नेपाली प्याराओलम्पीयनहरुलाई आर्थिक सहयोग

रमेश साराङ्ककोटीबाट

“नेपालको झण्डा लिएर दौडिनुस, तपाई अझ दौडिनुस, तपाई दौडिदिए मात्र पुग्छ ।”
सो एसिया क्याम्बर्लीमा सेप्टेम्बर ४ तारीख सांझ ७ बजेतिर रमाईलो माहौल थियो । सांझको खाना खान आएका ग्राहकहरु नेपाली तथा बेलायती ओलम्पीयनहरुसंग फोटो खिचाउन पाएकोमा रमाएका थिए । उक्त रमाईलो कार्यक्रम अरु केही नभएर नेपालबाट प्यारा ओलम्पीक्समा भाग लिन आएका खेलाडी तथा प्रतिनीधीहरुको स्वागत तथा आर्थिक सहयोग कार्यक्रमका थियो । कार्यक्रमको आयोजना सो एसिया क्याबर्ली र नेटफक्स लिमिटेडको संयुक्त आयोजनामा गरिएको थियो ।
सो एसियाका प्रबन्धक रमेश साराङ्ककोटीले संचालन गरेको कार्यक्रममा नेपालबाट प्याराओलम्पीकमा सहभागी हुन आएका खेलाडी, प्रतिनिधीहरु तथा बेलायतमा बसोबास गरेका नेपालीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा एन आर एन युकेका पूर्व अध्यक्ष मे.(रि.) डमर घले, निवर्तमान अध्यक्ष सूर्य गुरुङ, मगर संग युके तथा एभरेष्ट टाईम्सका अध्यक्ष मे.(रि.) कुल बहादुर थापा, रेडीयो बीजीडब्लुएसका मे.(रि.) सोनाम शेर्पा तथा प्रमिला राई, क्याम्बर्ली नेपाली समाजका क्या. (रि.) बलराम घले, नेपाली बुद्धिष्ट समाजका काजी शेर्पा, एभरेष्ट टाईम्सका मिलन ज्ञवाली, सो एसियाका ज्ञान केसी तथा विक्रम जोसी लगायत नेटफक्स र सो एसिया क्यामबर्लीका कर्मचारीहरुको पनि उपस्थिती रहोको थियो ।
नेपालबाट आएका खेलाडी तथा प्रतिनीधीहरुलाई एभरेष्ट टाइम्सका सम्पादक मिलन ज्ञवाली, मे.(रि.) डमर घले, मे.(रि.) कुल बहादुर थापा,  मे.(रि.)सोनाम शेर्पा र काजी शेर्पाले बेलायतमा स्वागत गर्दै बांकी बसाई सुखमय होस भनेर शुभकामना ब्यक्त गरेका थिए ।
खेलाडीहरुको तर्फबाट बिक्रम बहादुर राना, मैयां बिसुखेले आफ्नो अनुभव बताएका थिए । अनुभव बताउने क्रममा मैया विसुखे खुसीले बोल्न नसकेको अवस्थामा रमेश साराङ्ककोटीले उत्साह दिदै “नेपालको झण्डा लिएर दौडिनुस, तपाई अझ दौडिनुस, तपाई दौडिदिए मात्र पुग्छ” भन्दै थप हौसला दिएका थिए ।
नेपाली प्रतिनीधीहरुको तर्फबाट नेपाल अन्तरराष्ट्र्रिय प्याराओलम्पीक्स समितिका अध्यक्ष सुरेन्द्र बस्नेत र रमेश श्रेष्ठले विगतमा भएको नेपालको प्रतिनिधित्व, समस्या, योगदान तथा बर्तमान बाधा अड्चनहरुको बारेमा बताएका थिए । प्रशिक्षक लिला श्रेष्ठले खेलाडीहरुलाई आवश्यक पर्ने ड्रेस उपलब्ध गराउनको लागि गरिएको पहलको बारेमा उल्लेख गर्दै नेटफक्स लिमिटेड तथा सो एसियाले गरको सहयोगको प्रशंसा गरेका थिए । प्यारा ओलम्पीक्सको लागि परिवारिक सहयोगी लोराले सो कार्यक्रममा उपस्थित हुन पाएकोमा गर्व लागेको र ज्यादै खुसी भएको बताएकी थिईन् ।
कार्यक्रमको अन्तमा नेपाली प्रतिनीधीहरुलाई मायाको चिनो, दुई जना खेलाडीहरुलाई जम्मा ५०० पाउण्ड नेटफक्स लिमिटेड तथा सो एसियाको तर्फबाट चेक हस्तान्तरण गरिएका थियो भने सबै उपस्थित पाहुनाहरुलाई रात्री भोजको आयोजना गरिएको थियो ।

Bookmark the permalink.

One Response to नेपाली प्याराओलम्पीयनहरुलाई आर्थिक सहयोग

Leave a Reply

Your email address will not be published. Required fields are marked *