दौराको फेरो समाउन लगाउने र समाउने काम बन्द हुनु पर्छ

– शशी पौडेल
मैले बहुदलीय व्यवस्था आए पछि के फरक पाएं भने प्रहरीले जुन आफ्नो गतिमा जानु पर्ने हो त्यो गएन । यसको खासकारण प्रहरीमा राजनीतिकरण भएर हो भन्ने मान्यता मेरो हो । अर्थात प्रहरीमा राजनीति बढी हावी भयो । जस्तै प्रहरी सेवामा एउटा गलत मनोविज्ञानले काम ग¥यो । त्यो के भने मैले एउटा कुनै पार्टीको नेताको दौराको फेरो समातें भने मेरो पद बंच्दछ र बरु मेरो बढुवा पनि हुन्छ भन्ने । यो कुरा मुलुकको शान्ति र सुरक्षाका लागि हानीकारक हो ।
उक्त कुरा पूर्व एआइजीपी राजेन्द्र बहादुर सिहले एक कुराकानीमा बताएका हुन् ।
नेपालको राजनीतिमा पुर्खा देखि आर्जेको इज्जतको कदर गर्दै २०३३ सालमा प्रहरी सेवामा भर्ना भएका राजेन्द्र बहादुर सिहं नेपाल प्रहरीको स्तर खसाल्ने काम नेपाल सरकारले नै गरेको दावी गर्छन् । उनि जनमत संग्रह अगाडिको नेपाल, २०३६ साल पछि बहुदलिय शासन व्यवस्था लागू हु“दा सम्म, बहुदलिय व्यवस्था भित्र अनि पूर्व राजा ज्ञानेन्द्रको शासनकाल र संविधानसभा निर्वाचनको घोषणा हु“दा सम्मको अवस्था सम्म प्रहरी अधिकृतको हैसियतमा प्रत्यक्ष सहभागि भएका हुन् । यिनै सेरोफेरोमा रहेर मैले एक वर्ष अघि वेलायत भ्रमणमा रहेको बेला पारी पूर्व एआईजिपी राजेन्द्र बहादुर सिंहसंग कुराकानी गरेको थिंए ।
सूदुर पश्चिमाञ्चलको सेती अंचल बझाङ जिल्ला पूख्यौर्ली घर भै काठमाण्डौंको दिल्ली बजारमा जन्मे र हुर्केका राजेन्द्र बहादुर सिहं एक त्यागी प्रहरी अधिकृतका रुपमा चिनिन्थे । पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले व्यक्तिगत रुपमा बोलाई प्रहरी संस्था व्यवस्थित ढंगले चलेन तपाई आइजीपी भैदिनु प¥यो भन्दा संस्था जुटले मात्र सफल हुन सक्छ समूह समूहमा विभाजित भयो भने यसले मुलुकको शान्ति सुरक्षामा धक्का पर्छ मैले जिम्मा लिना साथ प्रहरी भित्र दुई समूह बन्छ र मुलुकलाई नोक्सान हुन्छ भनी आइजिपी बन्न तयार नभएका एआईजिपी सिहंलाई दोस्रो जनआन्दोलनमा मानवअधिकार उंलधन गरेको भनी रायमाझी आयोगले सस्पेन्ड ग¥यो । आपूm सस्पेन्डमा परे पछि रायमाझीको ढोका ढक्ढकाउन पुगेछन् उनी । तर उनलाई रायमाझी स्वयंले तपाईलाई हाम्रो सस्पेन्ड चित्त नबुझे सस्पेन्डका विरुद्ध मुद्धा हाल्नुस् भनी जवाफ दिए पछि उनलाई अन्याय सहनु वाहेक अर्को चारा रहेन, उनको दाबी थियो ।
काठामाण्डौंबाट एसएलसी पास गरी त्रिभुवन विश्वविद्यँलयबाट व्यवस्थापनमा मास्टर्स गरेका सिहंले लिड्स विश्वविद्यालय बेलायतबाट क्रिमिनोलजी र अमेरिकाबाट एफविआइमा मास्टर्स गरेका छन् । देश विदेशका विभिन्न तालिम केन्द्रहरुबाट प्रहरी सेवाका लागि तालिम लिने क्रममा बेलायतबाट पनि तालिम प्राप्त गरेका छन् ।
उनी प्रहरी सेवामा कसरी पुगे त भन्ने चासो प्राय धेरैलाई लाग्न सक्छ किन भने उनी लिग अफ नेशन नेपालका फौण्डर मेम्वर बझाङ्गे राजा जय पृथ्वी बहादुर सिहंका नाति हुन् । प्रथम विश्व युद्ध पछि संसार भर राजनैतिक सर–संपर्क स्थापना गर्नका निम्ति स्थापित लिग अफ नेशन पछि संयुक्त राष्ट्र संघमा परिणत भयो । यद्यपी नेपालले यसप्रति कुनै लगाव राख्न सकेन ।
उनी भन्छन्– २०३३ सालको कुरा हो, मैले भर्खरै माष्टर्स सकेर राष्ट्रिय बिकास सेवा पनि सकेको थिएं । त्यतिखेर राम्रो काम गर्ने प्रहरीहरुलाई खुल्ला मैदानमा वाद्यवादन सहित स्वागत गरेको देखें । त्यो घटनाले मलाई प्रहरी सेवामा जाने प्रेरणा दियो । अर्कोतिर म एक राजनैतिक चिन्तन र विचार भएको परिवारमा जन्मे हुर्केको व्यक्ति भएकाले मेरो बाबाआमाले मलाई प्राज्ञिक सेवातर्फ लागोस् भन्ने चाहना राख्नु हुन्थ्यो । त्यसबाहेक म खेलकुदमा पनि राम्रो थिएं । व्याडमेन्टिनमा म एक राष्ट्रिय स्तरको खेलाडीमा गनिन्थें ।
तपाई एक सम्पन्न अझ भनौं एक संभ्रान्त परिवारमा जन्मे हुर्केको ठकुरी खान्दानको मान्छे प्रहरीको तालिम अवधिमा कतै छोडेर भागौं भागौं लागेन भन्ने जिज्ञासा राख्दा उनी भन्छन्– म सिभिल जीवन विताएको २१ बर्षको टिटो प्रहरी सेवामा भर्ना भए पछि विहान चा“डै उठ्न पर्ने, आफ्ना लुगा जुत्ता आफै मिलाउनु पर्ने मात्र नभै मैदान समेत सरसफाई गर्नु पर्ने, शुरु शुरुमा त दिक्क लागेर आयो तर पछि बानी पर्दो रहेछ । त्यस्तै सँ“चोमा ढालिदो रहेछ आपूmलाई ।
मेरो एउटा यस्तो अनुभव छ कि मेरो प्रहरी जीवनमा कुनै पनि तालिममा दोस्रो हुन परेन । म सधै प्रथम हुन्थें । चाहे त्यो स्वदेश होस् चाहे विदेश होस् । मेरा झण्डै दुई दर्जन तालिमहरुमा म सधैं प्रथम बनें । एउटा कुरा यहा“लाई भनौं म नेपालको पहिलो प्रहरी अधिकृत हू“ जसले एफ.वि.आई.मा गएर तालिम गरेर प्रथम भएको छु र मैले त्यहा“को लाइफ मेम्वरसिप पाएको छु । जुन कोर्ष म भन्दा अघि कसैले गरेका थिएनन् । बेलायत मै पनि मैले दुईवटा कोर्ष गरेको छु । अनि २००५ मा एउटा स्ट्राटजिक कमाण्ड कोर्ष गरेको हू“ र नेपाल प्रहरीको म मात्र एक्लो व्यक्ति हू“ जसले बेलायतबाट उक्त कोर्ष पुरा गरेको छ र म त्यहा“ पनि प्रथम नै भएं ।
तपाई एउटा यस्तो प्रहरी अधिकृत हो जसले मुलुकको पा“च कालखण्ड सम्म सेवामा रहनु भयो । जस्तै जनमत संग्रह अर्थात २०३६ साल अघिको अवस्था, जनमत संग्रह पछि २०४६ सालको कालखण्ड, २०४६ साल पछि पूर्व राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएको बेला, दोस्रो जनआन्दोलन र त्यस पछि संविधानसभाको निर्वाचनका बेला । कृपा गरेर मलाई यो बताईदिनुस् कि यी सबै काल खण्डहरुमा भएका परिवर्तनले प्रहरी संस्था एंव शान्ति सुरक्षाका अवस्थाहरुमा के फरक ल्याए ? भनेर सोध्दा उनी भन्छन् – निश्चय पनि यी कुराहरुबारे केन्द्रित हुनु आवश्यक छ । तर मैले तपाईलाई नितान्त प्रहरी संगठन जो मुलुकको सुरक्षा अंग हो । यसकै बारेमा कुरा गर्न चाहान्छु । यी सबै परिवर्तनका कुराहरु गर्दा जसरी प्रहरी संगठनले हरेक परिवर्तनलाई स्वीकारे र आत्मसाथ गर्दै गयो त्यसरी नै मैले पनि हरेक परिवर्तनलाई एक इमान्दार प्रहरीका हैसियतले आत्मसाथ गर्दै आए । जस्तै पंचायतकालको संविधानले प्रहरीको जुन काम, कर्तब्य र अधिकारको व्याख्या गरेको थियो त्यस्तै अनुसार मैले गरे । एउटै कुरा फरक त्यसबेला के थियो भने– प्रहरीको जिम्मेवारी निर्वाह गर्ने सवालमा यदि मैले जिम्मेवारी पुरा गर्न सकिन भने म कुनै पनि बेला मेरो पदबाट मुक्त हुने छु भन्ने थियो । जस्तै कुनै जिल्लामा म खटिएको अवस्थामा कुनै ठूलो जघन्य अपराध भयो भने त्यो केश पत्ता लगाउन नसके मलाई सरकारले कार्यवाही गर्न सक्छ भन्ने डर थियो । र पंचायतकालको इतिहास हेर्नु भयो भने धेरै प्रहरीहरुको जागीर गएका छन् । अर्को शब्दमा भन्दा त्यतिवेला प्रहरी सरकार र जनताप्रति उत्तरदायी थियो । तर जब २०४६ साल देखि यताको कालखण्ड भनौ त्यो बेला पनि संविधानले दिएको काम, कर्तब्य र अधिकारप्रति प्रहरी बोध नभएको हैन । जस्तै भनौं २०४६ सालको चैत्र २३ गते सम्म प्रहरी पंचायती व्यवस्थालाई कसरी बचाउने भनेर लाग्यो । राजाको घोषणा भए पछि हामी तुरुन्तै के भनेर लाग्यौं भने बहुदलिय व्यवस्थालाई आत्मासात गरेर नागरिक सुरक्षा कसरी दिने भन्ने तिर । प्रहरीलाई यस काममा कुनै किसिमको दुविधा वा असुविधा रहेन । यदि मलाई सोध्नु हुन्छ भने २०६३ सालको आन्दोलन भन्दा २०४६ सालको आन्दोलन अझ ठूलो थियो । जुन आन्दोलनले अधिराज्यभर छोएको थियो र ४६ सालको आन्दोलन पछि गठित नया“ सरकारले प्रहरी प्रशासनमा ठूलो फेरवदल ल्यायो । किनभने कसैलाई जनताले खेद्ने अवस्था आएको थियो । त्यस्तो अवस्थामा रातारात भगाउनु पथ्र्योै । चाहे अंचलाधीश एस्पी वा डिआईजी सबैलाई भगाउनु पर्ने अवस्था थियो । तर म २०४५ सालमा रुपन्देही जिल्लाको इन्चार्ज भएर भैरहवा गएं । जुन बेला पंचायती व्यवस्था थियो गृहमन्त्री भैरहवाकै थिए । पंचायत गयो तर म एउटा यस्तो व्यक्ति हू“ मलाई त्यहा“का जनताले त्यही राख्नु पर्छ भनेर मेरो सरुवा भएन । अनि २०४८ सालको पहिलो बहुदलको निर्वाचन सकेर त्यहा“बाट बढुवा लिएर म सारिएं । मलाई मैले गरेको कामको गौरव लाग्छ । भैरहवावासी र सम्पूर्ण रुपन्देहीवासीलाई मैले धन्यवाद नदिइ रहन सक्दिन किनभने उहा“हरुले मेरो कामको मूल्यांकन गरिदिनु भयो । यसरी ७५ जिल्लामा ७४ जिल्लाका जिल्ला प्रमुखहरु सरुवा हु“दा पनि म त्यही बसें । त्यहा“ पनि घटना भएको थियो । मल्लीक अयोग त्यहा“ पनि आयो तर म मात्र एउटा यस्तो मान्छे हू“ जसले घटना भएकै ठाउ“मा बसेर घटना बारे सफाई दिने मौका पाएको थिएं ।
