मेहनत र भाग्यको समिश्रण प्रा सूर्य सुबेदी

-शशी पौडेल
पुरुषहरुको भाग्यको ढोकाको चुकुलको साँचो महिला अर्थात पत्नीले राखेकी हुन्छिन् । यदि भाग्यको साचो उनीहरुले खोलि दिएनन् भने बिर्को बन्द गरेर वोतल भित्र राखेको झिंगा सरह जति उडे पनि बोतल भित्रै रहने र अन्तमा थाकेर पखेटा खस्ने भए जस्तै हुन जान्छन् । यस अर्थमा पुरुषको सफलताका निम्ति पत्नीको महत्वपूर्ण योगदान रहेको हुन्छ । यस्तै प्राध्यापक सूर्य सुवेदीकी  अर्धाङिगनीले उनका इक्षा, चाहना र मेहनतलाई कदर गरेकाले उनले सफलता प्रापत गरेको कुरा बुझ्न उनीसंग नजिक हुनेलाई कुनै कठिनै पर्ने छैन ।
मेरी पत्नी पनि शिक्षित भएकाले मेरो सफलतामा उनको सहयोग र समर्थन छ । यदि उनलाई कसैले तपाई यति व्यस्त मान्छे कसरी परिवारलाई समय पु¥याउन सक्नु हुन्छ भनी सोध्यो भने उनको जवाफ उपरोक्त हुने छ ।
माघ महिनाको चिसो वातावरणमा जन्मेका बच्चाहरुलाई तिनका आमाहरुले कतिवटा थाङना, सिरक, रग वा पाखीले कुलुमुलु पारेर हुर्काउनु पर्छ होला ? यदि यो प्रश्न सूर्य सुवेदीका बारेमा कसैले ग¥यो भने अहिले कसैले पत्याउने छैन । मानिसहरुले सोच्ने छन् – उनी यस्तै विद्धान जन्मेका हुन्, यस्तै भाग्यशाली हुर्केका हुन्, यस्तै नरम स्वभावमा वयस्क बनेका हुन् ।
तर होइन उनी पनि तपाई हामी जस्तै आमाको कोखमा नौ महिना बसेर लमजुङ्गको खुदी भन्ने एक विकट ठाँउमा एउटा ब्राह्मण सुवेदी परिवारमा जन्मेका हुन्, २०१४ सालको माघ महिनामा ।
उनले नजिकैको सामान्य प्राथमिक स्कूलबाट अध्ययन शुरु गरी एक साधारण माध्यमिक विद्यालयबाट एसएलसी दोस्रो श्रेणीमा पास गरेका हुन् । गाउ“बाट २०३० सालमा एसएलसीमा सेकेन्ड डिभिजन ल्याएर पास गर्ने थोरै संख्या मध्यका उनी एक हुन् । कसले सोचे होला त्यो वालक एउटा गाउमा जन्मेर बेलायती विकसित विश्वविद्यालयबाट उच्च श्रेणीमा शिक्षा हासिल गर्न सक्छ भनेर ।
उनी २०३१ सालमा कानून पढ्न राजधानी पस्छन् र नेपाल ल क्याम्पसमा भर्ना हुन्छन् । २०३५/३६ सालको राजनैतिक आन्दोलनका कारण पढाई ढिलो हुन्छ तैपनि उनले २०३८ सालमा विएल पुरा गर्छन् र विश्वविद्यालयमा अध्ययन शुरु गर्दछन् । अध्ययन क्रममा उनको सम्पर्क मनमोहन अधिकारीसंग हुन पुग्छ र उनी २०३४ सालमा पार्टी प्रशिक्षणका निम्ति दरभंग पुग्छन् त्यहाँ उनी नेपाल कम्यूनिष्ट पार्टीका जन्मदाता पुष्पलालको संपर्कमा आउछन् । दुई हप्ता सम्म पुष्पलाल संगसंगै बसे पछि उनी एक दह्रो कम्यूनिष्ट कार्यकर्ताका रुपमा नेपाल फर्किन्छन् २०३५/३६ को आन्दोलन ताका उनी पुष्पलाल समूहको विद्यार्थी संगठन अखिल नेपाल विद्यार्थी यूनियनको दह्रो खम्बा बन्छन् र पूर्वाञ्चलका लागि संयुक्त कमाण्डर बनेर धरान, विराटनगर हानिन्छन् ।
२०३६ सालमा जनमत संग्रह गराउने घोषणा भए पछि पुनः उनी आफ्नो अध्ययन कार्य सुचारु राख्छन् र पढाई सके पनि त्रिभुवन विश्वविद्यालयमा अध्यापन गर्न थालेको प्रसंग अघिल्लो पंतीमा आइसकेको छ । अध्यापन शुरु गर्दा नगर्दै उनी लोकसेवा आयोग तिर अधिकृत हुने चाजो पाजो मिलाउन जाँच दिन थाल्छन् । एक बर्ष मै उनी शाखा अधिकृत भै कानून मंत्रालयको अन्र्तराष्ट्रिय कानून शाखाको जिम्मेवारी बोक्छन् । यो जिम्मेवारी उनले दुई बषृ मात्र संहाल्छन् । यतिखेर उनको भाग्यको ढोका खुल्न शुरु हुन्छ । उनले बेलायतको हल विश्वविद्यालयमा एलएलएम गर्न छात्रवृद्धि हात पार्छन ।
बृटिश काउन्सीलको छात्रवृत्ति पाएर बेलायत छिरेका सूर्य सुवेदी आफ्नो उद्देशय विशिष्ट श्रेणीमा पुरा गर्छन् । उनलाई कता कता नेपालको माया लागेर आउछ । उनी नेपाल फर्किन्छन् र प्रधानन्यायधिशसंग अनुसन्धान अधिकृत भै काम शुरु गर्दछन् । सूर्य सुवेदीले अझैपनि आफ्नो पढाई पुरा नभएको महसुस गर्दछन् । अर्थात उनलाई अरु बढी ज्ञानको भोक लाग्छ र पुनः छात्रवृत्तिको खोजी गर्दछन्– हिन्दीमा एउटा भनाई छ “ढुड्नेसे भगवान भी मिलता है” यस्तै उनले बेलायतकै अक्सफोर्ड विश्वविद्यालयमा विद्यावारिधीगर्ने ठाँउ पाँउछन् । यो ठाँउ उनले कसैको चाकरी वा भनसुन गरेर पाएका हैनन् । ग्लोवल कम्पीटिशनमा आपूmलाई प्रस्तुत गरेर सपmलता प्राप्त गरेका हुन् । पढाई सकेपछि उनी पुनः नेपाल फकिन्छन् र कानून मंत्रालयमा आफ्नो कुटो कोदालो शुरु गर्दछन् । केही समय विताए पछि उनलाई १९९४ मा हलैण्डको हेड भन्ने ठाँउमा कानूनको लेक्चररको रुपमा बोलाइन्छ । यो मौका उनले चुकाउन चाहन्नन् र उनले तीनबर्ष सम्म त्यहाँ बिताउछन् १९९६ मा त्यहा उनको पदोन्नती हुन्छ र सिनियर लेक्चरर बन्छन्, पछि प्रोफेसर । उनी प्रोफेसर बनेपछि आपूmले पढेको विश्वविद्यालय हलमा आइपुग्छन् । दुईबर्ष त्यहा पढाए पछि उनी लिइस् विश्वविद्यालय सर्छन् ।
२००४ सालमा लिड्स विश्वविद्यालयमा सर्दा नसर्दै उनले बेलायती रानीबाट ओविई (अनरी अफिसर अफ द अर्डर अफ व्रिटिश एम्पायर) प्राप्त गर्दछन् । यति मात्र होइन उनले २००६ सालमा ज्ञानको भोक अझै नभेटिएको संकेत गर्दछन् र विश्वविद्यालयबाट छुट्टि लिएर पढ्न थाल्छन् । ६ महिनाको कडा मेहनतबाट उनी बेलायतको वेरिष्टर बन्न पुग्छन् ।
उनी वेरिष्टर बनेको समाचार प्रकाश भएपछि यस पंतिकारले उनलाई एउटा सामान्य प्रश्न सोधेको थियो– तपाई विश्वविद्यालयको प्रोफेसर आखिर वेरिष्टरको काम गर्नै त होइन तै पनि किन यती कडा मेहनत गर्नु भयो ? उनको जवाफ थियो –मैले यदि आपूmलाई कानूनको शिक्षक हु“ भन्ने हो भने कानूनको प्रोफेसन तर्फ पनि जान्न, सिक्न र हात हाल्नु पर्छ भन्ने लागेर गरेको हु“ ।
उनको आफ्नो पेशा बाहेक उनले नेपाल र बेलायतमा लिएका जिम्मेवारीहरु हातका औलामा गन्ने हो भने औलाका भाग पुग्ने छैनन् । जस्तै उनी बेलायतको परराष्ट्र मंत्रालयको सल्लाहकार समूहको एक सदस्य हुन् । दोस्रो उनी यूनिभर्सिटी अफ लण्डनका सोवासको नीति निर्णायक निकायको राजनैतिक प्रतिनिधि, तेस्रो संयुक्त राष्ट्र संघका लागि क्याम्वोडियाका निम्ति मानवअधिकार सम्वन्धी बिशेषदूत, यहा उनले क्याम्वोडियामा मानवअधिकार सम्वन्धी बुझ्ने र त्यहाको अवस्था राष्ट्र संघलाई रिपोर्ट बुझाउने र क्याम्वोडिया सरकारलाई सरसल्लाह दिने काम हुन्छ ।
चौथो उनी व्रिटिश मेडिकल च्यारिटी अर्गनाइजेशनका उपाध्यक्ष । यसबाहेक उनले क्याम्व्रीज विश्वविद्यालयबाट प्रकाशन हुने इङ्गलिस ल जर्नलका सम्पादन गर्नुका साथै उनी एनआरएनका शिषेश सल्लाहकार समेत रहेका छन् भने उनले नेपालमा पनि यस्तै स्वयंसेवाका कामका जिम्मा लिएका छन् । महेन्द्र प्रकृति संरक्षण कोष अहिले राष्ट्रिय प्रकृति संरक्षण कोष मानिने गर्दछ को ट्रष्टी, व्रिटेन नेपाल मेडिकल ट्रष्टका सहअध्यक्ष ।
यी सब बाहेक तपाइको नितान्त व्यक्तिगत हवी के हो त ? उनले नअल्मलिई कन जवाफ दिए साहित्य अध्ययन, नाटक मंचन हेर्ने एव पहाड कन्दरा हिड्ने ।
यहा सम्मको यात्रा गर्दा उनका सामु कुनै प्रकारका तगारा आइ परेनन् होला ? यो हरेक पाठकहरुका लागि चासोको बिषय हुने छ । त्यस्तै यस पंतीकारलाई पनि यो चासोको बिषय बनेको थियो त्यसैले लगभग ३/४ बर्ष अघि स्वर्गिय डा. हर्क बहादुर गुरुङ्गको स्मरणमा आयोजित एक कार्यक्रममा उनी फानवरो आएका थिए, त्यस बखत मैले वाइभल स्कूलको प्राङगणमा उनीसंग हुबहु माथिको प्रश्न राखेको थिए । उनले मुस्काउदै जवाफ दिए– हेर्नुस् सवभन्दा बढी तगारो आउन सक्ने संभावना भनेको आफ्नै परिवार हो तर यदि परिवार बुझ्न सक्ने छन् भने उनीहरुले तगारो हाल्नुका बदला प्रोत्साहन दिन्छन्, हो मैले हरेक क्षेत्रबाट प्रोत्साहन पाएको छु । पारिवारिक प्रोत्साहन, साथीभाइ, सहपाठी र छरछिमेकबाट प्रोत्साहन पाएपछि आवश्यक पर्ने आफ्नो मेहनत हो । आफ्नो लक्ष्य सम्म पुग्न अरुको प्रोत्साहनले मात्र पनि पुग्दैन मेहनत पनि त्यत्तिकै गर्न सक्षम हुनु पर्दछ ।

 

 

Bookmark the permalink.

3 Responses to मेहनत र भाग्यको समिश्रण प्रा सूर्य सुबेदी

Leave a Reply

Your email address will not be published. Required fields are marked *