एकाउन्टेन्टहरु ब्याबसायीहरुका सहयोगी हुन्

मानिस संसारको जुन सुकै कुनामा गएर बसे पनि त्यो मुलुकको नियम र कानुनलाइ पालना गर्नु पर्दछ । चाहे बन्द ब्यापारमा होस् चाहे जागीर खाने सवालमै किन नहोस् ? हरेक मुलुकका आ आफ्ना मुल्य, मान्यताहरु र नियम कानुनहरु  हुन्छन् । ती मूल्य, मान्यता, नियम र कानूनको परिधी भित्र सबैजना बस्नु पर्दछ । हामी नेपालीहरुनै किन नहौं बेलायतमा बसे पछि बेलायती नियम कानून हाम्रा लागि पनि लागु हुन्छन् । यदि नियम कानून बारे सामान्य ज्ञान पनि हुन सकेन र अन्जानमै केही गल्ती गर्यौं भने हामीलाइ कानूनले छोड्ने छैन ।  त्यतीखेर म नेपाली हुं बेलायतको कानून मलाइ थाहा थिएन त्यसैले गल्ती भयो भन्दैमा कानूनबाट हामी बंच्न सक्ने छैनौं । Continue reading

बेलायतमा बाबुबिनाको “आदिम साम्यबाद”

—शशी पौडेल
समाज र टेक्नोलजिको जति जति बिकाश हुदै जान्छ, त्यति त्यति त्यसको बिपरित बिकृतिहरुको पनि बिकाश हुदै गइरहेको छ । समाजमा एक संयुक्त परिवारबाट छुट्टी भिन्न भएर अलग अलग हुने प्रकृया त समाज बिकाशक्रमसंगै बिकशित हुदै आइरहेको हो । कार्ल माक्र्सले समाज बिकाशको ब्याख्या गर्ने क्रममा आदिम साम्यबादी अवस्थाको ब्याख्या गरेका थिए । आदिम साम्यबादमा कसको बाबु को हो भनेर चिन्न नसकिने तर आमा मात्र चिनिने र समाज मातृसत्तात्मक रहेको बताएका थिए । बेलायतमा एउटा समुदायको अवस्था झण्डै झण्डै आदिम साम्यबादीकालको जस्तै रहेको छ । तर उनिहरुमा अनुशासन, आदर, सम्मान र इमान्दारिता भने कम देखिन्छ । उनिहरुले आफ्नै अलग्गै मुल्य र मान्यता तय गरेका छन् । Continue reading

ब्याकुल माहिलासंग एक साँझ

– शशी पौडेल

राष्ट्रियगानका लेखक प्रदीप कुमार राइ लगभग तीन महिना बेलायत यात्रा पछि नेपाल फर्केका छन् । धेरै दिनको प्रयास पछि उनि बल्ल तल्ल फानबरोमा एक साँझ आइपुगे । फानबरो, अल्डरसट, यी क्षेत्र भनेको बेलायतका अन्य क्षेत्रहरुमा भन्दा बढी नेपालीहरुको बसोबास भएको क्षेत्र हो । यही क्षेत्रमा प्रायजसो नेपालीहरुका संगठनका नेतृत्वदाइ ब्यक्तिहरुको बसोबास रहेको छ । अझ जातजातीका संगठनहरुको यो क्षेत्र राजधानी नै हो भन्दा अत्युक्ति हुने छैन । जातीय संस्थाहरु मध्य सवभन्दा ठूला संस्था मानिने तमुधी युके र मगर संघ युकेका अध्यक्षहरु यसै क्षेत्रमा बस्दछन् । क्षेत्री समाज र ठकुरी समाजका अध्यक्षहरु लगायत बिभिन्न जिल्लाबासीहरुका संगठनहरु जस्तै गुल्मी समाज, पोखरा समाज, पाल्पाली भन्ज्याङ्ग आदी आदी ।

Continue reading

Academies delusion

Education Secretary Gove

Teacher’s union, National Union of Teachers (NUT) leader Christine Blower has hit the nail on the head with her charge that the Tories and Liberal Democrats are hell-bent on privatising our education system.

There is no educational justification for heavy-handed government insistence on forcing schools out of local authority democratic accountability. Continue reading

कुछ ज्ञानकि बातें

रन्जना पौडेल लामिछाने

एक समय की बात है, जब नीलगिरी पर्वत पर पांडव पुत्र अर्जुन तपस्या करने गए। तब किसी कारणवश उन्हें वहीं रूकना पड़ा। उन्हीं दिनों पांडवों पर गहरा संकट आ पड़ा। तब चिंतित व शोकाकुल द्रौपदी ने भगवान श्रीकृष्ण का ध्यान किया तथा कृष्ण के दर्शन होने परपांडवों के कष्टों के निवारण हेतु उपाय पूछा। तब कृष्ण बोले- हे द्रौपदी! मैं तुम्हारी चिंता एवं संकट का कारण जानता हूं। उसके लिए तुम्हें एक उपाय करना होगा। जल्दी  ही कार्तिक माह की कृष्ण चतुर्थी आने वाली है, उस दिन तुम पूरे मन से करवा चौथ का व्रत रखना।
भगवान शिव, गणेश एवं पार्वती की उपासना करना, तुम्हारे सारे कष्ट दूर हो जाएंगे तथा सबकुछ ठीक हो जाएगा।
कृष्ण की आज्ञा का पालन कर द्रोपदी ने वैसा ही करवा चौथ का व्रत किया। तब उसे शीघ्र ही अपने पति के दर्शन हुए और उसकी सारी चिंताएं दूर होगईं। Continue reading

” एक अन्जुली पानी प्रबासबाट “

जनकवि केवलपुरे किसानको पहिलो बार्षिकिको अवसरमा लेखेको श्रद्धान्जली अर्पण कविता
— लिला राज कार्की,

हे जनकवि तिमीलाई दिन्छु कवितै उपहार

श्रद्धाका फूल हे केवलपुरे सलाम छ बारम्बार
हरिया डांडा वन र पाखा तिमीलाई प्यारा थे
शहरी मोह चाहिन्न भन्थ्यौ गाउँघर सारा थे ! Continue reading

मानवजातीहरुको उत्पति र जातिगत वैमनश्यताको चीरहरण

 – Dr. Kavitaram Shrestha

(हामी आफाआफैमा जातजातीको भेदको कारणबाट झैझगडा गछौँ  नि ? त्यसैको प्रशंगमा मैले यो लेख प्रस्तुत गर्दै छु । हामीबीच आपसमा भिड्नुको कुनै तुक छैन । ‘क’ को जातिमा ‘ख’ नहुनु ‘क’ को वशको कुरो होइन । म एउटा जातिको भएँ मेरो वशमा यो थिएन । मेरो वशमा हुन्थ्यो भने म तपाईकै परिवारमा आएर जन्म लिन्थेँ । तपाईँ पनि त आफूले  चाहेको परिवार वा जातिमा जन्म लिनु हुन्थ्यो नि होइन र ? आफ्ना वशमा नभएको कुराको दोष हामी कसैमा छैन । अनि विवाद के मा ?)  Continue reading

जायज आन्दोलन

– शशी पौडेल
वेलायतको प्राकृतिक वातावरण जति जति चिसिदै गएको छ त्यति त्यति यहा“को राजनैतिक वातावरण भने तातेको छ । लगभग तीन हप्तादेखि विद्यार्थी, शिक्षक एवं मजदूरहरु सांगठनिक रुपमा निरन्तर आन्दोलनमा छन् । सरकारले उनीहरुको आन्दोलनलाई सुनिरहेको छैन । यो आन्दोलन विद्रोहमा परिणत हुने हो कि भन्ने चिन्तामा भने सरकार रहेको बुझिएको छ । दुवै पक्षले शक्ति परीक्षण गरेको अर्थमा पनि यो आन्दोलनलाई प्राज्ञीक वर्गले लिन थालेका छन् । सरकारले हेरौं कति दिन यो जाडोमा आन्दोलनकारीहरु सडकमा आउने रहेछन् । भन्ने तर्फ लागेको पनि महसूस गरिएको छ । Continue reading

बेलायतमा शिक्षा: भ्रम र यथार्थ

-शशी पौडेल
केही समय यता हरेक बर्ष बिभिन्न मुलुकका हज्जारौं बिद्यार्थीहरु उच्च शिक्षा हासिल गर्न एवं उज्जल भविश्यको खोजीमा संसारका बिभिन्न मुलुकहरुमा पुग्ने गरेका छन् । यस्तै नेपाली बिद्यार्थीहरु पनि अध्ययनको शिलशिलामा बिदेशिने गरेका छन् । बिद्यार्थीको हैसियतमा बिदेशिनेहरुको मुख्य गन्तब्यस्थल बेलायत, अस्ट्रेलिया र अमेरिका रहेको छ । अमेरिका वा अस्ट्रेलियामा नेपाली बिद्यार्थीहरुको अवस्था कस्तो छ त्यो मलाइ त्यति थाहा भएन तर बेलायतमा भने थुप्रै बिद्यार्थीहरुले आफुले सोचेको वा कल्पना गरेको भन्दा भिन्न अवस्थामा आफ्नो गुजारा गर्नु परिरहेको छ । नेपाली बिद्यार्थीहरुको ठूलो संख्या शिक्षा हासिल गर्नु त कता कता जीबिकोपार्जन गर्न समेत असमर्थ भएको कारण नेपाल फर्किसकेका छन् भने कतिले जन तन गुजारा गरिरहेका छन् । कति बिरामी परे भने कतिले आफ्नो भबिश्य अन्धकार देखेर जीवनलिला समाप्त गर्न समेत पुगे । Continue reading

युरोपमा पत्रकार राजनीति

नेपाल पत्रकार महासंघ युरोप शाखाको अधिबेशनका निम्ति हामी चार जना बेलायतबाट पेरिस तर्फ लाग्यौं । बिबिसी नेपाली सेबाका भगिरथ योगी, पत्रकार महासंघ बेलायत शाखाका केन्द्रिय पार्षद दीपक न्यौपाने,
नेपाल ब्रिटेन अनलाइनका चिरन शर्मा र म ।
गत अप्रेलमा फ्रान्स बासी पत्रकार दधी सापकोटा बेलायत आएका थिए । उनले युरोपभर छरिएर रहेका पत्रकारहरुलाइ संगठित गर्नेु पर्ने बिचार गरेको कुरा बताएका थिए र उनले यसबारे पत्रकार महासंघसंग पत्राचार गरिसकेको बताउदै मलाइ यसबारे सहयोग गर्न आग्रह गरेका थिए । उनले यस्तै आग्रह भगिरथ योगीसंग पनि गरेका रहेछन् । सोही प्रतिबद्धताको एउटा पाटो थियो हाम्रो पेरिस यात्रा । Continue reading