तपाइले सुरुमा भनेको जस्तो प्रहरी सेवामा एउटा गलत मनोविज्ञानले काम गर्ने अवस्था आउनुमा कसको कमजोरी होला त ? उनी धक नमानीकन जवाफ दिन्छन् । र भन्छन्– सर्वप्रथम त मैले प्रहरी संगठनलाई दोष दिन्छु । दोस्रो राजनीतिक पार्टीहरु पनि प्रहरी संस्थालाई यस्तो बनाउनुमा कम दोषी छैनन् । हेर्नुस् प्रहरी संगठनको ऐन र नियम र संविधानमा प्रष्ट छ । प्रहरीले आफ्नो ड्यूटी कसरी गर्ने, जिम्मेवारी के के छ र के के प्रति उत्तरदायी हुनु पर्छ भन्ने पनि प्रष्ट छ । त्यति हु“दा हुदै पनि परिर्वतनको फाइदा उठाउन केही मान्छेले के गरे भने आफ्नो व्यक्तिगत फाइदाका लागि राजनैतिक पार्टीका नेताहरुलाई प्रभाव पार्न थाले अनि यस्तो देखे पछि अरु सबैलाई पनि अब बा“च्न र आफ्नो व्यक्तिगत विकासमा यसो नगरीकन हुदो रहेन छ भन्ने प¥यो र त्यस्तै गर्न थाले ।
दोस्रो कुरा राजनैतिक पार्टी र त्यसका नेताहरुले पनि आफ्नो फाइदाका लागि प्रहरीहरुलाई उपयोग गर्न थाले । उपयोग हुनु यो कमजोरी प्रहरी संस्था भित्र रहेको छ । त्यसै कारण प्रहरी संस्थाले आफ्नो काम गर्न सकेन । अव पुलिस खतम भयो भन्ने जनमानसमा प¥यो ।
तपाईले बहुदलीय कालखण्डमा प्रहरी भित्र राजनीति हावी भयो त भन्नु भयो तर पंचायत कालमा पनि त पंचहरुले प्रहरीलाई आफ्नै कठपुतली भन्ठान्दथे हैन र ? हास्“दै उनी भन्छन्– राजनैतिक दवावलाई प्रहरीले कसरी लियो भन्ने कुरा हुन्छ । म भैरहवा गए पछि त्यहा“का पञ्चहरु जस्तै दीपक बोहरा, निरञ्जन थापा आदिका कार्यकर्ताहरुले दवाव दिन खोज्थे तर उनीहरुले मलाई छुन सकेका थिएनन् । चारबर्षको मेरो त्यो कार्यकालमा दीपक बोहरालाई मैले थुनेको हू“ । उनन्चास सालमा लुम्विनीमा एउटा घटना भयो ज्यान मुद्धामा मैले दीपकलाई पनि थुनें । तपाईलाई थाहा होला भैरहवामा सबै पञ्च जस्तो लाग्थे । तर जब राजाले बहुदलको घोषणा गरे अनि सबैजना बहुदलवादी । त्यो अवस्थामा पनि त्यही टिक्न सक्नु भनेको सजिलो काम थिएन । यदि मैले कुनै पार्टीको पछि लागेको भए मलाई त्यहा“ टिकाउने थिएनन् । पहिले र बहुदल आए पछि फरक के भयो भने दवाव पहिले पनि आउथे तर यदि कुनै घटनाको छानविन राम्रो भएन भने आफ्नो जागीर जान्थ्यो त्यसैले दवाव भए पनि काम हुन्थ्यो । तर अहिले यदि कोही कुनै पार्टीमा लागेको छ भने काम गरिरहन पर्दैन । जागीर बचीरहन्छ ।
