तेरो फासिष्टबादी चिन्तन तँसंगै राख

United Kingdomआज धेरै दिन पछि एउटा मिठो इमेल पढ्ने मौका पांए । इमेलमा लेखिएको थियो “तैले त्यतिबेला ठीक भनेको रहिछस् । बिदेशीहरु अझ खासगरी गोर्खा र यिनका परिवारहरु हाम्रो अर्थतन्त्रकालागि सकारात्मक रहेछन् । हाम्रो समाजका लागि असल रहेछन् । बरु मैले फेरी एक पटक अर्को गल्ती गरें र युरोपियन युनियनको निर्बाचनमा युकिपलाइ मेरो भोट दिएं । अहिले त कहाँ छस् मिल्छ भने एकपटक भेटौं न ।”
गतबर्ष जुन २९ तारिकका दिन म क्याम्बर्ली ल्बाकवाटरबाट गेटवीकका लागि रेलमा बसें । गिल्फोर्ड स्टेशनमा पुगे पछि एउटा हठ्ठा कठ्ठा यस्तै ३५ /३६बर्षको मान्छे म बसेकै ठाउमा आएर मेरो बिपरित धुर्वमा बस्यो र खल्तीबाट मोबाइल फोन झिकेर फोन गर्न थाल्यो । उसको टेलिफोन गराइबाट प्रश्ट हुन्थ्यो कि उ चिकित्सक हो । र उसले आफ्नो सर्जरीमा आफ्नी सहयोगी कामदार वा कुनै नर्ससंग कुरा गर्दै थियो ।
कुरा गर्ने क्रममा उसले औषधी र पे्रस्किृप्सनका मात्र कुरा गरेन कि एउटी महिलाको नेपाली नाम र एक बच्चाको नाम पनि लियो । त्यतिखेर स्वभाबैले मेरा आँखा उसका आँखासंग जुधे । उ झन झन् चर्को स्वरमा बोल्न थाल्यो, मलाइ लाग्यो उसले मलाइनै सुनाइ रहेको छ । उसले टेलिफोनमा भन्यो “हामीलाइ यी बिदेशी किन चाहियो ? यी बिदेशीहरु बच्चालाइ अलि अलि रुघा खोकी लाग्यो कि सर्जरी सम्म कुंदी हाल्छन् । डिस्गास्टींग ।”
उसले टेलिफोनमा अगाडी भन्दै गयो “यी गोर्ख बुढाहरु किन यहाँ ? बिदेशीहरु खान नपाएर यहाँ आउछन् यिनीहरुलाइ तुरुन्तै फर्काउनु पर्छ । मेरो लागी पुगी हुन्थ्यो भने म आजै फर्काइदिने थिए ।”
बिस्तारै मलाइ सुनिनसक्नु भयो । र मैले भने तेरो फासिष्टबादी चिन्तन तँसंगै राख, बेलायत अहिले मात्र होइनकि यो टापुमा मान्छेको बस्ती सुरुभएकै दिन देखि बहुसाँस्कृतिकताबाट सुरु भएको हो । उ फोनमा कुरा गर्दै थियो । म एक्लै यस्तै भन्दै गएं । मलाइ अझ सही नसक्नु भयो र मैले मेरो पत्रकारिताको परिचय पत्र झोलाबाट झिकेर घाँटीमा झुइड्याए । ताकि उसले देखोस् र उसको बिदेशी बिरोधी बडबड बन्द गरोस् । केही समय पछि फोन राखेर मतिर सोझिदै सोध्यो “के भनिस् ?” मैले मेरा पहिलेकै कुरा दोहर्यांए । उसले मलाइ अर्को प्रश्न सोध्यो “भारती होस् कि पाकिस्तानी ?” मैले भने म नेपाली हुँ अहिले भर्खर तैले जसको बिराध गरिरहेको थिइस् म त्यसैको एउटा पाटो हुँ । यद्यपी म गोर्ख आर्मीको होइन ।
मैले अगाडी भन्दै गएं तलाइ थाहा छ तेरो मुलुकको रानीको जरा कहाँ हो ? तलाइ थाहा छ तेरो उप प्रधानमन्त्रीको जरा कहाँ हो ?तलाइ थाहा छ तेरो जरा कहाँ हो ? तँ स्वयं पनि बेलायती होइनस् । तँ बेलायती हुनै सक्दैनस् । तैले बेलायतको इतिहाँस पढेको छस् ? तेरो दिमागमा सैतानले घर गरेको छ । तेरो त्यो सैतानी रगत यात फ्रान्स, इटली, स्पेन वा जर्मनीबाट आएको हो ।  किनकि बेलायत टापुमा घना जंगल र जंगली जनावर मात्र थिए । फ्रान्स, इटली, स्पेन र जर्मनीबाट मानिसहरु बेलायत आएर बस्ती बसाएका हुन् । बेलायत भन्नेत यहाँको ढुंगा माटो पनि होइन । यो पनि उत्तरतिरबाट समुन्द्रले बगाउदै ल्याएर एउटा टापु बनेको हो ।
म उत्तेजीत भएं । म यसरी रिसाएको देखेर मेरो पछाडी बसिरहेका एकजना पन्जावी भाइ मेरो बगलमा आएर बसे । एउटा सानो हंगामा भयो ।
उ पनि बीच  बीचमा के के भन्दै थियो तर मैले उसको कुरा केही नसुनी आफ्नो कुरा भन्दै गएं । तँ एउटा चिकित्सक रहेछस् । तलाइ थाहा छ कति हज्जार बिदेशी डाक्टरहरुले यहाँ काम गर्छन् ? तिमी बेलायती भनाउदाहरु स्कूल, कलेज वा बिश्वबिद्यालयको नाम सुने पछि थरर काम्छौ । तर बिदेशीहरु यहाँ टुप्पी बााधेर मेहनत गर्छन् । आफुले जिम्मा लिएको काम जिम्मेवारी पूर्बक निभाउछन् । डाकटरको मात्र कुरा गर्छस् भने आधा लाख भन्दा बढी एशियाली मुलुकका कार्यरत छन् र २००८ देखि यता पूर्ब दक्षिण युरापका मात्र ४५ हजार भन्दा बढी डाक्टरहरु बेलायतमा कार्यरत छन् । दुइलाख भन्दा बढी बिदेशी मूलका नर्सहरु यहाँ कार्यरत छन् । यी बिदेशी नर्सहरु र डाक्टरहरु तैले कल्पना गरेको बेलायतमा नहुने हो भने तेरो आमा र बा प्यारा सिटामोलको चक्की खान नपाएर मर्छन् । तलाइ के थाहा छ ?
अर्को कुरा जुन गोर्खाको कुरा तैले उठाइस् यदि गोर्खा नभैदिएको भए तेरो मुलुकको राजतन्त्र धेरै बर्ष अघि अन्त्य भैसक्थ्यो र तेरो मुलुकको मानचित्र टुक्रा टुक्रा भैसक्थ्यो । म जंगीएर चिच्याएर बोलेको कारणले त्यो डब्बामा बस्ने सबैलाइ डिस्टर्ब त भयो तर मेरो रिस अझै मरेको थिएन । तर त्यतिबेलै रेलमा टिकट जाँच्ने टिकटिके आयो र मलाइ चुपलाग्न भन्यो । म चुप लागिन तर बिस्तारै बोल्दै भने हेर यो टिकट जाँच्ने पनि बिदेशी हो देखिस् यो नभएको भए त आज तेरो गन्तब्य सम्म पुग्न सक्थिनस् ।  हर क्षेत्रमा बिदेशीहरुले मेहनत गरेका छन् त्यसैले यो मुलुक बाँचेको छ । गोर्खा बिना यो मुलुकको सुरक्षा ढलमलाउछ । बिदेशी बिना अर्थतन्त्र उक्सन सक्तैन । बिदेशी बिना यहाँको समाज दहरो हुन सक्तैन । यहाँको बहुसाँस्कृतिकता बाँच्न सक्तैन । त्यस पछि मैले उसलाइ मेरो इमेल ठेगाना लेखेर दिदै भने यदि तलाइ उपयुक्त लागेमा सम्पर्क गरेस् ।

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *