पाठकहरुको प्रतिकृया पढेपछि

मलाइ प्रायजसो पाठक प्रतिकृया पढेपछि अरु लेख्ने उर्जा प्राप्त हुन्छ । अझ खास गरि पछिल्ला दिनहरुमा प्रकासित सामाग्रीहरुका बारेमा प्रिय पाठक बृन्दबाट आएका प्रतिकृयाहरु अझ उर्जाशील हुने गर्दछन् । किन भने पाठकहरुको धक नमानीकन मनमा लागेका कुराहरु लेखेर वा मौखिक प्रतिकृया दिने बानी छ । मेरै कतिपय लेखमा पनि पाठकबृन्दबाट मिश्रित प्रतिकृया आउने गरेको छ । जस्तै कन्सपिरेसी थेउरी, बाहुनबादी, पाँच मिनेट खेर गएको र अर्को तर्फ राम्रो, उच्च, गहन अध्ययन भएको मान्छे, यसबारे अरु पढ्न मन छ, यसलाइ अरु बिष्लेषण गर्नुस् वा अरु तन्काउनुस् आदी आदी । 
तपाइले लगाएको कोट कति राम्रो छ भन्ने मित्रहरुसंग मात्र होइन, तपाइले लगाइको कोटमा धुलो लागेछ टकटक्याउनु पर्ने भयो भन्ने मित्रहरुलाइ पनि त्यत्तिकै माया र सम्मान गर्ने मेरो बानी छ । हुनत केही कुरामा अझ भनौ बिषय बस्तुको उठान र बैठान अनि सैलीका बारेमा मेरो र अन्य लेखकहरु बीच केही बिमती हुन सक्लान् । अव रह्यो सैलीका कुरा कसैको बिचारमा “इटको जवाफ पत्थर” भन्ने हुन्छ भने कसैले अली धैर्य गरेर अर्को कुनै बिकल्प खोज्दछन्, फरक त्यत्ति मात्र हो ।
मैले पनि केही पाठकहरुबाट अली बुझिने भाषमा लेख्ने आगह सहितको प्रतिकृया पाएको छु । मित्रको उक्त आग्रहले मलाइ निकै उर्जा दिएको छ, मेरो कमी कमजोरी सच्याउने मौका पाएको छु र मैले ल्किस्ट भाषा नलेखेर सरल भाषा लेख्नु पर्ने महसुष गरेको छु । घुमाइ फिराइ गरेको कुराले मानिसलाइ त्यति प्रभाव नपार्न सक्छ । एउटा भनाइ छ बाटो अप्ठारो भए पनि सोझो बाटो हिड्यो भने छिटो गन्तब्य भेटाउन सकिन्छ । सोझो बाटो हिड्दा ढुङ्गा, मुढा र काँढा पन्छाउनु पर्ला त्यो अलग कुरा हो । त्यसमा पनि कोही बाटो छेकेर ढम्म उभिएको ढुङ्गालाइ बाटो छलेर हिड्छन्, कोही त्यसलाइ अलिकति पन्छाएर अगाडी बढ्छन् भने कोही पुरै छन्छाएर बाटो खुला गरेर अगाडी बढ्न चाहान्छन् । फरक त्यत्तिमात्र हो ।
यतिखेर मलाइ एउटा घटना ताजा सम्झना हुन्छ, घटना यस प्रकारको थियो २०३० साल फाल्गुण महिनाको कुरा हो मेरो एस् एल् सीको परीक्षा सकिए पछि वुवाले मलाइ बनारस पठाउने निधो गर्नु भयो र वुवा, एकजना छिमेकी कान्छादाइ र म बनारसका लागि प्रस्थान ग¥यौं । मेरो घरबाट तानसेन वा बुटबल दुबै ठाँउमा जान निकै पैदल हिड्नु पथ्र्यो तर दुरी झण्डै बराबर जस्तै थियो । त्यसैले हामी बुटबल तर्फ जादै थियौं , लगभग दुइघण्टा जति हिडे पछि एउटा सानो जंगल पार गर्नु पथ्र्यो । उक्त जंगल पार गरेर एक लर्कन हिडे पछि बुटबल माथिको दोभान पुगिन्थ्यो । जंगल सुरुमात्र के भएको थियो, हाम्रो अगाडी बाटोमा बाटोमाथिबाट भरर ढुङ्गा र माटो खस्यो । ढुङ्गा र माटोले बाटो भरियो । बुवाले बाटो माथी हेर्नु भयो । त्यहाँ एकजना ब्यक्तिले जंगल खनेर ठूला ठूला ढुङ्गा पन्छाएर बारी बनाउदै रहेछन् । बुवाले उनलाइ बोलाएर भन्नु भयो “हेर बाबु तिमिले दुइ वटा गैर कानूनी काम ग¥यौ, पहिलो यो जंगल सार्वजनिक हो यसलाइ तिमिले ब्यक्तिगत बारी बनाउन पाँउदैनौ, दोस्रो त्यहाँ खनेर ढुङ्गा र माटोले यो सार्वजनिक बाटो बन्द गरायौ । ल तल आउ पहिले यहाँ आएर बाटो सफा गर अनि अरु कुरा गरौंला ।” तर उसले अनसुनी ग¥यो बुवाले फेरी बोलाउनु भयो, तर उसले त्यहीबाट चिच्याएर भन्यो “बाटो सफा गर्ने मेरो काम होइन, तिमीलाइ हिंड्नु छ भने आफै सफा गर ।” बुवाले अगाडी भन्नु भयो “बाटो रोक्ने काम पनि त तिम्रो होइन नि ।” उ रिसले चुर हुदै भन्यो बढी नबोल बाजे टाउकोमा ढुङ्गा हानेर भागुला । कान्छादाइले भने बाजे भैगो झगडा नगरौं बाटो म सफा गर्छु । हामी तीनैजना मिलेर बाटो सफा ग¥यौं । अलिकती बाटो खुलेपछि मैले भनें हामी हिड्न सक्छौ. पुग्यो अव, तर बुवाले भन्नु भयो होइन यो सबै सफा गर्नु पर्छ किन भने यहाँ गाइ बाख्रा चराउन ल्याउने छन्, गाइ हिड्न नसकेर लड्न सक्छ, त्यति मात्र हैन भारी बोकेर आउने जानेलाइ पनि मुस्किल पर्छ । एक घण्टा जति लाग्योहोला बाटो सफा गर्न । हामी त्यहाँबाट अगाडी बढ्नु अघि बुवाले भन्नुभयो “हेर तिमीले यो काम गलत गर्दै छौ यसले तिमीलाइ नै नोक्सान हुने छ ।” “जाउ जाउ बाजे आफनो बाटो लाग, बढी उपदेश नदेउ” भन्दै उसले बारी खनिनै रह्यो ।
म पाँच महिनाका लागि बनारसमै बसें बुवा र कान्छादाइ मलाइ पु¥याएर फर्किनु भयो । जव म असारमा घर फर्कें कान्छादाइले उत्साहित हुदै कुरा सुनाए “बाबु सम्झिनु हुन्छ ? हामी जाँदा बाटामा एउटा बारी खन्ने थियो नि ?” मैले भनें सम्झिन्छु म फर्किदा त्यहा हेर्दै आएको थिंए । कान्छादाइले अगाडी भने त्यही दिन जुन दिन हामी गयौं त्यस पछि पनि उसले बारी खन्दै रहेछ बारीबाट उसले खसालेको ढुङ्गा तल पट्टी चरिरहेको उसैको जोत्ने गोरुलाइ लागेर पुकलुक्कै मरेछ ।
उपरोक्त घटनाले मलाइ दिएको शिक्षा के हो भने हामी पत्रकारहरुको काम भनेको माथी वुवाले ती ब्यक्तिलाइ भने जस्तै गैर कानूनी काम वा अरुलाइ दुखहुने काम कसैले गरेको छ भने यस्तो गल्ती भैरहेको छ है भनेर छर्ललङ्ग देखाइ दिने हो, अनि त्यसो नगर्न आग्रह गर्ने पनि, तर हाम्रा ती आग्रहहरु कसैले सुन्छ वा सुन्दैन त्यो उसको कुरा हो । कसैले सुन्न मन पराउन्नन् । कसैले त्यसलाइ गालीका रुपमा लिन्छन । कोही आफ्नो गालामा लागेको कालो दाग पुछिदिएको भनेर धन्य हुन्छन् । फरक उनिहरुले कसरी बुझ्दछन् वा बिषय बस्तुलाइ कसरी ग्रहण गर्दछन् भन्ने मात्र हो ।

Bookmark the permalink.

One Response to पाठकहरुको प्रतिकृया पढेपछि

Leave a Reply

Your email address will not be published. Required fields are marked *