बुबा प्रधानमन्त्री हुँदा म पक्राउ

BP Koiralaकमल कोइराला

निर्मल लामाका कारण पनि विसं २०११ मा मेरो जीवनमा एउटा ठूलो मोड आयो। त्यस समय त्रिचन्द्र कलेजमा आईएमा पढ्दै थिएँ। मेरो कक्षामा पढ्ने मकबुल शाहलाई सुरक्षा कानुनअन्तर्र्गत पक्राउ गरी नख्खु जेलमा राखिएको थियो। मकबुलको घर किलागलमा थियो, जहाँ कहिलेकाहीँ जान्थें। मकबुल नख्खु जेलमा थिए। सबैले परीक्षा फाराम भरेका थिए। तर, मकबुलको फाराम भरिएको थिएन। उनको घरमा गएर सोध्दा आमाले भन्नुभयो– ‘अलिकति पैसा कम हुन्छ।मैले भनें– ‘ थपिदिन्छु।त्यसबेला त्रिचन्द्र कलेजको पटना युनिभर्सिटीसँग सम्बन्धन थियो। फारामहरू चाँडै पठाउनुपर्थ्याे। अर्को दिन मकबुलको फाराम लिन उनको घर गएँ। मेरो साथमा कलैयातिरका मेरै कक्षामा पढ्ने केशव भन्ने एकजना साथी पनि थिए। Continue reading

उदारबादीहरुको अबशान हुदै

John Stuward Millकहिले सासुको पालो त कहिले बुहारीको पालो, यो नितान्त अनुभवले खारिएको नेपाली उखान मानव जीबनको हरेक क्षेत्रमा लागु हुने रहेछ । चाहे घर परिवारमा होस् चाहे मानव समाजका दैनिक जीवनमा होस्, चाहे समग्र राजनितीमा होस् । हो त्यही उखान चरितार्थ भएको छ हिजो समपन्न जर्मनीको संसदको निर्वाचनमा ।
१९४९ अर्थात दोस्रो बिश्व युद्धको अन्त्य पछि हरेक निर्वाचनमा कमसेकम ५ प्रतिशत र बढीमा २० प्रतिशत सम्म मत ल्याइ संसदमा पस्न र अन्य ठुला पार्टीहरुलाइ सरकार बनाउन भाइको भुमिका खेल्दै आएको लिबरल डेमोक्रेटिक सिद्धान्त बोकेको फ्राइय डेमोक्रेटिक पार्टी गत आइतबारको निर्वाचनमा संसद भित्र पस्न सफल भएन । Continue reading

३३ वर्षपछि पनि अनुमोदन

Robert Mugabeविष्णु रिजालBishnu Rijal

‘जमिन हाम्रो हो। यो युरोपेलीहरूको होइन र हामीले यो लिएका छौं। हामीले अधिकार भएका मानिसहरूलाई दिएका छौं। ती गोराहरू जो देशभित्र बस्न चाहन्छन् र खेती गर्न चाहन्छन्, तिनलाई स्वागत छ। तर, तिनीहरूले समानतामा आधारित भएर त्यो काम गर्नुपर्छ।’ Continue reading

के सिरियामा युद्ध हुनेनै हो ?

Syria warअहिले फेरी अमेरिका सिरिया बिरुद्ध युद्धको तयारीमा लागेको छ । युद्धको अन्त भनेको आखिर कसैको जीत होइन । बेलायती संसदको बहुमतले भने युद्ध नगर्ने निर्णय गर्यो । संसदको यो मत प्रधानमन्त्री डेबिड क्यामरोनका लागि भने चित्तबुझ्दो रहेन । उनको चित्त बुझोस् वा नबुझोस् प्रजातान्त्रिक मुलुकहरुमा बहुमतको निर्णय पालना गर्नै पर्छ । झण्डै डेड दशक अघि इराक र अफगानिस्थानको प्रश्नमा  बेलायती संसदले यसपाली जस्तै  प्रश्ट मत दिन नसक्दा ठुलो धन जनको क्ष्यति भयो । थुप्रै बेलायती आमाहरुको काख रित्तियो । यद्यपी बेलायती जनता अफगानिस्तान र इराक युद्धको विपक्षमा थिए । तर अन्तर्राष्ट्रिय चाहना भने बा“डिएको थियो । केहिको बेलायतले अमेरिकालाई सघाउनै पर्छ भन्ने धारण थियो भने केहिको धारणा इराक एवं अफ्गानिस्तान दुवै स्वतन्त्र एवम् स्वाभिमानी राष्ट्र« हुन्त्यहाँ कसलौई पनि दखलअन्दाज गर्ने अधिकार छैन भन्ने थियो । तेश्रो पक्ष चाही“ स्वाभिमान र स्वतन्त्र राष्ट्र भन्दैमा अन्य मुलुकमा आतंक मच्चाउन पाइदैन, त्यसैले पश्चिमेली राष्ट्रहरु एक हुनुपर्छ भन्ने थियो । Continue reading

खोलो तरेपछि बिर्सेको लौरो

40340_129510857095131_2884202_nआनन्दराम पौडेल \ anandarampaudel@yahoo.com

पत्रकारिताको पेशा अँगालेपछि दशतिर दौडनुपर्छ, यताउती चाहार्नुपर्छ अनि पो समाचार बटुलिन्छ भन्थे साथिहरु। तर, कोट्याउनुपर्छ, खोतल्नुपर्छ र उत्खनन गर्नुपर्छ, आफ्नै वरिपरीपनि गतिला समाचार पाइन्छन् भन्ने विश्वासलाइ कुमारले सधैं साँचेर राख्यो। २०७० असार महिनाको एकदिन पुस्तकालयमा पुराना पत्रिका पल्टाउँदै थियो, पुराना कामरेड देवीप्रसाद रेग्मीको बिषयमा केही प्रसङ्गहरु भेट्यो। देवीप्रसाद रेग्मी आफ्नै गाउँबस्तीका रहेछन् भन्ने वुझिएपछि कुमारको मनमा कौतुहल जाग्यो। देवीप्रसाद जीवितै छन् कि ? अहिले कहाँ बस्दाहुन् ? Continue reading

स्कटलैण्डः स्वतन्त्र राज्यबारे उठेका प्रश्नहरु

शशी पौडेल
केही समय यता बेलायती राजनैतिक बृत्तमा स्कटलैण्डको स्वतन्त्रताको प्रश्न फेरी उठेको छ  । यद्यपी २०१० को आम निर्बाचन प्रचार प्रसारक्रममा यस कुरालाइ सबै पार्टीहरुले थाती राखेका थिए । यहाँ सम्म कि  २०११ मा भएको स्कटलैण्डको निर्बाचन सम्म पनि स्कटलैण्ड स्वतन्त्रताको प्रश्न उठेको थिएन तर यो निर्बाचनमा स्कटिश नेशनल पार्टीले बहुमत ल्याए पछि हठात स्कटलैण्ड स्वतन्त्रताको प्रश्न उठायो । त्यतिखेर पनि स्कटिश जनताले यसबारे त्यति चासो दिएका थिएनन् तर बेलायती प्रधानमन्त्री डेबिड क्यामरोन र टोरी पार्टीले यसको बिरोध जनाए पछि भने स्कटिश जनताले यसबारे कान ठाडो गराए । Continue reading

पण्डित हुन गएको कम्युनिस्ट भएर फर्किएँ -कमलराज रेग्मी

नेपालमा राणाशासन थियो । त्यसविरुद्ध नेपाली कांग्रेसले सशस्त्र आन्दोलन सुरु गर्‍यो । म ००६ सालमा कम्युनिस्ट भएँ । त्यति बेला कम्युनिस्टको नीति सशस्त्र आन्दोलन थिएन । हतियार र तिनलाई चलाउने तालिम पनि त थिएन । पार्टीमा मान्छे थोरै भए पनि सबैतिर सम्पर्क भने थियो । कम्युनिस्टतिर जनताको समर्थन बढ्दै थियो ।
म बनारसमा थिएँ । पटना पुगेर कांग्रेसलाई भनेँ, ‘हामीलाई पनि आन्दोलनको मोर्चामा सहभागी गराउनुस् ।’ कांग्रेसका हर्ताकर्ता मातृकाप्रसाद कोइराला थिए । भने, ‘तपाईंहरू पनि कांग्रेसको झन्डामुनि बसेर राजनीति गर्ने भए हाम्रो मोर्चामा सहभागी गराउँछौँ । कम्युनिस्टकै झन्डा उचाल्ने हो भने त्यो गर्न सकिँदैन ।’ हामीले स्विकारेनौँ, आफ्नो अस्तित्व गुमाएर कांग्रेसको झन्डामुनि बस्न । फर्कियौँ । Continue reading

कस्ले कस्ले भोगे अवहेलनामा सजायँ

-अश्विन कुमार
राज्यका तीन अंगमध्ये अदालतको पनि अन्यजस्तै आफ्नै मर्यादा र विशेषाधिकार छन्। ति विशेषधिकार पालना र कार्यान्वयनका लागि अदालतले प्रचलित संविधान, कानून र नियमको परिधिभित्र रही विभिन्न मापदण्ड निर्माण गर्न सक्छ ।
तर, तिनै मापदण्ड र अदालती मर्यादाका बिषयमा विवाद हुँदा धेरैलाई अदालतले अवहेलना मुद्दा चलाएका छ कारवाही समेत भएका छन । यसमा सञ्चार क्षेत्रका समेत धेरै व्यक्ति तानिएका छन । बहुदल स्थापनाका केही बर्षसम्म पनि अदालतले पुरानै परम्पराबट अवहेलनाको कारवाही जारी राख्यो । पछिल्ला केही बर्षहरुमा प्रेसप्रति उदार देखिएको अदालत फेरि एकपटक अनुदार बन्ने प्रयास गरिरहेको छ । अदालतको यो कामको चौतर्फी रुपमा आलोचना समेत भइरहेको छ । अवहेलनामा कसूर स्थापित भए सर्वोच्च अदालत नियमावली अनुसार बढीमा एक बर्ष कैद वा १० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । Continue reading

Destruction, devastation, and despair

-by Peter Lazenby

Margaret Thatcher made Britain a “nastier, more brutal and less equal country,” TUC general secretary Frances O’Grady declared in a devastating attack just days before the ex-PM’s funeral.

Ms O’Grady received a rousing reception when she spoke at the Northern TUC conference on Saturday in Newcastle. Continue reading

क्यामरोनको झोली, इस्टलीको उपचुनाव र लिबडेमको भविष्य

—शशी पौडेल

गत महिना बेलायतको राजनीतिक बजार खास गरी तीनवटा विषयले ततायो । संचारकर्मीहरु पनि यिनै तीन कुराहरुमा बढी केन्द्रित रहे । बजारमा आएका ट्याबलोइड्स होस् वा इलेक्ट्रोनिक मेडिया यी सबैले प्रधानमन्त्री डेभिड क्यामरोनको भारत यात्रा, इस्टलीको उपचुनाब र इटलीको आम निर्वाचनलाई मुख्य विषय बस्तु बनाए ।

प्रधानमन्त्री डेभिड क्यामरोनले भारत यात्रा क्रममा मूलभूत रुपमा दुईवटा कुरा गरे । प्रथम उनले भारतमा ब्रिटिश साम्राज्यको गौरवको कुरा उठाए भने दोस्रो उनले भारतका लगनशील विद्यार्थीहरुलार्ई बेलायतमा आई अध्ययन गर्न र भारतका लगानीकर्ताहरुलाई बेलायत आई लगानी गर्न आह्वान मात्र गरेनन् कि भिसा सहज गराइदिने प्रतिवद्धता समेत जाहेर गरे । Continue reading