing of gang leader known as ‘Chari’ indicates how Nepali politics has close links with criminal gangs. UML leader Rajendra Pandey and his friends obstructed the proceedings of the parliament for some hours in protest of the killing of the criminal gang leader ‘Chari’ who is also a UML leader in Dhading district. Continue reading

“पाडो लाटो भएकाले दुध खान्छ काग बाठो ……”

तस्वीर दैनिक नेपालबाट

तस्वीर दैनिक नेपालबाट

नेपालीमा एउटा उखान छ “पाडो लाटो भएकाले दुध खान्छ तर काग बाठो भएकाले आची  खान्छ ।” हो यस्तै भएको छ नेपालमा अहिले । आफुलाइ निकै बाठी भन्ने प्रहरीको भिडन्तमा मारिएका गुण्डा चरीको प्रेमिका खुश्बु ओलीको अवस्था । चरी मारिएपछि मेडियामा आएर निकै चर्चित हुन पुगेकी खुस्बुले अन्ततः चरीको मुत्युमा प्रत्यक्ष वा अप्रत्यक्ष आफ्नो सहभागिता रहेको स्वीकार गरेकी छन् । तर पनि प्रहरी खुश्बुलाइ पक्रिने तर्फ लागेको छैन । यद्यपी खुश्बुलाइ प्रहरीले धेरै पहिलेनै पक्राउ गरी जेल हालीसक्नु पथ्र्यो । Continue reading

बौद्धिक दरिद्रताको पराकाष्ट

C.P. Mainaliअनलाइन खबरमा तलको समाचार पढेपछि नेपालका नेताहरुको बौद्धिक दरिद्रता प्रति दया लागेर आयो ।
संवैधानिक तथा राजनीतिक सम्वाद समितिमा नेकपा  मालेका महासचिव सीपी मैनालीले प्रदेशहरुलाई गाईभैंसीलाई जस्तै किलोमा बाँध्नुपर्छ भनेपछि हंगामा भएको छ ।
समितिको मंगलबार बसेको बैठकमा अब बन्ने प्रदेशहरुमा गभर्नर राख्ने कि नराख्ने भन्ने विषयमा छलफल भएको थियो ।
समिति सदस्य मैनालीले तराईमा भैंसीलाई चराउन लैजाँदा ५०र६० मिटरभन्दा लामो पघाहा लगाउने (बाँध्ने) गरेजस्तै प्रदेशलाई पनि केन्द्रको किलोमा बाँध्नुपर्ने बताएका थिए । ‘केन्द्र भनेको किलो हो र प्रदेशहरु भनेको पघाहामा बाँधिएको बस्तु जस्तै हो’ मैनालीले भने । Continue reading

नेपालीलाइ प्रचण्ड गुटको धम्की

Prachanda-and-Baburam2एमाओबादीका एक नेताले मुलुकलाइ निकै धम्कीपूर्ण भाषामा एउटा लेख लेखेर अनलाइन खबरमा प्रकाशित गराए । हरेक दशबर्षमा नेपालमा आन्दोलन हुने गरेको र ६२/ ६३ पछि अव दश बर्ष हुन लागेको र प्रचण्डको नेतृत्वमा आन्दोलन हुने धम्की दिएका छन् । उनले आफ्नो लेखमा डा. बाबुराम भट्टराइसंगको गुटगत झगडालाइ निहुं बनाएर समग्र नेपाल र नेपालीलाइ फेरी आन्दोलन गरेर मुलुकमा फेरी अशान्ती ल्याउने धम्की दिए । Continue reading

अझै पैसाले पुगेन कामरेड तिमीलाइ ?

Bamdev Gautam“खाने मुखलाइ जुँगाले छेक्दैन” भन्ने एउटा प्रचलित उखान छ । यो उखान अहिले बामदेव कामरेडलाइ फलिफाप भएको छ । धन्य हाम्रा कामरेड ? कामरेड बामदेवले शुशिल कोइरालाको नेतृत्वमा बन्ने सरकारको उप प्रधान मन्त्री र गृहमन्त्री बन्ने जबरजस्ती रहर त्यसै गरेका रहेनछन् भन्ने उनका बिभिन्न बिबादास्पद निर्णयले प्रमाणित गरेको छ ।
शुशिल कोइराला नामनै शुशिल र काम पनि शुशिल, लोभ लालचा नभएको जोगी । संसारको सबभन्दा गरीव सरकार प्रमुख । यस्ता सरकार प्रमुखका दोस्रा ब्यक्ति अव बिस्तारै धनी मात्र होइन महाधनी बन्ने तरखरमा छन् । Continue reading