धर्म ब्यापारिक केन्द्र बनेपछि

Religion-शशी पौडेल
साँचो अर्थमा धर्म भनेको यस्तो बिश्वास हो, जसलाइ अरु कुनै पनि लोभ, लालचले हल्लाउन सक्तैन । धर्म प्रतिको बिश्वासले संसारमा हज्जारौं पटक नरसंहार भएका छन् । र त्यसको क्रम जारी छ । भारतवर्षमा भएका रामचन्द्र र रावणबीचको युद्ध, महाभारत युद्ध र अहिलेसम्म जारी काश्मिर वा भनौ अयोध्यापुरी । ११रौ सताब्दीको अन्ततिर रोम इसाइहरुका युद्धनायकहरु युद्ध गर्दै संसार चाहार्न थाले । युरोपमा भएका ३० बर्षे युद्ध देखि अन्य अनगिन्ती युद्धहरु, खाडी क्षेत्रमा भएका र हुदै आइरहेका नरसंहार । चाहे खुमेनी भन्नुस चाहे अल का इदा वा ओसामा बीन लादेन वा अहिले भैरहेको इस्लामिक स्टेटका लागि युद्ध । यी सबै युद्ध हामी सबैले इतिहास पुस्तकमा पढ्यौं र अहिले केही प्रत्यक्ष देखिरहेका छौं । तर सायद ती वा यी युद्धहरुले अहिले हामीलाइ प्रत्यक्ष असर पारीरहेको नहुन सक्छ । तर अप्रत्यक्षरुपमा भने हर निमेस र हर पाइलामा प्रतिकूल असर पारीरहेको छ ।
धर्मको नाममा हुने ब्यापारले त झनै हरेक ब्यक्तिको दिन चर्यामा आघात पुर्याउदै आएको छ । केही दिन अघिको मात्र कुरा हो, एकजना नेपालका सम्बिधान सभासदले संसदमै क्रिश्चियन धर्म बाहेक अरु धर्मलाइ अपमान गरे । यसो हुनु पनि धर्मको किनबेचको कारण हो । उनि धर्ममा बिकेकाले उनमा यस्ता कुराहरु अभिब्यक्त गर्ने हिम्मत भएको हो । जब उनि आफ्नो धर्म प्रति अरु कसैले अपमान  नगरोस् भन्ने चाहान्छन् भने उनले अन्य धर्मलाइ पनि सम्मान गर्न सक्नु पर्द छ । यदि आफुले अरुबाट सम्मान पाउने आशा गर्छ भने अरुलाइ पनि सम्मान गर्न सक्नु पर्द छ । जीबित ब्यक्ति त के निर्जिव बस्तुको समेत हामिले सम्मान गर्न सकेनौं भने उसले पनि हाम्रो अपमान गर्ने छ । एउटा उदाहरण लिउं हामिले लगाउने कपडा, बजारमा किन्छौं, त्यसैले त्यो हाम्रो ब्यक्तिगत सम्पत्ती हो, यदि हामिले त्यसलाइ पनि सफा सुग्घर राखेनौं भने त्यसको कारणले हामिले अपमान ब्यहोर्नु पर्ने हुन्छ ।
मैले यस अघिनै पनि नेपालमा खासगरि  १९५० दशकको सुरुदेखि क्रिश्चियन धर्मको प्रचारमा तिब्रता आएको भएपनि १९९०को परिवर्तन पछि भने युरोपियनहरुले धर्म परिवर्तन गराउने काममा अरु तिब्रता ल्याए । उनिहरुले धर्म परिवर्तन गराउने मात्र नभएर नेपालको राजनितीमा पनि नग्रा गाढेर नेपालको राजनितीमा बिष बमन गर्दै नितान्त दुर्गम क्षेत्रका गरीव र अशिक्षित जनताका ब्रेन वास गर्न थालेको कुरा लेखिसकेको हुँ । त्यस बाहेक १९७०/ ७१मा युरोपका बिभिन्न धर्म प्रचारकहरु अध्ययन,अनुसन्धानको बहानामा भारत पुगे तर त्यतिबेला इन्दिरा गान्धीले उनिहरुलाइ गाँउ गाँउ पस्न प्रतिबन्ध लगाइन् । अनि उनिहरुले खालीहात फर्किनु भन्दा बरु उकालो नेपाल तिर लाग्ने निर्णय गरे र नेपालका बिभिन्न गाँउ गाँउमा अध्ययन अनुसन्धानको नाममा गोप्य रुपमा धर्म प्रचार गर्न थाले । धर्म प्रचारक्रममा उनिहरुले खासगरी जातीयताको बहाना अघि सार्दै भने “यस्तो पनि कहीं हुन सक्छ ? मान्छे मान्छे सबै एक हो । हरेक मान्छेको शरीर काट्यो भने रगतनै आउछ र सबैको रगत रातै हुन्छ । हिन्दु धर्मका प्रतिनिधी बाहुनहरुले तिमीहरुलाइ सानो जात गराएर दुख दिएका छन् ।” भन्दै एक वा दुइसय डलरको चेक काटेर हातमा थमाइ दिए बस । ती सभासद थापाले बेचेको आत्माको प्रायसचित्तका निम्तिी त्यसो भनेको हुनु पर्छ ।
हो मलाइ थाहा छ यो लेख पढेछि ती थापा लगायत तमाम नव क्रिश्चियन बनेका हिन्दु बिरोधीहरु क्रोधित हुने छन् । उनिहरु क्रोधित हुनुअघि मैले मात्र एउटा प्रश्न गर्न चाहान्छु । यदि उनिहरुलाइ डलर दिएर क्रिश्चियन बनाउनेहरुको मुलुक नर्बे, फ्रान्स, बेलायत, जर्मनी, इटली वा अमेरिकाको संसदमा त्यसरीनै कुनै एउटा धर्ममाथी आक्षेप लगायर अन्य धर्मको अपमान गरेको भए त्यसको हालत अहिले के हुने थियो । उत्तर सपाट छ उ २४ घण्टा भित्रै अदालतको कठघरामा उभिइसक्ने थियो । किनभने जसले उसलाइ एक सय दुइसय डलर दिएर इसाइ बनाएको थियो उसैको देश फ्रान्स, जर्मनी, इटली, नर्बे र अमेरिकाको सम्बिधानमै कुनै पनि धर्मका कारणले, जाती र लिंगका कारणले, उसको बौद्धिक क्ष्यमता वा अपांग भएको कारणले अपमान गर्न प्रतिबन्ध लगाएको छ । बेलायतमा लिखित सम्बिधान नभएका कारणले एण्टी डिस्क्रिमिनेशन एक्ट लागु गरेर कुनै पनि जात, जाती, धर्म, लिंग, अपांगताका कारण अपमान गर्न प्रतिबन्ध लगाएको छ । यदि कसैले एण्टी डिस्क्रिमिनेशन एक्टका बिरुद्ध अरु कसैको अपमान गर्यो भने दशहजार पौण्ड सम्म जरिवाना र तीन बर्ष सम्म कैद सजायको ब्यवस्था छ ।
२०२१ सालमा पूर्व राजा महेन्द्रले मुलुकी ऐन लागु गरेपछि कानूनतः जाती पाती र छुवा छुतको अन्त भएको हो । मुलुकी ऐनमा मुलुकलाइ हिन्दु राज्य भनेर लेखिएपनि कुनै पनि जात जातीको अपमान गर्न नपाउने प्रश्ट ब्यवस्था गरेको थियो र कसैलाइ पनि लोभ लालचा देखाएर वा जबर्जस्ती वा धम्क्याएर धर्म परिवर्तन गराउन नपाइने ब्यवस्था गरेको थियो । त्यसपछि अहिले सम्मको मुलुकको इतिहाँसलाइ हेर्नेहो भने २०४६ साल पछिको संसद वा पहिले भनिने राष्ट्रिय पञ्चायतमा यसप्रकारको धर्म र जतीयताका बिरुद्ध अपमान भएको थाहा छैन । हरेक जात जाती र धर्माबलम्बीहरु एउटै मन्चमा बस्दै आएका छन् र एउटै ठाँउमा खाँदै र पिउदै आएका छन् । त्यतिबेला देखि कुनै पनि यस्तो मन्त्रीमण्डल बनेको छैन कि त्यो मन्त्रीमण्डलमा आफुलाइ तल्लो जाती भन्नेहरु र आफुलाइ आदिबासी भन्नेहरु सम्मिलित नभएको होस् । पञ्चायत कालको राष्ट्रिय पञ्चायत र २०४६ पछिको बहुदलिय शासन ब्यवस्था पछि पनि नेपालमा पिछडिएका जनजाती भन्नेहरुबाट र आफुलाइ तल्लो जाती भन्नेहरुबाट संसदमा मनोनित हुने गर्छन् । पञ्चायतकालमा त झन सम्बैधानिक अंग मानिने र सम्बैधानिक अंगका रुपमा नियुक्ति गरिने अञ्चलाधिशको १४ वटा पद मध्य सातवटा जानेर बुझेर पिछडिएका जनजाती भन्नेहरुबाट र आफुलाइ तल्लो जाती भन्नेहरुबाट नियुक्ति हुन्थे । उनिहरुलाइ कुनैपनि क्षेत्री बाहुनहरुले तिमीहरु तल्लो जातीका हौ भनेर भनेको छैन बरु उनिहरु स्वयं तर्किने गर्दछन् । मनागं जिल्ला धेरै पिछडियो भनेर तत्कालिन राजा महेन्द्रले मनागेंहरुलाइ स्वतन्त्र रुपमा बिदेश ब्यापार गर्न पाउने अनुमती समेत दिएका थिए ।
म भर्खरको टीन एजको युवक थिएं, नेपालमा एकजना बिश्वकर्मा नामका शिक्षामन्त्री थिए । उनि पाल्पा आएकोबेला उनको स्वागतमा जिल्ला कार्यालयले चिया पान समारोहको आयोजना गरेको थियो । मलाइ पनि मन्त्री कस्ताहुने रहेछन्, सिंग जुर्रो आएकोकि, नाक सिलित्त परेको कि, अथवा अंचलाधीश जस्तै थेप्चो नाक भएको कि भन्ने उत्सुकता जागेर त्यो चिया पान समारोहमा जान मनलाग्यो र बाबासंग जिद्धीगरेर गएं । उक्त चिया पान समारोहमा मन्त्री आफै उठेर सबैको चिया हातहातमा दिए । म अचम्म परें, यति असल मन्त्री सबैलाइ चिया दिने ? त्यतिबेला अञ्चलाधीश जनजातीका थिए भने जिल्ला पञ्चायत सभापति पनि मगर जातीका थिए । उनिहरुले एक अर्का तिर पुलुक्क हेरे । त्यहाँ मेरो बुवा लगायत केही उपाध्य ब्राहमण थिए भने क्षेत्रीहरु र नेवारजातीका प्रधानपञ्च सहित अन्य नेवारहरु पनि थुप्रै थिए  । ती मगर जातीका सभापति र राइ, लिम्बु वा गुरुंग जातीका के थिए ती अञ्चलाधीशले चिया हातमा त लिए तर पिएनन् । उनीहरुले धेरैबेर सम्म चिया हातमा समाइरहेको देखेपछि मेरो ध्यान उनीहरुमा केन्द्रित थियो ।  केही नेवारहरुले त मन्त्रीजीले दिएको चिया जस्ताको तस्तै छोडेर हिंडे । त्यहाँ उपस्थित अन्य क्षेत्री बाहुनहरुले भने चिया पिए । त्यो दृश्यबाट मैले पाएको उत्तर केहो भने क्षेत्री बाहुनहरुलाइ जनजातीहरुले जुन आरोप लगाउछन् नी त्यसको बिपरित खुल्ला ह्ृदयका र सरल रहेछन् भने स्वयं जनजातीहरु कट्टर हुंदा रहेछन् । तर अहिले उनिहरुलेनै धर्मलाइ ब्यापारिक केन्द्र बनाएर बिक्रिहुने पसल थापेका छन् ।

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *