फुटेको घैंटो जोड्न खोजे पनि

Sher Deuba and Sushil Koirala-शशी पौडेल
नेपालीमा एउटा भनाइ छ “फुटेको घैटो फेरी जोड्न सकिदैन” । उक्त भनाइ नेपाली कांग्रेसका बरिष्ठ नेता शेर बहादुर देउवाले हालै बेलायत भ्रमणक्रममा  प्रमाणित गराएका छन् । पूर्ब प्रधानमन्त्री शेर बहादुर देउवाले बेलायतमा नेपाली कांग्रेस कार्यकर्ताहरुलाइ प्रश्ट दुइभागमा बिभाजन गराएर छोडे । उनी आफ्ना भनेर चिनिएका कार्यकर्ता भन्नेहरुका हरेक कार्यक्रममा उपस्थित भए भने शुशिल कोइराला नजिक भनेर चिनिने कार्यकर्ताहरुका महत्वपूर्ण कार्यक्रममा पनि गएनन् भनेर नेपाली कांग्रेस श्रोतले गुनासो गरेका छन् ।
शेर बहादुर देउवा नेपाली कांग्रेसको नेता मात्र नभएर समग्र नेपालीहरुका निम्ति उनि मुलुकको पूर्व प्रधान मन्त्री पनि हुन् । त्यस अर्थमा उनले नेपाली कांग्रेसका कार्यकर्ताहरुले आयोजना गरेको कार्यक्रममा मात्र नभै कुनै पनि नेपाली संघ संस्थाले आयोजना गरेको कार्यक्रममा पनि उपस्थित जनाउनु पथ्र्यो । तर उनले त्यसो नगरेर आफ्नै पार्टीका कार्यकर्ताहरुलाइ समेत निराश तुल्याए ।
मलुकको बर्तमान अवस्थाको कुरा गर्ने हो भने मुलुकका समस्थ राजनैतिक पार्टीहरु एकठाँउमा उभिएर निकास खोज्ने बेला छ । त्यस्तै सम्पूर्ण सम्बिधान सभासदले आफ्ना ब्यक्तिगत र पार्टीगत स्वार्थलाइ त्यागेर देशको हितका निम्ति एकगठ हुनु पर्ने बेला हो । भनिन्छ एउटा राष्ट्रभक्तले आफ्नो ब्यक्तिगत, गुटगत र पार्टीगत स्वार्थलाइ त्यागेर आगामी पिंढीकालागि राजनिती गर्छ रे र एउटा राजनितीज्ञले पार्टीगत स्वार्थमा रुमल्लिए पनि कमसेकम आगामी निर्बाचन सम्मकालागि रणनिती तय गरेको हुन्छ रे तर पूर्ब प्रधानमन्त्री शेरबहादुर देउवाले भने आगामी निर्बाचन सम्मकालागि पनि रणनिती तय गर्नतिर नलागी नितान्त दुइ चारदिन बेलायत बस्दा खेरी सम्मका लागिमात्र राजनिती तय गरे । उनको यो गुटगत चिन्तन मुलुक, मुलुकबासी र बिदेशमा रहने नेपालीहरुकालागि  समेत दुर्भाग्य हो ।
हुनत शेरबहादुर देउवा गुटगत राजनितीका मसिहा हुन् । उनको राजनितीक सुरुकाल देखि अहिलेसम्म आइ पुग्दा उनले गुटगत स्वार्थलाइ त्यागेको कुनै उदाहरण छैन तरपनि अहिलेको मुलुकको अबस्थामा सायद उनले गुटगत स्वार्थ त्यागेर कमसेकम मुलुकका लागि नभए पनि नेपाली कांग्रेसकालागि मात्र राष्ट्रिय राजनिती गरिदिएको भए मुलुकको निकाशकानिम्ति तातो ढुंगामा एकथोपा पानी चुहेजत्तिको हुने थियो । तर उनिबाट त्यति पनि हुनसकेन । मानौ भबिश्यमा उनी प्रधानमन्त्री भए भने उनले त मुलुकको प्रधानमन्त्री पदको सपथ ग्रहण गर्नु पर्ने छ । त्यतिबेला नेपाल र नेपाली जनताले उनिबाट के आशा गर्ने ? जब उनी आफ्नै पार्टीका कार्यकर्ताहरु मध्य पनि गुटगत रुपमा हेर्छन् र आफ्नै पार्टी सदस्यहरुले आयोजना गरेका कार्यक्रमा उपस्थित हुन नामन्जुर गर्छन् भने के उनले समग्र नेपाली जनताको भलो चिताउलान् ?
