गेँडी

 
अ.ने.सा.स.को मोहले आफुलाई पनि केही हदसम्म तानेको थियो र परदेशको ब्यस्ततामा पनि यस्को सेवामा लाग्ने अभिप्रायले आजीवन सदस्य बनियो र लेखनमा अझ लागि परियो तर अब अ.ने.सा.स.ले त टुहुरा नै पार्ला जस्तो छाँट छ त ! त्यही पिरमा केही गेँडीको श्रीजना गरेँ । मैले भावनामा उतारे जस्तै अ.ने.सा.स पक्कै नबन्ने आशाको साथमा । यहाँहरु के भन्नु हुन्छ ? मैले जतिपनी रचेका अनेसासप्रतिका भावनामा एकतर्फिलाई मात्र दोष लगाउँने मनशाय भने पक्कै होईन,बस श्रीजना मार्फत झक्झकाउँने अभीष्ट मात्र हो । म पनि यही दुईभित्र अवश्य पर्न सक्छु ।

– Prabha Acharya

 गेँडी
अ.ने.सा.स अब चैं टुक्रिएला जस्तो छ
साहित्यको चाल् पनि हेर अब यस्तो छ
आयो कुदिन,
जाने भयो अब सुदिन ………../
 
साहित्यको भण्डार सबैले नै भर्नुछ
अमर् कृति छाडेर लेखकले मर्नुछ
हल्ला नगर,
झगडाको बिउ नछर ………./ Continue reading

Book review “Tyo Nepal”

– Shashi Poudel

NEPALI NON-FICTION in Nepal has not yet achieved a critical mass, but few books by journalists have won  accolades both in the country and outside. In recent times, Manjushree Thapa and a few others have done well. Now another work of non-fiction — Tyo Nepal (That Nepal) by Nepali journalist Dadi Sapkota  appears very refreshing. It is yet to be translated into English.

‘Tyo Nepal’ is an original work completely woven around the realities of those French citizens, who have lived and worked in Nepal over the last two to three decades. The book is based on interviews of twenty nine French people. Continue reading

गजल: अब सम्झौताको आग्रह

 आचार्य प्रभा 

सबै अँट्ने अ.ने.सा.स.सङ्लो थलो पारे हुन्छ
स्वार्थ पाल्ने लेखकलाई लेखनबाटै झारे हुन्छ ।

लेखक त सरस्वतीको शिष्यरूप मानिन्छन्
सरस्वतीले त्यो भक्तलाइे साहित्यमै खारे हुन्छ । Continue reading

एभी सिष्टमका लागि भएको जनमत संग्रह

– शशी पौडेल
५ मे २०११ बिहीवारका दिन स्थानिय काउन्सीलरहरुको निर्वाचनका साथ साथै निर्वाचन प्रणाली सुधार गर्ने भन्नेबारे जनमत संग्रह पनि भएको थियो । जनमत संग्रहका लागि प्रश्न –अहिले सम्म हुदै आएको फस्ट पास्ट द पोष्ट सिस्टम अन्र्तगतको निर्वाचन प्रणाली कायम राख्ने वा अल्टरनेटिभ भोट सिष्टम लागू गर्ने भन्ने  थियो । Continue reading

के अव स्वास्थ्य सेवा किन्नु पर्ने हो ?

– शशि पौडेल

“सरकारले स्वास्थ्य सेवामा खेलवाड गरेको छ ।” उक्त कुरा स्वास्थ्य सेवा सम्वन्धी थिङ्क ट्याङ्क लान्सेटले गत  सोमवार सार्वजनिक गरेको हो । आफ्नो अनुसन्धान रिपोर्ट सार्वजनिक गर्दै लण्डन स्कूल अफ हाइजिन एण्ड ट्रोपिकल मेडिसिन (लान्सेट)का प्रोफेसर निक ल्वाकले जनताले जति कर तिर्दछन् त्यति राष्ट्रिय स्वास्थ्य सेवामार्फत सेवा प्राप्त नगरेको दावी गरेका छन् । Continue reading

पूर्व प्रधान मन्त्री गोर्डोन ब्राउन

Gordon Brown leaving Downing Street

– शशी पौडेल
“विश्वमा दोस्रो महत्वपूर्ण पेशावाट राजिनामा गरेर आज म पती र वावु हुन चाहेको छु । ” उक्त वाक्य वेलायतका पूर्व प्रधानमन्त्री गोर्डन व्राउनले प्रधानमन्त्री पदवाट राजीनामा दिदा जनताको नाममा दिएको सन्देशमा वताएका हुन । व्राउन गत २००७ मा प्रधानमन्त्री वनेका हु्ंन् । वच्चैवाट असाध्य चलाख एवं वुद्धिमानी गोर्डनले स्कूले जीवनमा ठूलो क्षती व्यर्होनु परेको थियो । पन्ध्रवर्षको उमेरमै ए.लेभल सकेर विश्वविद्यालय पुगेका पूर्व प्रधानमन्त्री स्कूले जीवनमा रक्वी खेल्ने गर्दथे । दूर्भाग्यवस रक्वी खेल्दा उनले एउटा आ“खा गुमाउनु परेको थियो । भनिन्छ उनि २००८ सालमा विश्वमा देखा परेको आर्थिक मंदीका वेला प्रधानमन्त्री नभएको भए सायद वेलायत यति छिटो त्यो भड्खालोवाट उठ्न सक्थेन । Continue reading

बारोनेश वार्सी र बासबसेको भाडा

—शशी पौडेल
कन्जरभेटिभ पार्टीकी सहअध्यक्ष भ्रष्टाचारमा मुछिएकी छिन् । २००९ सालमा दैनिक टेलिग्राफले पार्टी नेताहरू एवं. सांसद सदस्यहरूले संसदको आर्थिक नियमावलीको गलत व्याख्या गरी खर्च असुल्ने गरेको कुरा प्रकाशमा ल्याएपछि दर्जनौं सांसद अनियमित ढंगले सरकारबाट रकम लिने गरेको आरोपमा मुछिएका थिए । तीमध्ये कतिपय लेबर पार्टीका थिए भने धेरैजसो कन्जरभेटिभ पार्टीका र लिबडेमका सदस्यहरूको पनि यसमा नाम आएको थियो ।
उक्त ‘वैध’ भ्रष्टाचारको अनुसन्धानका लागि गठित आयोगले आफ्नो काम अघि बढाउने क्रममा अहिले वारोनशा वार्सी तानिएकी छन् । वारोनश वार्सीले लण्डनमा बस्दा भाडा तिरेर बसेको भन्दै एक रातको १६५.५० पौण्डका दरले रकम असुल गर्दै आएकी रहिछन् । एक सुत्रका अनुसार उनले कुनै भाडा तिरेर बसेको नभई एक पाकिस्तानी मूलका धनाढ्य तथा टोरी पार्टीको सहयोगी नवीड खाँकहाँ बस्ने गरेकी रहिछन् । र उनले त्यहाँ रात बसेवापत रकम नतिरेको खुलासा भएको छ । तर, खाँ स्वयंले वार्सीलाई खर्च असुल गर्न सघाएको कुरा पनि प्रकाशमा आएको छ । Continue reading