बेलायतमा “मह”को आबश्यकता

Haribansa Madan Krishna—शशी पौडेल
बाबु आमाबिना हुर्कनु पर्दाको पीडा कस्तो हुन्छ भन्ने कुरा हरिबंश आचार्यले आफ्नो पुस्तक “चिना हराएको मान्छे”भित्र उल्लेख गरेको कुरा एक अन्तवार्तामा बताएका छन् । झण्डै दुइबर्ष अघि दिल भुषण पाठकसंग टफटकमा कुरा गर्दै उनले आफु तीनबर्षको हुदा आफ्ना बाबु गुमाएर आधा टुहुरो भएको र एघार बर्षको हुदा आमा पनि गुमाएर पुरा टुहुरो भएको कुरा उल्लेख गरे ।
उनका अनुसार बालबच्चाहरुमा उत्ताउलो, उरन्ठेउलो, जीद्धी, हठी, अरुले भनेको नमान्ने, आफुनै सर्बेसर्वा भएकोजस्तो अनुभूतीगर्ने बानी आउनुमा आफु एक्लो भएको र आफुमाथी कोही गार्जीयन नभएको मनोबैज्ञानिक छाप पर्नु प्रमुख जीम्मेवार हो । र बाल्यकालमा आफु पनि त्यस्तै भएको कुरा समेत बताए । जीबनका हरेक आरोह अबरोह पार गरेका हरिबंश आचार्यले मदनकृष्ण श्रेष्ठसंग सहकार्य गरेर समग्र नेपाली जनतालाइ हसाएनन् मात्र उनीहरुले बिभिन्न चरणमा सुसूचित र सतर्क समेत गराए । केही अन्धबिश्वासी परम्पराका बिरुद्ध सूचनामुलक कार्यक्रम अघिसारेर कतिपयलाइ त रुवाए पनि तर त्यो रुवाइ भने समयमा सुसूचित हुन नसकेर आफुले पाएको दुखसम्झेर आँशु झरेको बुझ्न भने कुनै कठिन हुन्थेन ।
उनि भन्छन् अरुलाइ सम्झाउन र हँसाउन जती सजिलो हुन्छ तर आफु हाँस्न भने त्यत्तिनै दुख हुने रहेछ । जीबनका बिभिन्न कुइनेटामा रुन बाध्य भएका हरिबंश आचार्यलाइ मदनकृष्ण श्रेष्ठबाट अलग गरेर हेर्न भने मिल्दैन । एक बिना अर्काको अस्तित्व र उंचाइ कायम राख्न सायद संभव नहोला ।
हुनत हरिबंश आचार्यले आफ्नो पुस्तक एक्लै किन प्रकाशन गरे भनेर प्रश्न नउठेको भने होइन । किनभने उनले तीन दशक भन्दा बढी समय मदनकृष्णकासाथ हरेक कार्यक्रम र ब्यक्तिगत रुपमा समेत दाजु भाइको रुपमा ब्यतित गर्दै आइरहेका छन् । कतै यो पुस्तकले यी  दुइको जोडीमा दरार आउनेत होइन भन्ने  नेपाली हाँस्य कलाका पारखीहरुमा चिन्ता, डर र त्रास नभएको होइन । तर उनिहरुले जुन कला पस्किदै आइरहेका छन् त्यो नितान्त आफुहरुले सम्पत्ती थुपार्ने नियतले नभै नेपालको लोकतान्त्रिक आन्दोलनमा सहयोग पुर्याउन र सुतिरहेको नेपाली समाजलाइ जगाउनका निम्ती हो भन्ने बुझ्न कुनै कठिन पर्दैन । यदि उनिहरुले नितान्त ब्यक्तिगत स्वार्थका निम्ति लागेको भए जनकपुर चुरोट कारखानासंगको लाखौ रुपैयाँको सम्झौता बदर गरेर धुम्रपानका बिरुद्ध लाग्ने थिएनन् । आखिर उनिहरुलाइ के नोक्सान हुने थियो र यदि उनिहरुले एउटा चुरोटको खिल्ली हातमा लिएर प्रचार प्रसार गर्न, उनिहरु स्वयंले ओंठमा लगाएर सर्को तान्नु पर्ने त थिएन । तैपनि उनिहरुले समाजलाइ नोक्सान हुने कुराको प्रचार प्रसार गर्न मानेनन् ।
मैले यहाँ  बालबच्चाहरुको एक्लोपनको प्रसंग बढी ल्याउन खोजेको थिंए । साँच्चै हो यदि बाल्यकालमै एक्लो भएको मनोबिज्ञानको बिकाश भयो भने त्यसले जीवनको लामो अबधी सम्म पच्छ्याइ रहन्छ । तर दुर्भाग्य हाम्रो समाजमा कतिपय यस्तो पनि छ कि आमा बाबु जीउदो हुंदा हुंदै पनि बाल बच्चाहरु एक्लै हुर्किरहेका छन् र उनिहरुमा हरिबंशले माथी भनेझै उत्ताउलो, उरन्ठेउलो, जीद्धी, हठी, अरुले भनेको नमान्ने मनोबिज्ञानको बिकाश भएको पाइन्छ  । बिशेष गरेर बिभिन्न कारणबश बिदेशमा बस्ने नेपालीहरुमा दुर्भाग्य एउटा नराम्रो रोग लागेको छ त्यो केभने आफुले चिनेको अर्को नेपाली भन्दा आफु धनी हुनु पर्ने, उसले एउटा घर किनेको छ भने बैंकको श्रृणलिएर दुइवटा घर किन्नु पर्ने प्रतिस्पर्धा । अर्को भन्दा आफु देखावटीमा धनी हुनुपर्ने मानशिकताले ग्रस्त नेपालीहरुका बालबच्चाहरु आमा बाबु जिउदै हुदा हुदै पनि एक्लो भएर बांचीरहेका छन् ।  यो अबस्था बिशेष गरेर बेलायतको नेपाली डायस्पोरामा देखिन्छ । आमा बाबु दिनमा बाह्र बाह्र घण्टा काम गरेर लखतरान परेर आउछन् अनि बच्चाले के खायो वा के गरिरहेछ भन्ने समेत थाहा हुदैन उनिहरुलाइ । बिहान उठेर काममा जानु अघि दुइ चार पौण्ड हातमा हालेर “ल म्याक डोनाल्डमा गएर केही खाएस्” । सायद आमा बाबु र छोरा छोरीबीचको दिनभरको भलाकुसारी त्यत्तिनै होला । अनि साँझ कामबाट फर्के पछि “ए केही खाइस्” बस् दोस्रो भलाकुसारी ।
छोरा वा छोरी आज स्कूल गए वा गएनन् , स्क्ूलमा के पढे, कसो गरे अव अगाडी के पढ्नु छ होमवर्क छकि छैन भनेर सोध्ने नत फुर्सद छ नत जाँगरनै । अनि यदि हप्तामा एकदिन फुर्सद भयो भने आमाचाही काममा लगाउने युनिफर्म धुन, त्यसलाइ आइरन गर्न र अन्य घरधन्दामै ब्यस्त बाबुचाही कुन संस्थाको नेता बनेको छ त्यो संस्थाको मिटींगमा, बस दिन सकियो । छुट्टी र फुर्सदको दिन पनि यसरी सकिन्छ । अनि जव घमाइलो दिनहरु आउछन् हरेक हप्ता एउटा न एउटा संस्थाको मासु पोल्ने योजना हुन्छ र त्याहाँ जानु पर्यो । किन भने आफु गइदिएन भने आफुले कुखुराको पखेटा पोल्दा उ आइदिन्न । कसैकसैले त त्यहाँ छोरा छोरीलाइ पनि लिएर जान्छन् तर आफ्ना छोरा छोरी कहाँ र कोसंग खेलीरहेका छन् भन्ने कुराको जानकारी भने उनिहरुलाइ हुन्न ।  बेलायतमा यसप्रकारको संस्कारले नराम्रोसंग जरा गाढेको छ । खासगरी बेलायतको नेपाली डायस्पोरा अत्यन्त स्वार्थी र इस्र्यालु मनोबिज्ञानबाट बिकाश भैरहेको छ । यसरी गलत ढंगले बिकाश भएको मनोबिज्ञानमा सहीबाटो देखाउनका निम्ति सिधा “यसो गर्न हुन्छ वा यसो गर्न हुन्न” भनेर कसैलाइ प्रशिक्षित गराउन सकिदैन किन भने यहाँ यसै पनि इस्र्यालु मनोबिज्ञानको बिकाश भएको छ, त्यहाँ उनिहरुले इस्र्याकै शन्देश बुझ्ने छन् र भन्ने छन् “ए हामीले कमाएको र हामी संघ संस्थामा नेता भएको रिस गरेर यसो भनेको होस्, सक्छस् भने आफुले पनि दुइवटा घर किन् र अनि संघसंस्थाको नेता पनि बन् ”  भनेर उल्टै दम्भ देखाउने छन् । त्यसैले बेलायती नेपाली डायस्पोराकालागि एउटा शसक्त  मदनकृष्ण र हरिबंशको आबश्यकता छ । जसले आफ्नो स्वार्थ भन्दा माथी उठेर अनि आफु बाँचेर  बेलायतमा लागेको यसप्रकारको रोगको उपचार गर्न सकोस् ।

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *