भएर के भो र ….. !

Kalpana Shrestha– कल्पना श्रेष्ठ
गहिरिएको चोट देख्न सक्नुहुँदैन भने
आँखा भएर के भो र……..
मनको कुरा बुझ्न सक्नुहुँदैन भने
मित्रता गाँसेर के भो र …….

गल्तीमा गल्ती भनिदिनुहुँदैन भने
श्रीमान् श्रीमती हुनुको अर्थ के भो र ………….
आलो घाउमा मलमपट्टी लगाउन फुर्सद हुँदैन भने
जीवनसङ्गी- सङ्गीनी मात्र कह्लाएर के भो र…………

जतिसुकै खटिए पनि फल पाउनुहुँदैन भने
त्यस्तो काम भएर के भो र …..
रात भरी चिन्तामा डुबि सुत्नुहुँदैन भने
आम्दानी भएर के भो र…….

ज्ञानको गाग्रो भर्न जान्नुहुँदैन भने
बिद्द्यार्थी भएर के भो र ………
चाहिने बेलामा बोल्न सक्नुहुँदैन भने
खोक्रो शिक्षा मात्र भएर के भो र………….

खर्च गर्न जान्नु हुँदैन भने
धन कमाएर के भो र………..
सानालाई माया गर्न सक्नुहुँदैन भने
ठुलो बाठो भएर के भो र…………..

गर्ने काम हुँदा पनि केही गर्नु हुँदैन भने
ब्यर्थको समय भएर के भो र…….
इच्छा आकाङ्क्षा पुरा गरी छाड्नुहुँदैन भने
महङ्गा सपना मात्र बुनेर के भो र ……..

अन्त्यमा….
बुढेस्कालमा काँध थाप्ने वरिपरि कोही हुनुहुँदैन भने
बलिया पाखुरा भएका छोराछोरी भएर के भो र… !
धर्मात्मा भए पनि प्रचार गर्न सक्नुहुँदैन भने
भजन मात्र गाउनुभएर के भो र……

आखिरमा गहिरिएको घाउ देख्न सक्नुहुँदैन भने
आँखा भएर के भो र……..
ती आँखा भएर के भो र ! ! !

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *