गजल

Deep Andeheriभोट दिनुस्, बदलामा, नोट दिन्छु, भन्दै थिएँ नेता
मलाई भने, यस्तो लायो, चोट दिन्छु, भन्दै थिएँ नेता

बजाङको, चयनपुर, सुकुम्बासी, बादी गाउँ पुग्दै
सबैलाई म, जग्गा घर, गोठ दिन्छु, भन्दै थिएँ नेता

चुनावको, बेला नेता, झुठो आशा, देखाएर हेर्नुस्
सुन जन्ता, बत्ती पानी, रोड दिन्छु, भन्दै थिएँ नेता Continue reading

………..Daddie………

Kalpana Shrestha

-By Kalpana Shrestha

so hard to get up ,even only once I fall…
so hard to pull up, after such a long haul !
Before was so easy Daddie, coz you picked me up…
but now its so dizzy, even if all buck me up!

Daddie …
still remember the way you trained me
saying-‘Do this and do that my baby!’
and also remember the way I muttered and uttered
saying-‘No! Daddie.. No! Daddie..this is crazy !’ Continue reading

सरकारी हाकीम

— आनन्दराम पौडेल

खुट्टा छन् गति छैन
हात छन् कर्म छैन
आँखा छन् दृष्टि छैन
विवेक त झन् छँदैछैन
न त्यहाँ जीवन छ
उत्साह, सम्बेदना, जोश र जाँगर
सबै मरिसकेको छ
उसँग आकार नमिलेको
धमिलो अतीत छ
वर्तमान स्थीर छ
भविष्य शून्य छ Continue reading

चक्रबहादुर

-दिल साहनी

हाम्रा मित्र राष्ट्रहरुका मित्रहरु
चक्रबहादुरले तपाइंको मुलुकमा आक्रमण गर्दा
हामीले आक्रमण गरेको नठान्नु होला कृपया
चक्रबहादुरले तपाइंको मुलुकमा मान्छे मार्दा
हामीले मारेको नठान्नु होला कृपया
हामी त बुद्धका चेला हौं
हामी त शान्तिका पुजारी हौं
हामी कहिले हतियार उठाउँदैनौ
हामी कहिले युद्धको मैदानमा हाम्फाल्दैनौं
नेपालमा जन्मेर के हुन्छ ? Continue reading

हिमाल पहाड र तराई नै नेपालका तीन आधार स्तम्भ हून……..

–पासागं सेर्पा
एउटा बाहुनको छोरो दुख गर्छ
मिहेनत गर्छ
टुप्पी कसेर पढ्छ
अनि
लोक सेवा आयोग पास गरेर
प्रशानिक नेतृत्वमा पुग्छ……
अब उनले देश हाक्यो भनेर रिस गरेर हुन्छ……?
नेवार समुदायको शाक्यहरु सुन चादी व्यापार गर्छ …..
करोडौ कमाऊछ ……
अब उसको सम्पति माग्न जाने त…..? Continue reading

मन थिएन“भोगी” बन्नलाई

– नारद पण्डित

मन थिएन भोगी बन्नलाई

कल गरेर दलहरुले सरकारै बुझाई दे

मन थिएन भोगी बन्नलाई…

संविधानै विगारेर न्यायालय पोइल गो Continue reading

अती भयो लुट पाट आमा नेपालको


अर्थ मन्त्री छदा राम्रा थिए हो रे यिनी ।
प्रधानमन्त्री भएपसी गय गुज्रे यिनी ।
भारतको रबरस्ट्याम्प खोज्न अन्त नजौं
बालुवाटार गए हुन्छ लाजिम्पाट नजाउ । Continue reading

एउटा कथा

नयाँ वर्ष शुरुभाको आज रमाइलो दिन्
एउटा कथा सुनाएर हसाउँछु एक छिन्
हामि सानै हुँदाखेर मामा घरको कुरा
साथि जस्तै भाई थिए हामि थियौं सुरा !

सारी हैन पेन्टलाई उठ नारी भन्दै
अन्यायको बिरोधमा शंखनाद गर्दै
अघिबढ पुरुष जस्तै साहसी हुनलाई
मान्छे भई मान्छे जस्तो जिन्दगि ज्युनलाई ! Continue reading

माधवी हाडेओखरजस्तो

मदनमणि दीक्षित

मैले कम्युनिस्ट नभए पनि सन् १९४२ देखि नै मूर्तिपूजा गर्न छाडेको थिएँ । मेरा भाइ महेशमणिचाहिँ पहिला नै कम्युनिस्ट थिए । २००७ सालको पुसमा एकदिन उनलाई अस्पतालमा कुर्नुपर्दा राति उनीसँग तीनवटा किताब मागेर पढेँ र त्यसको भोलिपल्ट नै म कम्युनिस्ट भएँ । पछि म सक्रिय माक्र्सवादी भएपछि बिपी कोइरालाले नेपाली कांग्रेसमा बोलाउनुभयो । म नगएपछि मेरो ठाउँमा उहाँले तुलसी गिरीलाई राख्नुभयो ।
लामो समय लागेपछि ०४२ सालतिर मैले कम्युनिस्ट पार्टी छाडेँ । त्यो बेला हालका एकजना ठूला कम्युनिस्ट नेताको घरमा गएको थिएँ । त्यसबेला उनले छोराले लेखेको चिठी पढेर अनेकौँ दु:ख र गुनासो लेखिएको सुनाए । अर्का हालका माओवादी नेता हामीलाई भेट्न आउन लाग्दा उसलाई अर्को कोठाबाटै फर्काउँछु है भन्दै चिठी त्यहीँ छाडेर घरवाला नेता अर्को कोठामा गए । मैले अर्काको चिठी त्यसरी हेर्ने गरेको त थिइनँ तर त्यसदिन त्यो चिठी पढ्न मन लाग्यो । त्यहाँ त्यस्तो दुखको कुरा एक शब्द पनि लेखिएको थिएन । यो बनावटी कुराले मलाई निकै दु:ख लाग्यो । ती नेतालाई मैले नै कम्युनिस्ट बनाएर सकेसम्म माथि उठाएको थिएँ । यो घटनापछि म कम्युनिस्ट रहन सकिनँ । Continue reading

महिला अधिकार ,कानुन र धर्म

– कृष्ण प्रसाद शर्मा, लण्डन

जन्मको सृष्टि गर्ने उनै ,तथ्य सामु हुदा पनि,
समाज अझै मौन यहाँ , छातीपिटी रुदा पनि ११

युगले चक्कर काटेर,सम्म कलि आए पनि ,
दमन,शोषण उस्तै रयो ,गीत जति गए पनि ११

धर्म र कर्मका नाममा , ग्रन्थ जति भरे पनि,
जाँचका नाममा य ती हा ,परिक्षा अग्नि गरे पनि ११ Continue reading