राजकुमारको विवाहमा ३० अरब राष्ट्रिय घाटा हिरक उत्सबको हिसाब किताव आउन बाँकी

–शशी पौडेल
राजकुमार विलियमको विवाहवाट राष्ट्रलाई ३० अरब स्टरलिङ्ग पौण्ड घाटा लागेको अर्थविदहरुले बताएका छन् । २०११ सालको २९ अप्रिल शुक्रवार राजकुमार विलियमको विवाहका कारण एक दिनका लागि राष्ट्रिय विदा घोषणा गरिएको थियो । त्यति वेला बेलायतका प्राय जसो उद्योग धन्दा झण्डै दुईहप्ताका लागि बन्द भएका थिए । लाखौं मजदुरहरुले भने गतबर्ष लामो इष्टर होलिडे र त्यसपछि मई दिवश अनि मई दिवशमा दिइने सोमवारको बैंक होलिडेकावीच भएको राजकुमार विलियमको विवाहमा दिइएको राष्ट्रिय विदाले झण्डै दुई हप्ता विदा मनाउन पाएका थिए ।
मजदुरहरुले सोमवार, मंगलवार, अनि बुधवार जम्मा जम्मी तीनदिन आफ्नो घर विदा लिंदा यसको प्रतिफल एघार दिन विदा भएको थियो । २२ अप्रिल शुक्रवार गुड फ्राइडेबाट २५ तारिक इष्टर सोमवार सम्म यसै विदा थियो । अनि शुक्रवार २९ अप्रिल विलियमको विवाह, शनिवार आइतवार अनि सोमवार २ तारिक मे का दिन बैंक होलिडे । क्या मज्जा ।
तर अर्को पाटो भने नमजाको भएको छ । हरेका चीजका दुई पाटा हुन्छन् भने झै एघार दिनको पाटोले राष्ट्रलाई ३० अरब पौण्डले धक्का लागेको छ । अनि तेस्रो पाटो अहिलेको उदार अर्थनीति अन्र्तगत १ पौण्ड घाटा लागे त्यसले १.९४ गुना अप्रत्यक्ष घाटा लाग्ने हुनजान्छ । अर्थविदहरुका अनुसार प्रत्यक्ष र अप्रत्यक्ष गरी जम्मा जम्मी ८८ अरब पौण्डको धक्का बेलायतले ब्यहोर्नु परेको कताएका छन् ।
हुन त वकिङहाम प्यालेस श्रोतले भने विवाहमा निम्त्याइएका पाहुनाहरुले लण्डन शहरमा गर्ने किनमेलबाट राष्ट्रलाई नाफा हुने दावी गरेको थियो । विवाह लगत्तै तीन दिन विदा परेकाले धेरे जसो विवाहका लागि निम्त्याइएका पाहुनाहरु अरु दुई रात बढी लण्डन बास बसने छन् र यसले होटल ब्यावसायी, गरगहना र कपडा पसलेहरुवाट आउने भ्याट अनि अन्य आम्दानीले उक्त राष्ट्रिय घाटा परिपूर्ति गर्ने वकिङ्गम प्यालेस श्रोतको दावी थियो तर वकिङ्गम प्यालेस श्रोतले दावी गरे जस्तै भने ठ्याक्कै हुन सकेन ।
यस्तै पर्यटन व्यवसायी, उड्ययन व्यवसायी एंव अन्य खुद्रा व्यापारीहरुले पनि विवाहवाट फाइदा लिन पाउने दावी पनि वकिङहम प्यालेस श्रोतले गरेको थियो । दरवारबाट सर्वसाधारण जनताका लागि भनी यसरी छुट्टी मिलाउने ब्यवस्था गरिदिनु अत्यन्त स्वागतयोग्य हो तर त्यो छुट्टी त्यति बेला आइदियो जुनवेला मुलुकले आर्थिक मंदीवाट टाउको झिक्न लागिरहेको थियो । एकातिर सरकारले ‘मुलुकका लागि एक हौं, मुलुकका लागि केहि गरौं’ भन्ने नारा सहित खाइपाई आएको पेन्सन, वेलफेयर सुविधा एंव अपांग र बृद्ध भत्ताहरुमा समेत कटौती गरीरहेको वेला एकदिन राजकुमारको विवाहका कारण झण्डै प्रत्यक्ष ३० अरब र अप्रत्यक्ष अरु ५८ अरब पौण्ड घाटा पर्ने गरी एक जोडीको विवाह गरिनु सायद राष्ट्रका लागि एक भार हो ।
सरकारी प्रवक्ताका अनुसार भने राष्ट्रिय अर्थतन्त्र खास गरी बर्षका पहिल्ला तीन महिनाको आर्थिक स्थितिमा निर्भर हुन्छ भने पनि त्यो हप्ता र त्यस पछिको हप्ताको आर्थिक व्यालेन्स अनि तथ्यांक पनि नकारात्मक आएको थियो । यसको अर्थ हो बेलायत फेरी नराम्रसंग दोहरो आर्थिक मंदीमा परेको छ । यसैबेला आएको रानीको हिरक उत्सवले बेलायतलाइ अर्को मल्टी मिलियन पौण्डले ढाड सेकेको छ ।
प्राइभेट व्यावसायी फोरमका फिल म्याकक्यावले त्यति बेला सार्वजनिक गरे अनुसार यी तीन वैंक होलिडेहरु मुलुकले आर्थिकमन्दीबाट टाउको उठाउन लाग्ने बेलामा आएकाले गलत बेलामा आएको भन्नु पर्ने हुन्छ । किन की मुलुक आर्थिक मन्दीबाट टाउको उठाउन संघर्ष गरिरहेको छ । यो समय त यदि मुलुकलाई चाहिए सबै हातहरुले एकसाथ काम गर्ने बेला हो त्यसैले हामी अहिले अत्यन्त सिरियस खतर्नाक आर्थिक मंदीमा पर्न सक्ने अवस्थामा पुगेका छौं । यति मात्र नभएर थुप्रै साना उद्योगहरले एक दिनको कारणले एघार एघार दिन महत्वपूर्व स्टाफ गुमाउनु भनेको उद्योग धन्दा वन्द गर्नु हो । उद्योग धन्दा वन्दा गर्दा सरकारलाई तिर्ने अन्तशुल्क र करको प्रश्न मात्र आउदैन की उत्पादन समेत नहुने हुदा दैनिक उपभोग्य वस्तु आयात गर्नुपर्ने हुन्छ र राष्ट्रिय पूजी विदेश निर्यात हुन पुग्दछ ।
फिल म्याकक्याव सही थिए । उनले भने जस्तै हुबहु भयो । राजकुमार विलियमको विवाह भएको लगत्तै मई दिवशको वैंक होलिडे पर्ने हुदा यहा“ दुइवटा चारदिने सप्ताहाअन्त पर्न गयो । यस हिसावले अप्रिल महिनामा जम्मा जम्मी १८ दिन मात्र कामको दिन परेका थिए । चार्टर एकान्टेन्टहरुको एक अनुसन्धान संस्था एकाउन्टेन्ट रिस्क मेनेजमेन्ट टेनोनको हिसावमा एक दिनको नोक्सान राजकुमारको विवाहका दिनको मात्र छ अरव भयो भने यसवाट परेको सार्वजनिक विदाहरुवाट अरु २४ अरबको नोक्सान भै जम्मा जम्मी ३० अरब हुन पुगेको हो । ३० अरबको १.९४ गुनाका दरले हिसाव गर्दा अरु ५८ अरब पौण्डको खाडल मुलुकलाई परेको छ ।
आरएसएम टेनोनका कार्ल ज्याक्सनले आफ्नो वेभसाइजमा त्यतिबेला खुलासा गरे अनुसार–हाम्रो इतिहासमा यति लामो विदा डिसेम्वर महिना वाहेक अरु कुनै वेला भएको थिएन । यसको मतलव हो केहि साना एंव मझौला उद्योगहरु पछिल्लो आधा अप्रिल बन्द हुनेछन् । खास गरी खाद्य पदार्थ उत्पादन गर्ने उद्योगहरु बन्द हुन सक्ने हुदा खाद्य पदार्थ विदेशबाट आयात हुने छन् र सर्वसाधारण जनतालाई महंगो पर्ने छ । यस्तै त्यतिबेलै लिभरपुल स्थित एक उद्योगपतिले आफ्नो फेसवुकमा सार्वजनिक गरे अनुसार राजकीय विवाहका लागि उनले इस्टर देखि नै आफ्नो उद्योग बन्द गरेका छन् । किन की उनका जम्मा ८ कामदारहरु छन् । ती मध्य एकले मंगलवार, बुधवार र विहीवारलाई विरामी लेखाए । अरु छ जनताले घर विदाका लागि दर्खास्त दिए । यस्तो अवस्थामा उद्योग संचालन गर्न सक्ने कुरा आएन ।
फेसवुकमा माथिका पंतीहरु पढे पछि मैले त्यतिबेलै बेलायत स्थित फेडरेशन अफ स्मल विजिनेसका नीति नियम निर्माताहरुका प्रमुख आन्द्रेउ केभसंग इमेल कन्ट्याक्ट गरी राजकुमारको विहेको कारणबाट साना एंव मझौला उद्योगमा पर्न गएको अवस्था वारे बुझ्ने कोशिष गरेका थिए ।
उनले मलाइ जवाफ यसरी दिएका थिए – जस्ताको तस्तै अंग्रेजीमा  “It is a cost added to business at a time when they are already struggling. We are hearing about small manufacturing companies having to shut down operation for the best part of the week which is a nightmare for planning purpose.”

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *