ब्राजिलमा लात्ती भकुण्डो

FIFA World CUPशशी पौडेल
लगभग बाह्रबर्षको छोरा रुदै घर फर्कदै रहेछ , आमाचाहीले परैबाट देखेर दौडिदै गएर च्याप्प काखमा लिदै सोधि , के भो बाबा मेरो छोरालाइ ? छोराले सुँक सुँक गर्दै भन्यो आमा हामीले आज फुटबल खेल हार्यौं उनिहरुले सात गोल हानेर हामीलाइ हराए आमा । आमाले फेरी सोधि, ए तिमी त्यसो भए त्यत्तिकालागि रोएको ? हो आमा हुँ…… हुँ……. हुँ……. । छोरो झन बढी रुन लाग्यो । ए उनिहरुले खेल जितेर के गरे त ? आमाले सोधी । उनिहरु त खुसी हुदै घर गए । छोराले भन्यो ।
ओहो मेरो छोराले फुटबल खेल हार्दा पनि यसरी रुन थाल्यो भने जीबनका अन्य ठुला खेल हार्यो भने यसको के हाल होला ? भन्ने आमालाइ सोचाइ परेछ र एक क्षेण सोचेर बोलिछ हेर छोरा तिमी निराश र बेखुसी भए पनि तिम्रा ती साथीहरु उत्साहित हुंदै खुसीसाथ घर घर जान पाए । यसैमा तिमीले ठुलो गर्व गर्नु पर्छ । किनभने तिमीहरु फुटबल नखेलेको भए तिमीहरुले हार्नै र उनिहरुले जित्ने मौका पाउने नै थिएनन् । यसको अर्थ हो तिमीहरुले खेल हारेर अर्थात उनिहरुलाइ जित्ने मौका दिएर उनिहरुलाइ ठुलो गुन लगायौ र उनिहरुलाइ आन्नदमय खुसी दियौ । तिमीले यसैमा खुसी मान्नु पर्छ । यदि तिमीले यसैमा खुसी मानेर आगामी दिनहरुमा तिमीले आफुलाइ अरु परिपक्क बनाउदै लग्न सक्यौ भने अर्को पटक उनिहरुले तिमीहरुलाइ जित्न दिएर खुसी तुल्याउने छन् ।
आमाका यी कुरा सुनेर छोरो गम्भीर हुदै  आमा म अवका हरेक दिन आफुलाइ अरु परिपक्क बनाउदै लैजाने छु भन्दै आमाको काखमा लुपुक्क लाग्यो ।
मेरो खुट्टामा मुस्कीलले जीवनभर १०० पटक लात्ते भकुण्डो ठोक्कियो होला । त्यसैले मलाइ लात्ते भकुण्डो पटक्कै चासो नभएको खेल हो । नत म कसैको समर्थक वा बिरोधी हुँ । तर पनि हिजो पहिलो पटक खेल हेर्न बसें र आध्योपान्त हेरें । हिजो राती ब्राजील र जर्मनीबीच भएको खेल हेर्दा मलाइ उक्त वालकथा झलझली सम्झना आयो । खेलमा  एक पछि अर्को र तेस्रो पछि चौथो गोल हान्न थालेको देख्दा पहिले त मलाइ बिश्वास लागेन । तर जव टेलिभिजनको स्क्रिनमा गोलको नम्बर देखाए पछि बिश्वास नगरेर केगर्नु ?
जव खेल टुंगियो त्यस पछिको दृश्य भने बडो मर्माहत लाग्यो । लाग्थ्यो समग्र ब्राजिलबासीहरुको यो नितान्त आश्चर्य, दुखलाग्दो र निराशाजनक हार थियो । ब्राजिलका खेलाडीहरुमा एक प्रकारको नैरनश्यता छाएको मात्र नभै आफुहरु असक्षम भएको होकी ? भन्ने मनोबिज्ञानले घर गरेको पाइयो । उनिहरुमा सायद यसप्रकारको हारको अनुभव कम थियो भने जर्मन खेलाडीहरुमा भने यो जीतले  निकै खुसी ल्याएको भए पनि उनिहरुले त्यो खुसी बाहिर प्रस्तुत गर्न अर्थात देखाउन नखोजेको पाइयो । खेलाडीहरुले टेलिभिजनसंगको अन्तरवार्तामा दिएको जवाफ अनुसार फाइनल खेलको परिणाम नआइकन यो भन्दा बढी खुसी हुने ठाउ नभएको होकि भन्ने बुझ्न कुनै कठिन पर्थेन । खेलको ट्याक्टिस बुझेका चतुर जर्मन खेलाडीहरुकालागि भने ब्राजिलका खेलाडीहरुको कमजोरी बुझ्न १० मिनेट पनि लागेन । ड्याम कि ड्याम आधाघण्टा भित्र ५ गोल हने । एक पछि अर्को गोल हुदै गए पनि जर्मन खेलाडीहरु भने हौसिएर खेल बिगार्ने तिर लागेनन् । त्यस् प्रकारको मनोबिज्ञानले धेरै खेलाडीहरुमा घर गरेको हुन्छ तर पनि उनिहरु जती सुरुमा अनुशासित थिए त्यही गतिमा उनिहरु अन्तिम सम्म खेले । तर ब्राजीलको दुर्भाग्य खेलाडीहरु निरुत्साहित हुदै गए ता पनि ९० मिनेट पछि एक गोल भने छिराएरै छाडे ।
खेलमैदानमा उत्रे पछि एउटाको हार र अर्कोको जीत हुनु नितान्त स्वाभाबिक हो । तर जीत वा हारको पनि सिमाना हुनु पर्ने हो । तर यो लात्ते भकुण्डोमा त्यस्तो नहुने रहेछ । जसले सक्यो तेस्ले ड्याम कि ड्याम हान्न पाउने रहेछ । ब्राजील आफु छैटौं पटक बिश्व च्याम्पियन हुने आशाले जनताको बिरोध हुदा हुदै पनि त्यत्रो ठुलो खर्च गरेर आयोजना गरेको बिश्वकप ब्राजीलका लागि असफल साबित भएको छ । अस्सीको दशक देखि नवउदारबादी शक्तिको उदय भयो अनि  राजनितीमा यो हावी भयो र अर्कोतिर समाजबादका बिरुद्ध पुनराबृत्तीबाद हाबी हुदै आयो ता पनि समाजका मुल्य र मान्यताको परिवर्तनलाइ एकहदसम्म पहिचान गर्ने प्रयास गरेकाले ब्राजील लगायत बिश्वका अन्य केही मुलुकहरुले आर्थिक उन्नतीमा एकहद सम्म फड्को मार्ने मौका पाए ।
कार्ल माक्र्सका अनुसार आर्थिक संकटका कारण पूंजिबाद एवं मध्यम बर्ग संकटमा फस्दै जान्छन् र मजदूर वर्ग निर्धन र दुखि हुदै जान्छन् जसका कारण उनिहरुमा एकता बढ्छ र क्रान्तिकारी संगठनको निर्माण हुदै जान्छ । यसरी निर्माण भएको क्रान्तिकारी संगठनद्घारा निर्देशित क्रान्तिले समाजबादको बाटो हुदै साम्यबाद सम्म पुग्न सक्षम गराउछ र साम्यबाद दीर्घजीबी रहन्छ भन्ने थियो । तर बिश्वमा क्रान्तिको अवस्था अलग्गै रह्यो ।
बर्नस्टाइनले अघि सारेको चिन्तन सामाजिक प्रजातान्त्रिकबाद जर्मनीका पूजिबादीहरुले जर्मनी  कम्यूनिष्ट आन्दोलनमा मात्र नभै बिश्व कम्यूनिष्ट आन्दोलनका बिकल्पका रुपमा प्रयोग गरे । बर्नस्टाइनले क्रान्तिकारी वर्ग संघर्षको सट्टा तत्कालिक समाज सुधार र समाजको आमुल परिवर्तनका निम्ति वर्ग संघर्षको स्थानमा आपसी सहयोग एवं सम्सदनात्मक सम्बैधानिक बाटो तर्फ जोड दिएका थिए । बर्नस्टाइनको उक्त बिचारलाई पुनराबृत्तिबाद भनेर चिनिन्छ । बर्नस्टाइनको पुनराबृत्तीको बाटोमा हिडेको ब्राजीलले जनताको इक्षा र आकांक्षा बिरुद्ध बिश्वकप फुटबलको आयोजना गरेको थियो । ब्राजीलका जनताले पनि एकहद सम्म बिश्वकप हातपार्ने आशामा चुप लागेका थिए । यो लात्ते भकुण्डोमा भएको  हार ब्रजील सरकारकालागि आर्थिक रुपमा मात्र महंगो पर्ने नभै राजनितीक रुपमा पनि महंगो पर्ने हुनसक्छ ।

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *