छापा पत्रिका मर्दै जाने

220px-Newsweek_final_issue— शशी पौडेल
छापा पत्र पत्रिकाहरु अव बजारमा प्रत्यक्ष्य उपस्थित हुन नसक्ने अवस्था सृजना हुदै आएको छ । यसको ठाँउ अनलाइन मेडियाले ओगट्यो । संसारभरका मानिसहरु छापा पत्रिका हातमा लिएर पढ्नु भन्दा इलेक्ट्रोनिक मेडिया मार्फत आफु सुशूचित हुन मन पराउने भएका छन् । यसका दुइ प्रमुख कारणहरु भएको कुरा एक अनुसन्धानले बताएको छ । अनलाइन मेडिया छापा पत्रिका भन्दा सस्तो र दोस्रो समयको पनि खपथ । अनलाइन संचार साधनले छापा पत्रिकाको ठाँउ ओगटे पछि छापा पत्रिकाका प्रकाशकहरु र सम्पादकहरु पनि परिवर्तित ढंगले पाठक समक्ष उपस्थित हुन बाध्य भएका छन् । कोही ल्बगरका रुपमा त कोही अनलाइन मात्र प्रकाशन गर्ने गरी । बिगत १२६ बर्ष देखि निरन्तर प्रकाशन हुदै आएको अमेरिकाको खेल समाचारको धर्मग्रन्थ जस्तै निर्बिबाद मानिने खेल समाचार प्रमुख छापा “द सिआटल टाइम्स” गत वर्ष देखिनै अनलाइनमा मात्र देख्न पाइने भएको छ । यस्तै वासिंगटन पोष्ट कम्पनीद्वारा प्रकाशन हुदै आइरहेको  राजनैतिक ग्रन्थ मानिने “न्यूजविक” “न्यू मेडिया एज” र स्कटलैण्ड बेलायतबाट प्रकाशन हुदै आएको बाल बच्चाहरुका लागि उपयोगी म्यागाजिन “द डण्डी” समेत अव अनलाइनमा मात्र देखिने भएका छन् । अर्थात वाल बच्चाहरु पनि इन्टरनेट खोलेर मात्र आफुलाइ मन पर्ने कमिक्स, कथा र चुट्किला पढ्न बाध्य हुनु परेको छ  । अर्थात बाल बच्चाहरुका लागि नितान्त आबश्यक बाल्यकाल देखिनै पढ्ने संस्कृति (रिडिगं कल्चर) सिकाउन अव बिस्तारै कठिन हुदै जान थालेको छ ।
त्यति मात्र कहाँ हो र ? बिश्व प्रसिद्ध पत्रकार सुपरम्यान ल्कर्क केन्टले गत बर्ष “डेली ल्पानेट” नामक न्यूज पेपरको रिपोर्टर पदबाट राजिनामा दिएर ल्बगर बनेका छन् ।

७५ बर्ष पहिले प्रकाशित द डाण्डीको पहिलो अंक

७५ बर्ष पहिले प्रकाशित द डाण्डीको पहिलो अंक

प्रिन्ट मेडियामा आएको यो संकटलाइ मैले भने समय समयको खेल (म्याटर अफ टाइम) का रुपमा लिएको छु । जव पत्रकार केन्ट ल्कार्क(सुपर म्यान) जस्ताले समेत अर्को बाटो अपनाउनु पर्यो भने अन्य सामान्य स्वतन्त्र लेखनबाट बाँचेका पत्रकारहरुको अवस्था कस्तो होला ? छापा पत्रिका हाम्रो परम्परा हो तर दुर्भाग्य यसलाइ बचाइ राख्न बिज्ञापनहरु खाँद्नु पर्ने बाध्यता, बजारसम्म पुर्याउनु पर्ने संकट र बजार पुर्याइ सकेपछि त्यसको मूल्य उठाउने कठिनाइ छापा मेडियाका असजिला पक्ष्यहरु हुन् । यसको बिपरित अनलाइन मेडियालाइ यी असजिला पक्षबाट पार हुन मानबशक्तिको आबश्यकता परेन । त्यस कारणले पनि अनलाइन मेडिया सस्तोमा उत्पादन हुने भयो ।
डिसेम्बर २०१२ देखि संसारको शक्तिशाली मानिने राजनैतिक पत्रिका “न्यूजविक” ९० बर्ष पछि  आलाइनमा जाँदा आफ्नो नयाँ न्वारान गरेर जान बाध्य भयो । न्यूजवीकले आफ्नो परम्परागत छापा बाट बाहिरिदा “न्यूजवीक ल्गोबल” बनेर अनलाइनबाट झुल्कियो । यसरी ९० बर्ष पछि आफ्नो नाम र रुप परिवर्तन गर्नु पर्दा कति आँसु बगेहोला न्यूजवीकको ? यसको सहजै यसको अनुमान गर्न सकिन्न ।  न्यूजवीकको सर्कुलर कुनै बेला बर्षमा चार करोड भन्दा बढी थियो भने, यसलाइ बिज्ञापनको सहंशाह भनिन्थ्यो । दोस्रो बिश्वयुद्ध पछि पत्रकारिता क्षेत्रमा आफु भन्दा पुरानो राजनैतिक  साप्ताहिक पत्रिका “टाइम्स”संगको यसको युद्ध राजनैतिक शितयुद्ध भन्दा कम थिएन । न्यूजवीकले आफु अनलाइनमा जाने घोषणा गर्नु भन्दा केही हप्ता अघिनै बेलायतबाट प्रकाशन हुदै आएको बाल म्यागाजिन “द डण्डी”ले आफु अव छापा पत्रिकाका रुपमा बाँचिरहन नसक्ने भएकाले आफु अनलाइनमा जाने घोषणा गरेको थियो । द डण्डी ७५ बर्ष भन्दा बढी बाँच्न सकेन । द डण्डीले आज भोली अनलाइनबाट मात्र बाल बालिकाहरुका लागि कमिक्स, बालकथा र चुट्किला पस्किदै आएको छ । अनलाइनमा जानु अघि डिसेम्बरको पहिलो  हप्ता २०१२ सालमा उनिहरुले आफ्ना पाठकहरुलाइ दिएको सूचनामा भनेका थिए “द डण्डी १९५० को दशकमा बीसलाख भन्दा बढी बितरण हुन्थ्यो भने अनलाइनमा जानु अघि जम्मा बितरण आठ हजार झरेको छ” । द डण्डीको अन्तिम अंक ४ डिसेम्बर २०१२मा प्रकाशित भएको थियो ।
बेलायतबाट प्रकाशित हुने अन्य पत्रिकाहरु पनि बितरण घटेकाले कसरी अगाडी जाने भन्ने बारे दोधारमा छन् । जस्तै २०१२ सालको अन्ततिर “द गार्डियन”लाइ झण्डै यस्तै समस्या परेको चर्चा भएको हो । बेलायतका धेरै पाठकहरुले मन पराउने पत्रिकाहरु मध्य द गार्डियन भविश्यमा यदि अनलाइनमा मात्र गयो भने कुनै आश्चर्य मान्नु पर्ने छैन ।
“द इन्डिपेन्डेन्ट” केही बर्ष अघि एक रसियन बिलिनियरले किनेर सोही प्रकाशनबाट लण्डनमा “इभिनिगं स्टायण्डर्ड” पनि संचालन गर्न थाले । यसको लगत्तै पछि अर्थात २०१० साल देखि सोही प्रकाशनले “आइ” नामक ट्यबलोइट प्रकाशन गर्न थाले पछि यसको केही हदसम्म आयु बढेको हो ।
बेलायतबाटै प्रकाशित हुने “डेली मेल” र “फाइनान्सियल टाइम्स”ले २०१३ सालको जनवरीमै अनलाइनमा मात्र जाने घोषणा गरिसकेका थिए । अर्को दक्षिणपन्थी राजनैतिक दस्ताबेज मानिने “डेली टेलिग्राफ”ले अनलाइनबाट गरेको नाफा छापातिर लगाएर मात्र टिकिरहेको बताएको थियो ।
छापा पत्रिकाहरु पत्रिकाको बिक्रिले मात्र बाँच्न सक्तैनन् । पत्र पत्रिका बाँचीरहनका लागि ठुला ठुला कम्पनीहरुको बिज्ञापनको आबश्यकता पर्दछ । त्यस्ता बिज्ञापनहरु अहिले छापा पत्रिकातर्फ भन्दा अन्य संचार माध्यमतर्फ आकर्सित भएका छन् । जस्तै एक रिपोर्टका अनुसार बिज्ञापनमा सवभन्दा बढी खर्च गर्ने कम्पनी कोका कोला मानिन्छ, कोका कोलाले आफ्नो आम्दानीको १७ प्रतिशत बिज्ञापनमा खर्च गर्दछ तर उसले प्रचार प्रसारमा गर्ने १७ प्रतिशतको १ प्रतिशत भन्दा कम छापा पत्तिकामा गर्ने गरेको छ । यसैले अव संसारका न्यूजस्टलहरुबाट एक पछि अर्को गर्दै थुप्रै छापा पत्रिकाहरु हराउदै जाने खतरा बढेको छ । जसले गर्दा पत्रकारहरु र प्रकाशकहरु मात्र बेराजगार हुने नभै संसारमा आगामी पुस्ता अर्थात नयाँ पिंढीमा पुस्तक र पत्रपत्रिका पढ्ने संस्कृति (रिडिगं कल्चर) मासिदै जाने खतरा पनि बढेको छ । यसका लागि संसारका राज्यहरुले आ आफ्नो मुलुकको स्थिती अनुसार रिडिगं कल्चरलाइ जोगाउन छापा पत्र पत्रिकालाइ ब्यवस्थित गरी बिज्ञापनदाताहरुलाइ यसप्रति आकर्षित गराउने खालका कार्यक्रम अघि सार्नुपर्ने जरुरी देखिन्छ । अन्यथा आगामी पुस्तामा आफ्नै मातृभाषा लेख्न र पढ्न कठिनाइ पर्ने हुन कत्ती बेर लाग्ने छैन ।
पिसा अध्ययन केन्द्रको यसबर्षको रिपोर्ट अनुसार बिकशित मुलुकहरु (जस्तै संयुक्त राज्य अमेरिका, बेलायत, जर्मनी, फ्रान्स र जापान) का बिद्यालयका बिद्यार्थीहरु मातृभाषमा लेखिएका पुस्तकहरु पढ्न औसतमा भन्दा तल रहेको बताएको थियो भने गणित र बिज्ञान बिषयहरुमा भने पाँचबर्ष अघिको तुलनामा धेरै अन्तर नपाएको बताएको छ ।

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *