PCT and borough council celebrates success of Nepali women in learning English

On first week of July , NHS Berkshire and Bracknell Forest Council joined more than 100 Nepali men and women in Sandhurst as they were commended by the Ambassador of Nepal Dr Suresh Chalise, Campbell Christie, Principal of Bracknell and Wokingham College, Cllr Michael Brossard, Deputy Mayor of Sandhurst Town Council and Dr Philip Lee, MP for their effort in learning English and developing health skills. Continue reading

नेपालबाटै लण्डन ओलम्पिकमा टिकट काटेर हेर्न आउने एक्ला दर्शक

– दिपक न्यौपाने
लण्डन । करिव सतासी हजार दर्शक भएको लण्डन ओलम्पिक २०१२ उद्घाटन समारोह इतिहासमा ओलम्पिकको अनेक कृडास्थलमध्ये एक विशिष्ट स्थानको रुपमा दर्ज भएको छ । यस्तो ऐतिहासिक समारोहमा कसलाई भाग लिन मन लाग्दैन होला ?
नेपाल ओलम्पिक कमिटी स्रोतका अनुसार नेपालबाटै टिकट किनेर लण्डन ओलम्पिक उद्घाटन समारोह २०१२ हेर्न एक व्यक्ति मात्र आएका थिए ।
को हुन त ती व्यक्ति ? लण्डन स्र्टाटफोर्ड स्थित ओलम्पिक रंगशाला अगाडि सेतो दौरा सुरुवाल, छिर्केमिर्के कोट, नेपाली टोपी तथा कम्मरमा कालो पेटीमा सजिएर, हातमा टिकट र क्यामेरामा दृश्यहरु कैद गर्दै बडो फूर्तीसाथ हिडेका, पछाडी ढाडमा नेपालको झण्डा ओढेर विभिन्न देशका दर्शकका साथ गफ गर्दै, सोभेनियरहरु आदान प्रदान गर्दै हिडेका भिडका बीचमा प्रष्टै देखिने गोरो, हिमाल जस्तो टल्किने कपाल भएका ती व्यक्ति थिए – गौतम दास श्रेष्ठ । Continue reading

मेहनत र भाग्यको समिश्रण प्रा सूर्य सुबेदी

-शशी पौडेल
पुरुषहरुको भाग्यको ढोकाको चुकुलको साँचो महिला अर्थात पत्नीले राखेकी हुन्छिन् । यदि भाग्यको साचो उनीहरुले खोलि दिएनन् भने बिर्को बन्द गरेर वोतल भित्र राखेको झिंगा सरह जति उडे पनि बोतल भित्रै रहने र अन्तमा थाकेर पखेटा खस्ने भए जस्तै हुन जान्छन् । यस अर्थमा पुरुषको सफलताका निम्ति पत्नीको महत्वपूर्ण योगदान रहेको हुन्छ । यस्तै प्राध्यापक सूर्य सुवेदीकी  अर्धाङिगनीले उनका इक्षा, चाहना र मेहनतलाई कदर गरेकाले उनले सफलता प्रापत गरेको कुरा बुझ्न उनीसंग नजिक हुनेलाई कुनै कठिनै पर्ने छैन ।
मेरी पत्नी पनि शिक्षित भएकाले मेरो सफलतामा उनको सहयोग र समर्थन छ । यदि उनलाई कसैले तपाई यति व्यस्त मान्छे कसरी परिवारलाई समय पु¥याउन सक्नु हुन्छ भनी सोध्यो भने उनको जवाफ उपरोक्त हुने छ । Continue reading