अहिले सम्म तपाईले पंचायत काल र बहुदलको कालखण्डको तुलना गर्नु भयो, पूर्व राजा ज्ञानेन्द्र राजा बने पछि, अनि उनले सत्ता एकाधिकार रुपमा लिए पछि र उनी हटे पछि के के फरक पाउनु हुन्छ त ? फेरी उनी मुस्कुराउछन् र बोल्न शुरु गर्छन्– खास कुरा के भने झण्डै डेढ बर्ष राजाले शासन लिए त्यो बेला म काठमाण्डौंमा एआइजीपी नै थिएं । राजाले सत्ता लिएको बेलामा दुइवटा कुरा स्पष्ट थिए । –पहिलो कुरा उनले दुई बर्ष मात्र शासन लिन्छु भनेका थिए र यी दुई बर्ष भित्र माओवादी समस्या समाधान गर्छु भनेका थिए । दोस्रो कुरा मुलुकको शान्ति सुरक्षाको थियो । हामीलाई हेलिकप्टरबाट आक्रमण भएको थियो । बाटोमा एम्बुस थापीएको थियो ।
त्यसो भए ज्ञानेन्द्रले सत्ता लिएको बाटो ठीक थियो त ? हैन मेरो भनाई ज्ञानेन्द्रले लिएको बाटो ठिक थियो भन्ने हैन । मेरो मात्र भनाई के भने देशको संविधान र कानूनले जे भन्छ त्यही गर्ने हो प्रहरीले । मैले अघि भनि सकें कि पंचायतकालमा हामीले पंचायत व्यवस्था बचाउछौं भन्थ्यौं । तर राजाले बहुदल घोषणा गरे त्यसपछि हामी बहुदलप्रति प्रतिवद्ध भयौं । तर प्रहरीले कहिल्यै पनि पंचायत चाहिन्छ भनेन ।
जव संविधानसभाको निर्वाचन हुने भन्ने घोषणा भयो र गिरीजा प्रसाद कोइराला अन्तरिम सरकारको प्रधानमन्त्री बने त्यसपछि प्रहरीमा बढी अराजकता देखियो हैन र ? उनले यसको जवाफ यसरी दिन्छन्– म त त्यतिखेर हटी हालें । २०६३ सालको आन्दोलन पछि गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री बने पछि हामीलाई हटाइयो । एउटा निष्पक्ष आयोगको नाममा रायमाझी आयोग गठन गरियो । आयोगले निश्पक्षता दिने भनियो र यसको काम दोस्रो जनआन्दोलनमा भएको घटनाहरुको अनुसन्धान गरी रिपोर्ट दिने भनियो । २६ गते त्यो गठन भयो । २८ गते सपथग्रहण गरे र त्यसको भोली पल्ट २९ गते कुनै अनुसन्धान नै नगरी हामी ४÷५ जनालाई हटाइयो । कुनै पनि आयोग गठन गरे पछि वास्तविकता पत्ता लगाउने हो तर आज आयोग गठन गर्ने त्यसको २४ घण्टा नवित्दै यी मान्छे बदमास हुन भनेर कार्यवाही गर्न मिल्ने कि नमिल्ने ? जव कि त्यहा“ कुनै अनुसन्धान भएकै छैन । प्रहरी आइजीपी ४ जना, एआइजीपी, शशस्त्रको आइजीपी, एआईजीपी आदि परे । त्यस पछि प्रहरीको नया“ नेतृत्व शुरु भयो । अनि त्यो नया“ अनुभव कम भएकाहरु दुविधामा परे । त्यो अवस्थामा पुलिसले जुन कुरा ट्याकल गर्नु पथ्र्यों त्यो गर्न सकेन । जसले गर्दा त्यसबेला मुलुकमा अराजकता भएको हो । मैले बेला बेलामा विभिन्न टिभी र पत्रपत्रिकामा भनेको छु कि प्रहरीको आज यो अवस्था किन भयो भनेर । ल हेर्नुस् डार्फोर जस्ता घटनाहरु घटाइए । प्रहरीमा भएको मूल समस्या त्यो हो । त्यसैले गल्तीलाई सुधार्ने हो भने अव रायमाझी आयोग माथि अनुसन्धान हुनु पर्छ । एउटा बनेको वा सिस्टममा हिडेको फोर्सलाई विनाकारण रायमाझी आयोगले भन्यो भन्दैमा सरकारले हामीलाई सस्पेण्ड ग¥यो । तयार र अनुभवी लेयर गयो । अनुभव र योग्यता नपुगेको लेयर आयो । मुलुकमा समस्या पर्ने नै भयो , रायमाझी आयोग भित्रै चार्ज लाग्न थाल्यो । त्यो चार्ज पनि भ्रष्टाचारको आरोप । तर सरकार चुप लाग्यो । यही कारणले आज पनि प्रहरी फोर्समा समस्या देखा परेको छ । फेरी त्यसै बेला सरकारले के ग¥यो भने एस् म्यान खोजे र देशलाई नेगोसेसनमा चलाए । मुलुक नेगोसनमा हैन कानूनमा चलाउनु पर्छ ।
कस्तो खालको नेगोसेसनको कुरा हो । उनी अगाडि भन्छन्– म अगाडिकै कुरामा अलिकति थप्न चाहन्छु । मुलुकमा अराजकता आएकोमा पुसिलसलाई भन्दा पनि पुलिस चलाउनेलाई मैले बढी दोष दिन चाहान्छु । किनभने २०६३ सालको आन्दोलन ताका म एआईजिपी थिएं । र म कार्यविभागमा कार्यरत थिएं । र आन्दोलनका बेला म इन्डोनेसियामा गएको थिएं । त्यहा“ त्यतिखेर आइजीपी जानु पर्ने तर उहा“ नसकेर म गएं । त्यहा“ मैले टेरोरिजमबारेमा पेपर पनि प्रिजेन्टेशन गरेको छु । त्यो इन्टरपोलको आयोजनामा गरिएको एक कार्यक्रम थियो । म फर्किदा आन्दोलन सकिएको थियो । जनताले चाहेको परिर्वतन आयो हामी सबैले आत्मसात ग¥यौं । नया“ सरकार बन्यो । नया“ सरकार बने पछि प्रहरीमा उहा“हरुले जुन दायरा दिनु पथ्र्यो त्यसको कमजोरी भयो । यस्तै २५÷२६ गते हो क्यारे मैले तत्कालिन प्रधानमन्त्री गिरिजा बाबुलाई भेट्ने मौका पाएं । मैले उहा“लाई दुईवटा कुरो भने– प्रथम के भने जनताको जीवन र संपत्ती बचाउने काममा सरकारले कुनै पनि संझौता गर्न हुन्न, दोस्रो– अब प्रहरीलाई बलियो पार्नु पर्दछ । किनभने हिजो अर्कै खालको कमाण्डमा फोर्स चलेको थियो अब त जनयुद्ध सिद्धियो । देश अब एउटा सही बाटोमा जान थाल्यो । लोकतन्त्रमा प्रहरी बलियो हुनु पर्छ । यदि प्रहरीलाई बलियो गराइयो भने अमनचैन र शान्ति सुरक्षा दिने काम प्रहरीले गर्न सक्छ । अनि मात्र मुलुकमा अरु चिज गर्न सजिलो हुन्छ । यदि पुलिस बलियो भने सर्बसाधारण जनताको जीउधनको सुरक्षा गर्न सम्झौता गर्नु पर्दैैन । मेरो यो भनाई सुने पछि गिरिजा बाबुले मलाई ठीक भन्नु भयो भनेर भन्नु भो । हो मैले यही गर्छु सबैलाई भनिदिनुस् । कुनै प्रहरीलाई कार्वाही हुदैन । प्रहरीले आफ्नो जिम्मेवारी निभाएको हो त्यो मलाई थाहा छ । यो पनि गिरिजा बाबुले भन्नु भयो । त्यस पछि रायमाझी आयोग बन्यो । २८ गते आयोगले सपथ गरे पछि सर्वप्रथम प्रहरी फोर्स आयोगको आक्रमणको शिकार बन्यो । अनि राजनीति एउटा निर्वलियो प्रहरी संस्था चलाउने तालमा गयो । र यदि तपाईले हेर्नु भयो भने जति जना आन्दोलनमा नागरिक मारिए त्यस पछि बनेको सरकारले पा“चौं गुना मा¥यो । मलाई रेर्कड सोध्नु हुन्छ भने– नौसय जनाको इलिगल हत्या भएको छ । त्यसमा केही भएन राजा ज्ञानेन्द्रले छोडे पछि संविधानसभाको निर्वाचनका बेलावीच नौसय जना मारिए । यसको जवाफ अन्तरिम सरकारले दिएन । सरकारले के ग¥यो भने हत्या ग¥यो अनि दशलाख दिएर शहीद घोषणा ग¥यो । यसले के भयो भने अपराध गर्ने मान्छेहरुको मनोवल बढ्यो भने प्रहरीको मोरल गि¥यो । प्रहरीलाई सरकारले अझ कमजोर बनायो । डार्फर घटनाहरु घटाइयो । नेपालको प्रहरीको मात्र हैन नेपालको इतिहासमा नेपालीको अस्मितामा आ“च आउने घटना हो डार्फोट घटना । संयुक्त राष्ट्र संघले आवाज उठायो । इन्टरपोलको महासचिवले समेत भने कि नेपालमा यत्रो ठूलो भ्रष्टाचार भएछ भनेर । यस्ता घटना गराइए यी सब कसका पालामा भयो ? कसले गरायो ? किन भयो ? त्यहा“ पुलिसको मात्रै दोष हैन राजनीतिक पार्टीको दोष छ । यी घटना घटाउन प्रहरीलाई निर्वलियो बनाइयो । राजनीतिले जे पनि गरे हुन्छ भनेर गएको हुनाले आज प्रहरीको यो अवस्था भएको हो । त्यसै कारणले नागरिकले सुरक्षा प्राप्त गर्न सकेका छैनन् । जसले गर्दा नागरिकले आफ्नो सुरक्षा आफै गर्नु पर्ने अवस्था आयो । अब यदि भ्रष्टाचार रोक्ने हो भने सर्बप्रथम रायमाझी आयोग माथि अनुसन्धान गर्नु पर्छ । यसको जा“चबुझ हुनु पर्छ । यदि यो जा“च भए पछि मात्र वास्तविकता कुरा आउने छ । जब पूर्व राजा ज्ञानेन्द्रले सत्ता छोडे र अन्तरिम सरकार गठन भयो त्यति खेर देखि नै राजनैतिक पार्टी एंव सरकारले योजनावद्ध रुपमा प्रहरीलाई कमजोर बनाउदै लगियो । यति हु“दाहुदै पनि राजनैतिक पार्टीहरुले नागरिकले सुरक्षाको महसुस गरेका छन् कि छैनन् भन्ने बुझ्ने फुर्सद लिदैनन् ।
सर्बसाधारणले बुझ्दा सबभन्दा बढी भ्रष्टाचार हुने क्षेत्र न्याय क्षेत्र र दोस्रो प्रहरी फोर्स भनिन्छ भन्दा उनी भन्छन् – भ्रष्टाचार हुने किन भने गलत मेकानिजमले काम गरेर । भ्रष्टाचार तलबाट हैन माथिबाट शुरु हुन्छ । आखिर देश चलाउने त राजनैतिक पार्टीहरु हुन् । यदि राजनैतिक मेकानिजम ठीक भयो भने भ्रष्टाचार आफै जान्छ । सबैकुरा खलवलिएको अवस्थामा प्रहरीमात्रै हैन पुरा मेकानिजम भ्रष्ट छ नेपालमा । हो नेपालमा भ्रष्टाचार बढेको छ । अब त्यसलाई रोक्ने कसरी भनेर जानु पर्छ । म त के भन्छु भने भ्रष्टाचार रोक्ने इच्छाशक्ति सरकारले बलियो गर्नु प¥यो । हुन त वर्तमान प्रधानमन्त्रीले भ्रष्टाचार बन्द गराउछु भनेका छन् तर मुखले बोल्नु भन्दा पनि त्यसको मेकानिजममा लागू गर्नु पर्छ । यदि सरकारको सा“च्चै इक्षाशक्ति हो भने रोक्न सकिन्छ । रोक्न ३÷४ वटा काम गर्नु पर्छ । सर्बप्रथम के गर्नु पर्छ भने पहिले भ्रष्टाचार गरेका मान्छेलाई कार्वाही गर्ने आ“ट सरकारले गर्नु पर्छ । जुनसुकै पार्टीको होस् त्यसलाई म कार्वाही गर्छु भन्ने हुनु प¥यो । यसो गर्न सबभन्दा सजिलो उपाय के छ भने कर्मचारी वा पार्टी नेता सबैको वायोडाटा तयार पार्ने । ती कर्मचारी जागीर शुरु गर्दा उसको हैसियत के थियो र उसको अहिलेको हैसियत के छ ? र उसको आम्दानीको शार्सं के के थियो र छ अनि कहा“बाट कमाएर ल्यायो, त्यो हिसाव गर्नसाथ सबै थाहा हुन्छ । सरकारले यो गर्नु प¥यो । दोस्रो के गर्नु प¥यो भने यदि भ्रष्टाचार ग¥यो भने अब बच्ने छैन भन्ने जानकारी पु¥याउनु प¥यो । तर अहिले नेपालमा के छ भने माथि माथि जानलाई राजनैतिक पार्टीको सर्मथन र व्रिफकेश चाहियो । जब यस्तो संस्कारको विकाश भए पछि भ्रष्टाचार कसरी रोकिने ? यी दुईकुरा रोक्न सरकारले पहल गर्नु पर्छ । म त के भन्छु भने यदि सरकारले इक्षाशक्ति जाहेर गर्छ र भ्रष्टाचार रोक्नै चाहान्छ भने मबाटै शुरु गरोस् । मेरो संपत्ती हेरे हुन्छ । पहिलो सरकार आपूm नमूना बन्न सक्नु पर्छ । अर्कोतिर सरकारले प्रहरीभित्र के स्कूलिङ्ग गर्नु पर्छ भने यदि मेरो संगठन प्रहरी संगठन बलियो भने म बलियो हुन्छु र मात्र मैले मुलुकको सेवा गर्न सक्छु भन्ने । तर अहिले म बलियो भएं भने मैले आफ्नो लागि सबैकुरा गर्न सक्छु भन्ने हावी भएको छ । यो रोक्नु पर्छ । यदि प्रहरीले राम्रो सेवा दिन सक्यो भने नागरिकले सुरक्षा पाउछन् भ्रष्टाचार पनि कम हुन्छ । प्रहरीले जनतामा राम्रो सेवा दिन प्रहरीहरुले नेताको दौराको फेरो समाउने काम बन्द हुनु पर्छ । यो बन्दा गराउने नेताहरुबाट शुरु हुनु पर्छ । प्रहरी आफेले दौराको फेरो छोड्यो भने उसको जागीर चट हुने मात्र हैन अस्तित्व मेटिन सक्छ । नेताहरुले नै प्रहरीहरुलाई यस्तो काम गराएका छन् । प्रहरी मात्र लागेर भ्रष्टाचार रोकिन्न किनभने प्रहरीलाई भ्रष्ट गराउने नेताहरु नै हुन् । ल हेर्नुस् डार्फार काण्ड । प्रहरीलाई दोष दिइएको छ । तर जति प्रहरी अधिकृतको नाम आएको छ ती सबै अपराधी होइनन् । दस्तखत गरेको भरमा परेका छन् । त्यो घटना ठूलो घटना हो त्यसबेलाको सरकार प्रमुख र गृहमन्त्री नै हो यो घटना घटाउने कामका प्रमुख हुन् । सिटौलाजी गृहमन्त्री कसरी थाहा छेन भन्नु हुन्छ ? संसारमा हातहतियार खरिख गर्न पुलिसले मात्र सक्छ ? हुनै नसक्ने कुरा । कानूनी कुरा गर्ने हो भने गृहमन्त्रीले यसको जिम्मा लिनु पर्छ । कसैले घुस खादा दस्तखत गरेर त खादैन । जुन डार्फोर मिसन हो त्यो प्रहरीले पठाएर पठाउने मिसन हैन । मिसन भन्ना साथ संयुक्त राष्ट्र संघले एउटा राष्ट्रलाई विश्वास गरेर राष्ट्रलाई निम्ता दिएको हो । प्रहरीलाई हैन । जब गृहमन्त्रालयमा त्यो निम्ता आयो अनि बल्ल प्रहरीलाई पठाउने निर्णय भयो । यदि उहा“हरु राजनेता हो भने जब राम्रो कामको जिम्मा लिनु हुन्छ भने नराम्रो भएकोमा पनि जिम्मा लिन सक्नु पर्छ । राजनैतिक नेता भए पछि राम्रो नराम्रो सबै जिम्मा लिने हिम्मत गर्नु पर्छ ।

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *