गजल: अब सम्झौताको आग्रह

 आचार्य प्रभा 

सबै अँट्ने अ.ने.सा.स.सङ्लो थलो पारे हुन्छ
स्वार्थ पाल्ने लेखकलाई लेखनबाटै झारे हुन्छ ।

लेखक त सरस्वतीको शिष्यरूप मानिन्छन्
सरस्वतीले त्यो भक्तलाइे साहित्यमै खारे हुन्छ ।

कोही भने लेखनलाई दिर्घजिवी बनाउँछन्
साहित्यलाई रोगी पार्ने किटाणुलाई मारे हुन्छ ।

सबै मिली साहित्यको भण्डार भर्ने समयमा
कलंकित गर्न खोज्ने स्वार्थीलाई सारे हुन्छ ।

कबि लेखक एकजुट बन्दै अघी बढ्ने बेला
हत्तोत्साहित् बनाउँनेलाई मैलो नदी तारे हुन्छ ।

रचना -जुलाइे/ ८/ १२

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *