यूरोको अन्त्य सुरु ?

—शशी पौडेल

यूरोपियन यूनियनद्वारा २००२ सालदेखि लागू गरिएको यूरोपको मुद्रा यूरो कोल्याप्स हुने सम्भावना इन्टरनेश्नल मनिटरी फण्डले गत हप्ता बताएको छ । बेलायत यूरोपियन यूनियनको एक सदस्य राष्ट्र भए पनि यसले यूरो मुद्रा स्वीकार नगरी पौण्ड राख्दै आएको छ । Continue reading

बर्मामा लोकतान्त्रिक गणतन्त्रका निम्ति आन्दोलन

— शशी पौडेल

लामो संघर्ष पछि वर्माकी नेतृ आङ्ग साङ् सुची अत्यधिक मतले संसदको निर्वाचनमा बिजयी भएकी छन् । यद्यपी उनको पार्टी नेशनल लिग फर डेमोक्रेसी पाटीको संसदमा ठूलो मत हुने छैन किनकि उक्त निर्वाचन एक रिक्तस्थानको निर्वाचन थियो । त्यसैले उनले आफनो बिजय पश्चात आफना समर्थक एवं शुभ चिन्तक समक्ष्य भनिन ‘‘लोकतान्त्रिक गणतन्त्र प्रप्तीका लागि गरिने आन्दोलनको बाटो कठिन र लामो हुने गर्छ’’ Continue reading

बेलायत : शव्दमा नै बहुसाँस्कृतिकता छ

David-with-Student-शशी पौडेल
“राज्य बहुसाँस्कृतिकता असफल भयो । ”
उक्त कुरा बेलायती प्रधानमन्त्री डेविड क्यामरोनले गत बर्ष जर्मनीको म्यूनिकमा ब्यक्त गरेका हुन् । उनले सुरक्षा सम्वन्धी आयोजित एक सम्मेलनमा भने– विभिन्न प्रकारका अतिवादवाट जोगिनका निम्ति अव बेलायतलाई बलियो राष्ट्रिय पहिचानको आवश्यकता छ ।
प्रधानमन्त्री डेविड क्यामरोनको उक्त भनाईका कारण बेलायतमा केही मुसलमान समुदायहरुले एक विरोध र्यालीको आयोजना पनि गरे । अर्को तिर विश्वभर यसवारे ठूलो वहस चलीरहेको छ । बेलायत जसलाई विश्वभर एक महत्वपूर्ण बहुसाँस्कृतिक राज्य मानिन्छ, त्यसकै सरकार प्रमुखवाट उक्त कुरा सार्वजनिक आउनु एक आश्चर्यजनक मात्र नभै चिन्तापूर्ण कुरा भएको अन्र्तराष्ट्रिय पर्यवेक्षकहरुले औल्याएका छन् । Continue reading