गहिरिएर मुलुकको अबस्थालाइ हेर्ने हो भने केहि समय यता बेलायतको यतिखेरको घटना मात्र नभै  नेपालमा घट्दै गरेका घटनाहरु मुलुक र मुलुकवासीका लागि कहाली लाग्दा छन् । मानौ अनुशासित हुन कसैले जानेकै छैन । नैतिकताको प्रश्न कसैका सामु उठ्ने गरेकै छैन । आचारण भन्ने कुन चराको नाम हो थाहा छैन । जिम्मेवारी कुन तरुलको खाल्टोमा पुरियो कसैलाई अनुमान छैन । पटक पटक प्रधानमन्त्री पदको सपथ खाएका ब्यक्तिले आफ्ना कार्यकर्ताहरुबीच कसरी र कस्तो ब्यवहार गर्नु पर्छ भन्ने कुरामा अनविज्ञ छ । अनि  वालुवाटार सम्मको वाटो तय गर्ने उद्धेश्यले भने अगाडी बढिरहेको छ । उनले विश्व राजनीतिक इतिहासले देखाएको  अनुभव बटुल्ने प्रयास त गरेनन् गरेनन् , उनमा राजनीतिक कर्मीलाई कमसेकम चाहीने राजनीतिक कमनसेन्स र सामान्य ज्ञानबाट समेत अनबिज्ञ भै सत्ताको पगरी गुथ्न चाहानु मुलुक र मुलुकवासीका निम्ति ठूलो दुर्भाग्य हो ।
शेर बहादुर देउवा कहाँ र कस्को “फुटाउ र राज गर” भन्ने नितीबाट परिचालित छन् भन्ने प्रश्न अहिले सोधिन थालेको छ । उनले बेलायतमा देखाएको यो बच्कानापन “एक पटक फुटेको घैटो फेरी जोडिन्न” भन्ने निहित सिद्धान्तमा मात्र आधारित छैन । किनभने उनि आफ्नो बल र बुताले राजनिती गर्ने ब्यक्ति होइनन् । उनि सिआइएद्धारा सन्चालित कार्टर सेन्टरको नजिक रहेका ब्यक्ति हुन् । उनलाइ नेपाल र नेपालीको भन्दा पनि उनि नजिक रहेको कार्टर सेन्टरको बढी मायाँ छ । यस्ता ब्यक्तिले आज एउटा समुहको साथ लिन्छन् भने भोली त्यो समूह यदि आफ्नो स्वार्थ अनुकूल रहेन भने त्यसलाइ लात्तीले हानेर अर्को समूहको साथ लिन पुग्छन् । यस अर्थमा शेर बहादुर देउवा यसपाली जजस्को भए अर्को पटक आउँदा उनी अर्कैको हुनेछन् । त्यसैले यतिखेर म बेलायतका नेपाली कांग्रेस नेता एबं कार्यकर्ताहरुलाइ अझ विशेष गरी शुशिल कोइराला नजिक भनेर चिनिने कांग्रेस कार्यकर्ताहरुसंग के अनुरोध गर्न चाहान्छु भने बीपी कोइरालाको “प्रजातान्त्रिक समाजबाद” भनेको फुटाउने राजनीति हैन जुटाउने राजनीति हो । यसले द्धन्दबादको आधारमा राजनीतिक एंव सामाजिक महत्व राख्दछ । यसको महत्व र गरिमालाई नोक्सान पु¥याउने जो कोहीले पनि चाहान्छ भने आफैले स्वंय आफ्नो राजनीतिक अस्तित्व मेटाउने छ । त्यसैले  यस्ता प्रवृति भएका ब्यक्तिहरुसंग चाहे उनिहरु बरिष्ठ नेतानै किन नहुन् , इमान्दार नेपाली र इमान्दार राजनीतिक कर्मीहरु सर्तक रहनु नै बुद्धिमानी ठहर्नेछ ।

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *