चोट दिनु र आफैले चोट पाउनुको फरक

10665172_658239130950122_8609400307406958240_nयो तस्वीर मित्र जनकमान डंगोलको फेसबुकमा देखेपछि मलाइ थुप्रै प्रश्नहरुले सताए । केही प्रश्नहरुको कनिकुथी उत्तर पाउन सकेजस्तो लाग्यो तर एउटा प्रश्नले भने अझै सताइरहेको छ । त्यो प्रश्न हो अरुलाइ चोट दिनु र आफैले चोट पाउनुमा कति इन्चको फरक हुन्छ ? पोष्टबहादुर बोगटीले जनयुद्धकालमा अरुलाइ मात्र चोट दिएनन् कि आफुले पनि चोट पाए र त्यो चोटलाइ उनले संयम र धैर्यताकासाथ स्वीकार गरिरहेका थिए । जस्तै जनयुद्धकालमा उनले आफ्नो छोरालाइ गुमाएका थिए र आफ्नो सन्तान गुमाउदा लागेको चोट कति दुख्छ भन्ने आफैले अनुभव गरेका थिए ।
यही पार्टीका उपल्ला नेताहरु प्रचंड वा बाुराम भट्टराइहरुले अरुलाइ त थुप्रै चोट दिए तर आफु स्वयंले भने त्यही प्रकारको चोट पाएका छैनन् । यतिखेर पोष्टबहादुरकी पत्नीलाइ लागेको चोट न सिता दाहालले बुझ्न सक्छिन् नत हिसिला यमीले ? अनि बाबुराम भट्टराइ अथवा पुष्पकमल दाहाले बुझ्न सक्ने प्रश्न आउदैन त्यसैले त बाबुराम भट्टराइ बोगटीको  अन्त्यष्टीमा खित्का छोडेर हाँसेका छन् ।
बाबुरामले आफ्नी छोरीलाइ बिदेशमा उच्च शिक्षा हासिल गर्न पठाए । प्रचण्डले छोरालाइ राजनितीक काममा त लगाए तर उच्च सुरक्षाका साथ तर पोष्टबहादुर बोगटीले भने आफ्नो छोरालाइ  क्रान्तिमा होमे र आमाको काखबाट छोरालाइ खोसे । मानिसहरु भन्नेछन् तैपनि उनका दुइ छोरीहरु काखमा छन् भनेर । त्यो सत्य हो तर मानव स्वभाव कस्तो हुनेरहेछ भने जो आफ्नो अगाडी छ त्यसलाइ नदेख्ने तर जो आफ्नो अगाडी छैन त्यसका सबै अबगुण बिर्सेर गुणहरुमात्र सम्झनामा बस्ने । यो मानबीय स्वभावबाट पोष्टबहादुरकी पत्नी पनि अपबाद हुने छैनन् ।
प्रसंग माथीको तस्वीर थियो, माथीको तस्वीर हेर्दा लाग्छ पोष्टबहादुरकै कारणले बाबुराम प्रचण्डबाट टाढा भएका थिए तर अव पोष्टबहादुरको अभावमा प्रचण्डले बाबुरामलाइ सर्लक्कै काखमा हुल्नेछन् । जवकि त्यहाँ उभिनेहरु मध्य बिरोधी पार्टीका रामचन्द्र पौडेल समेत चिन्तित मुद्रामा देखिन्छन् तर बाबुराम ?
बाबुरामले सायद सोंचे हुन् मृत्यु अबश्यंभावी छ यहाँ रोएर मात्र हुनेवाला केही छैन, मृत्यु कसैले टारेर टर्दैन ।
यदि धन सम्पत्तीले वा राजनैतिक तागतले यसलाइ रोक्न सकिने भए संसारका धनाढ्य र शक्तिशाली ब्यक्तिहरु मर्ने थिएनन् । यो संसारको सास्वत सत्य भनेको जन्म र मृत्यु हो । प्राणी जन्मेपछि मर्नै पर्छ दुइचार दिन वा बर्षको चाडो र ढिलो मात्र हो । अझ त्यसमा पनि हामी हिन्दु धर्माबलम्बीहरुले भावीले लेखेको त्यहीं सम्म थियो भनेर चित्त बुझउछौं  र अन्य धर्ममा पनि त्यो मान्छेले त्यतिबेलासम्मको आयु लिएर आएको थियो भन्ने गर्छन् । संसारमा हरेक चिजको मूल्य, मान्यता, संस्कार र परम्परा हुन्छ । मानवजातीको परम्परा र संस्कार भनेको अरुको दुखमा दुख बाँड्ने र अरुको खुसीमा खुसी मनाइ दिने । तर माथीको तस्वीरमा भने बाुराम भट्टराइ उक्त परम्परा र संस्कार बिरुद्ध देखिन्छन् । त्यसैले मैले अरुलाइ चोट दिनु र आफैले चोट पाउनुमा कति इन्चको फरक हुन्छ ? भन्ने प्रश्नको उत्तर अझै भेटेको छैन ।
पोष्टबहादुर बोगटी इमान्दार ब्यक्ति थिए भन्ने कुरा धेरैले स्वीकार गरेका छन् । पोष्टबहादुर बोगटीबारे लेखिएका सयौं फेसबुक स्टाटस हेरें । उनका बारेमा खराव लेखेको पाइन । उनलाइ नजिबैबाट चिनेका एकजना मेरा भान्जा कृष्ण ढकालले आफ्नो फेसबुकवालमा यसरी स्टाटस लेखेका छन् ।
“संगत गर्नेहरुका अनुसार पोष्टबहादुर बोगटी नियत नबाङ्गिएका एमाओवादी नेतामध्येका एक हुनुहुन्थ्यो ! वहाँका बोलीहरु सुन्दा र हामीले देख्ने व्यवहार हेर्दा पनि त्यस्तै लाग्थ्यो ! प्रचण्डसंग अति नजिक रहेर काम गर्दा समेत प्रचण्डका नाटकीय व्यवहारहरुको प्रभावबाट अतिक्रमित नहुनुभएजस्तो लाग्थ्यो ! प्रचण्डले छलाङ्गका छलाङ्ग लगाउँदा समेत ख्रुरु खुरु हिंडेको देखिनु हुन्थ्यो वहाँ ! बानी र व्यवहार पटक्कै नमिले पनि, र आफ्नो पारिवारिक सम्वन्धमा दरार आउनुका वावजुद प्रचण्डसंगको वहांको निरन्तर सामिप्यता भने ज्यादै अनौठो लाग्थ्यो मलाई ! सम्भवतस: प्रचण्ड नेतृत्वको एमाओवादीलाई भित्रैबाट जिम्मेवार र परिपक्क बनाउन वहांको भूमिका अझै आवश्यक थियो राष्ट्रका लागि, वहांको विचारप्रति पूर्णतस् असहमत छु म, तर वहांले देखाउनु भएको आफ्नो विचारप्रतिको समर्पण, निरन्तरता, उग्र राजनीतिका विच पनि व्यवहारिक सरलता, र व्यक्तिगत शालीनता सायद अनुकरणीय थिए समकालीन नेपाली राजीनितिमा भन्ने लाग्छ मलाई तर वहाँलाई नै अप्रत्यासित ढंगले असमयमै लिएर गयो नियतिले, मानिसको निधन पश्चात आत्मा रहन्छ या रहँदैन त्यो त मलाई पटक्कै थाहा छैन, यदि रहने हो भने शान्ति पाओस वहांको आत्माले हार्दिक समवेदना परिवारजन र पार्टीप्रति “

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *