कोइला र फलामको ब्यापार गर्दै राजनीतिक दाउपेंच सम्म

EU Logo—शशी पौडेल
झण्डै साढे छ दशक पहिले कोइला र फलामको ब्यापारका निम्ति भनि सुरु भएको युरोपियन युनियनको यात्रा अहिले सम्म आइपुग्दा २८ मुलुकहरु यसको सदस्यराष्ट्र हुन पुगेका छन् । यी २८ युरोपीयन युनियन राष्ट्रहरुमा बसोबास गर्नेहरुको संख्या साढे पचास करोड रहेको छ भने यसले बिश्वको एक चौथाइ भन्दा बढी अर्थतन्त्र ओगटेको छ ।
बिशुद्ध ब्यापारिक संस्थाका रुपमा १९५०मा परिकल्पना गरिएको यो संस्थाको “कोइला र फलाम ब्यापारका निम्ति युरोपीय संयुक्त संस्था” भनि नामाकरण गरिएको थियो । यो कोइला र फलामको ब्यापार गर्ने भनिएको युरोपीयन संस्थालाइ फ्रान्सको राजधानी पेरिसमा १९५१को अप्रिल महिनामा बैधानिकता दिइयो । त्यतिखेर जम्मा चार मुलुकहरु जर्मनी, इटली, फ्रान्स र निदरलैण्ड रहेका थिए । यसले गठन भएको दुइ दशक सम्म एक ब्यापारिक संस्थाका रुपमै ब्यापार गर्दै आयो । यो ब्यापारिक संस्थामा १९७३मा संयुक्त अधिराज्य बेलायत, डेनमार्क र आरलैण्डले प्रबेश गरे । यस पछि भने यो संस्थाले बिस्तारै ब्यापार मात्र होइनकि राजनीती पनि गर्न थाल्यो ।
बिश्वको राजनीतिक पर्दामा संयुक्त राज्य अमेरिका र सोभियतसंघ बीच शीतयुद्ध मंचन भैरहेको थियो । अर्थात अर्को शब्दमा संसाररुपी घना जंगलमा दुइ सिंह डुक्रीरहेका थिए, त्यही बीच युरोपीय युनियनका नाममा तेस्रो सिंहले जन्म लिने प्रयास स्वरुप युरोपीयन युनियनले आफ्नो संसद गठन गर्न पुग्यो र १९७९ मा युरोपीयन युनियनको पहिलो युरोपीयन युनियन संसद निर्बाचन सम्पन्न भयो ।
बिश्व साम्राज्यबादी र पुजिबादी शक्तिहरु समाजबादको भुतबाट तर्सीरहेका थिए । उनिहरु यसरी तर्सिनुको कारण पुर्बी युरोपका समाजबादी शक्तिहरुको चौकिदारका रुपमा मध्य ५०को दशकमा सोभियतसंघको सक्रियतामा  युनियन अफ पिस एण्ड सोसलिजमको गठन भएको थियो । जसलाइ वार्सा सन्धीका रुपमा चिनिन्छ । त्यस कारणले पनि मध्य र पश्चिम युरोपका पुंजीबादी शक्तिहरुमा कुन निहुमा एकत्रित हुने भन्ने चासो बढिरहेको थियो । अर्को तिर दोस्रो बिश्वयुद्धको अन्त्य भएको घोषणा भएको लगत्तै १९४९मा संयुक्त राज्य अमेरिकाको सक्रीयतामा नर्थ आटलान्टीक संझौता संगठन को गठन भएको थियो । जसलाइ हामी नाटो भनेर चिन्दछौं । नाटो पुजीबादीहरुको इनटरनेशनल मिलिट्री आलियान्स एक सैनिकहरुको संगठन हो । पुजीबादीहरुका अनुसार नाटो एक बिशुद्ध पुजीबादी शासन ब्यबस्थाको सुरक्षाका निम्ति गठन गरिएको बताइएको हो । यो संगठन स्वभाबैले पुर्बी युरोपका समाजबादी राज्यब्यवस्थाको बिरोधमा थियो ।
पुर्बी युरोपका समाजबादी शासनब्यबस्था सक्रीय रहंदा सम्म युरोपीयन युनियनले आफ्नो संसदको निर्बाचनहरु गराउदै आएपनि राजनीतिक रुपमा त्यती सक्रीय थिएन तर पनि यसले नाटोलाइ हरतरहले सघाउदै आइरहेको थियो । अर्कोतिर आफ्नो कोइला र फलामको ब्यापार मात्र होइनकि यसले युरोपीय युनियनका सदस्य राष्ट्रहरुमा उत्पादित र सरसामानहरुमा आयात निर्यात गर्दा तिर्नु पर्ने भंसारमा पुर्ण छुट गराइयो । राजनैतिक रुपमा भने यो १९९० सम्म दिनभर जोत्दा थाकेको गोरु जस्तै बिस्तारै बिस्तारै अगाडी बढ्दै थियो ।
बेलायती पुर्व प्रधाम मन्त्री मार्गरेट थ्याचरले १९८० को दशकमा परिकल्पना गरेको नवउदारबादी राजनैतिक चिन्तन र ब्यपारिक, आर्थिकरुपमा अघिसारेको ल्गोबलाइजेसन पनि युरोपीय युनियनलाइ आफ्नो अनुकुल बनाउने प्रयत्न स्वरुप थियो भन्ने प्रसस्त आधारहरु भेटिन्छ । यसनिम्ति उनले त्यतिबेलाका अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको साथ लिइन् । सिद्धान्त मात्र प्रतिपादन गर्ने नभै यसलाइ ब्यबहारमा लागु गर्नुपर्ने पनि उनको चुनैती थियो । युरोपीयन युनियन भित्रको ब्यापार हात पार्न अमेरिकी सहयोगले मात्र संभव थिएन । त्यसो गर्न युरोपका कुनै एउटा शक्तिशाली मुलुकको सहयोग आवश्यक थियो । त्यसकामका निम्ति जर्मनीका त्यतिबेलाका चान्सलर हेल्मुट कोल सहयोगी हुन सक्ने उनको अनुमान थियो । यद्यपी मार्गरेट थ्याचर मात्र होइन कि समग्र बेलायती कन्जरभेटिब पार्टीले हेल्मुटकोललाइ बिश्वास गर्दैनथे । हेल्मुट कोल मात्र होइन समग्र जर्मनी प्रतिनै बेलायतले अबिश्वास गथ्र्यो र अहिले सम्म पनि त्यही अवस्था रहेको छ । त्यसैले त बेलायती राजनितिज्ञहरुबाट बेला बेलामा “युरोपीय युनियन जर्मनीको पेवा होइन ताकि उसले जे चाह्यो त्यही गरोस्” भन्ने जस्ता अभिब्यक्तिहरु आइरहन्छन् ।  तर पनि हेल्मुट कोल कन्जरभेटिब पार्टी आलियान्स भएकाले एकहद सम्म नजिकिए । यद्यपी थ्याचरले  चान्सलर हेल्मुट कोललाइ आफ्नो समकक्षी राजनितीज्ञका रुपमा भने कहिल्यै स्वीकार गरिनन् । तर उनलाइ एक समस्या थियो । किनकि उता अर्को छिमेकी मुलुक फ्रान्स त्यतिबेला प्रजातान्त्रिक समाजबादी नेता फ्राँ स्वाँ मितेराँले नेतृत्व गरेका थिए । समाजबादी चिन्तन भएका मितेराँ भन्दा कन्जरभेटिब हेल्मुट कोलनै थ्याचरका लागि उपयुक्त भए । अर्को तिर थ्याचरका लागि जर्मनीले भोली युरोपियन युनियनलाइ कब्जा गर्ला भन्ने कुरा अकल्पनीय थियो किनभने जर्मनी स्वयं दुइभागमा बिभाजित थियो । पुर्बी जर्मनीमा कम्युनिष्ट सरकार थियो । यति छिटै पुर्बी जर्मनीको कम्युनिष्ट सरकार ढल्ला र जर्मनी एक होला भन्ने सोंच पलाउन सक्ने सम्भावना देखिने बिश्व राजनैतिक अवस्था थिएन ।
सोभियत संघमा १९८६÷८७ मा ल्गासनोस्त र पेरेस्त्रोइमा ल्याइयो । समाजबादी खुलापन र पुनर्निर्माणको सिद्धान्तलाइ पुंजीबादीहरुले आफ्नो पक्षमा उपयोग गर्न थाले । समाजबादी पुनर्निर्माणको सिद्धान्त अघि सार्नु त्यतिबेला आबश्यक थियो किनभने सोभियतसंघको समाजबादी ब्यबस्था कुल डे साक तर्फ मोडिएको थियो । यसको अगाडी अव दुइ मात्र बिकल्प थिए । प्रथम समाजबादी पुनर्निर्माणको सिद्धान्त अघि सार्ने, दास्रो पुजीबादी ब्यबस्थामा फर्किने । किनभने जव गाडी कुल डे साक भित्र पस्छ तव चालकका अगाडी दुइ मात्र बिकल्प रहन्छन्, ती हुन् या त बाटो बनाएर अगाडी जाने हिम्मत गर्नु पर्यो या त बाटो फर्किनु पर्यो । गोर्भाचोभले सर्व प्रथम पहिलो प्रयास गरे पेरेस्त्रोइका (पुनर्निर्माण) । तर दुर्भाग्य पेरेस्त्रोइका आफैमा बिरामी भएर आयो । पेरेस्त्रोइकासित संगै ल्याइएको ल्गास्नोस्त (खुलापन)लाइ पुजीबादी शक्तिले आफ्नो पक्षमा प्रयोगमा ल्याए र पेरेस्त्रोइका गर्लम्म ढल्यो । यसपछि सोभियतसंघ र पुर्बी जर्मनी कमजोर हुदै गए । पश्चिम जर्मनी शक्तिशाली हुदै गैरहेको थियो । जर्मनीले हातहतियार निर्माणका साथै अन्य बिभिन्न उद्योगमा चौतर्फी बिकाश गर्यो । हुदा हुदा आफुलाइ संसारको दोस्रो ठुला हातहतियार निर्यातकका रुपमा स्थापित गर्यो ।
मार्गरेट थ्याचर घोर कम्युनिष्ट बिरोधी थिइन् । उनी पुर्बी जर्मनीमा कम्युनिष्ट शासनको अन्त होस् भन्ने चाहन्थिन् तर दुइ जर्मनी एक होउन् भन्ने  चाहान्न थिइन् । उनको चाहाना कम्युनिष्ट शासन ब्यबस्था खतम हुनुपर्छ तर पुर्बी जर्मनी अलग्गै राष्ट्रहुनुपर्छ भन्ने थियो । किनकि उनलाइ डिभाइड एण्ड रुल प्रिय लाग्थ्यो । अर्को कुरा उनले के प्रष्ट बुझेकि थिइन् भने यदि दुबै जर्मनी कथं कदाचित एक भएमा बेलायतको चाहाना अनुरुप युरोपियन युनियन भित्र आफ्नो हाली मुहाली हुने छैन । आखिर भयो उनले नचाहेको जस्तो । त्यसैले थ्याचरले आफ्ना शासनका पछिल्ला बर्षहरुमा युरोपियन युनियनको बिरोध गरिन् ।  त्यही भुत अहिले पनि बेलायती कन्जरभाटिजममा लागीरहेको छ । मार्गरेट थ्याचर पछिका प्रधानमन्त्री जोन मेजरले युरापीयन युनियनको बिरोध मात्र गरेनन् कि १९९२ मा निदरलैण्डको मासस्ट्रिटमा भएको युरोपियन युनियनको सम्झौता पत्रमा सही गर्न समेत आनाकानी गरे ।
१९९० मा दुबै जर्मनीबीच एकता भए पछि र अझ खासगरी १९९१मा सोभियतसंघको अन्त पछि वार्सा सन्धी पनि भंग भयो र यसका सदस्य राष्ट्रहरु जस्तै पोल्याण्ड, युगोस्लाभियाबाट फुटेर बनेका मुलुकहरु नाटोका सदस्य हुन थाले । नाटोको मुख्य कार्यालय पनि बेल्जियमको ब्रसेल्समै छ, जहाँ युरोपियन युनियनको छ ।
गत डिसेम्बर महिनामा गठित जर्मन मिलीजुली सरकारको सम्झौता पत्रको युरोपियन युनियन सम्बन्धी बुंदामा पेजनं १५७ को सुरुमै “युरोपियन युनियन भित्र जर्मन भाषाले पनि अन्य दुइ फ्रेन्च र अंग्रेजी भाषा सरह मान्यता पाउनु पर्छ ।” भन्ने माग राखिएको छ । वर्तमान जर्मन सरकारले युरोपियन युनियनसंग राखेको यस प्रकारको भाषा समानताको माग बारे बेलायतबाट बिरोध सुरु भैसकेको छ । यद्यपी यस अघिका जर्मन चान्सलरहरु ग्रेरहार्ड स्रोडर र हेल्मुट कोल दुबैले पनि युरोपियन संसदमा अथवा युरोपियन कमिशन भित्र अंग्रेजी र फ्रेन्च भाषाको दवदवा नहोस् भन्ने चाहान्थे तर पनि उनिहरुले यसप्रकारको माग राख्ने शाहस गरेका थिएनन । चान्सलर एन्जेला मेर्केललाइ भने यस अघि सम्म युरोपियन संसदमा अथवा युरोपियन कमिशन भित्र चाहे फ्रेन्च चाहे अंग्रेजी भाषाको बाहुल्यता रहोस् त्यसमा कुनै फरक नपर्ने देखिन्थ्यो, जवसम्म राजनीति र अर्थनीति भित्र उनको दवदवा रहीरहन्थ्यो । तर यसपाली निर्वाचनको मुखैमा आएर युरोपिय युनियन भित्रको शक्तिशाली मुलुक जर्मनीले भाषाको मुद्धा उठाउदा युरापियन पिपल्स पार्टी र पार्टी अफ युरोपियन सोसलिष्टलाइ ठुलै धक्का पर्ने देखिन्छ ।
युरोपिय संसदको आठौं निर्बाचन आगामी मे महिनाको २२ देखि २५ तारिकमा हुदै छ । जर्मनीमा अहिले क्रिस्चियन कन्जरभेटिभ आइडोलजी भएको पार्टी सि डि उ र प्रजातान्त्रिक समाजबादी आइडिओलोजी लिएको पार्टी एस् पी डी को मिलिजुली सरकार छ । यो मिलिजुली सरकारले सम्झौता पत्रमै जर्मन भाषालाइ अंग्रेजी र फ्रेन्च सरह मान्यता लिनु पर्ने कुरा उठाए पछि तर्सिएका बेलायती र फ्रेन्च कन्जरभेटिभ नेताहरुले युरोपियन पिपल्स पार्टी निर्बाचनमा पहिलो हुन सक्नेमा संका गरेका छन् । किनभने जर्मन सरकारको यही मागका कारण युरोपियन पिपल्स पार्टी बिभाजन हुनसक्ने सम्भावना राजनितीक पर्यबेक्ष्यकहरुले औल्याएका छन् । युरोपियन पिपल्स पार्टीको अहिले युरोपियन संसदमा २६५ शिटले पहिलो पंतीमा छ भने पार्टी अफ युरोपियन सोसलिष्ट १८४ सदस्य संख्या सहित दोस्रो पंतीमा छ । पार्टी अफ युरोपियन सोसलिष्टका अध्यक्ष्य सेर्गाइभ स्टानिभले जर्मन मिलीजुली सरकारको सरकार चलाउने सम्झौता पत्रमा जे सुकै लेखिएको भए पनि युरोपियन सोसलिष्ट पार्टीलाइ खास फरक नपर्ने बताइरहदा फ्रेन्च सोसलिष्टहरुले जर्मन सोसल डेमोब्रेटिक पार्टी प्रति क्रुद्ध भएर आलोचना गरेका छन् । यद्यपी सो पार्टीका एकपंती बेलायती लेबर पार्टीले भने यसबारे अझै सार्बजनिक रुपमा मुख खोलेको थाहा लागेको छैन ।
यसबाहेक पनि यी दुबै पार्टीलाइ आसन्न निर्बाचनमा धक्का लाग्ने घटना भर्खरै घट्यो । त्यो के भने युरोपियन पार्लामेण्ट प्रेसिडेण्ट मार्टीन सुल्स हालै इसरायल पुगेर इसरायली पार्लामेण्टलाइ सम्बोधन गर्ने मौका पाएका थिए । उनले आफ्नो सम्बोधनमा इसरायलले प्यालेस्टाइनी क्षेत्रमा आफ्नो बस्ती बसाएका कारणनै इसरायल प्यालेस्टाइन क्षेत्रमा शान्ती कायम गर्न बाधा परेको भनेपछि इसरायली समग्र सांसदहरु उठेर हुटींग गरी उनलाइ सो भनाइ फिर्तालिन बाध्य गराएका थिए । संसारको राजनितीमा प्रत्यक्ष्य वा परोक्ष्य यहुदीहरुको बोलवाला चल्दै आइरहेको छ । जस्तै कुनै पनि ब्यक्तिले अमेरिकाको राष्ट्रपति पदको निर्बाचन जित्न चाहान्छ भने त्यसलाइ यहुदीहरुको आशिर्बाद र सहयोग बिना सम्भव छैन । त्यस्तै बेलायती, जर्मनी वा फ्रान्सको राजजितीमा उनिहरुकै हाबी रहेको छ । अन्यथा यी मुलुकहरुको अर्थतंत्र धराशाही हुनेछ । यतिखेर यहाँ प्रश्न उठ्छ के यहुदीहरुले यो घटना पछि पनि अहिले युरोयिन संसदमा पहिलो र दोस्रो पंतीमा रहेका यी पार्टीहरु युरोपियन पिपल्स पार्टी र पार्टी अफ युरोपियन सोसलिष्टलाइ बिश्वास गरिरहलान् ?
युरोपियन राजनितीमा तेस्रो शक्तिका रुपमा रहेको लिबरल डेमोक्रेट र चौथो शक्तिका रुपमा रहेको ग्रिन पार्टीको युरोपभर अहिले खस्कदो अवस्था छ । युरोपियन संसदमा अहिले छैटौं स्थानमा रहेको पार्टी, पार्टी अफ द युरोपियन लेफ्ट भने मौकामा चौका हान्ने दाउमा रहेको छ । यतिखेर कन्जरभेटिभ र सोसल डेमोक्रेट पार्टीहरु यसरी आन्तरिक बिबादमा परेका बेला आफु फुत्त अगाडी बढ्ने दाउ स्वरुप आगामी निर्वाचनकालागि नारा समेत तय गरिसकेको छ । उनिहरुको नारा छ “गरीव घरबारको राहत र बैंकको शक्तिबिनाको युरोप” । यो नारा तय गरेपछि पार्टी अध्यक्ष्य पियरे लाउरेन्टले भने “हामी युरोपको उज्यालो भविश्यकालागि जाग्नु पर्छ । युरोप बिश्वबयापी मानव अधिकारका पक्ष्यमा संघर्सशील रहनु पर्छ । हामी युरोपमा नयाँ सामाजिक ब्यवस्था र नयाँ अर्थब्यवस्थाको परिचय गराउन सक्ने हुनुपर्छ ।” उनले अगाडी भने “हो हाम्रा हाँक ठुला छन् तर यो हामी प्राप्त गरी छाड्ने छौं ।”
यता हालै सम्पन्न जर्मन संसदको निर्वाचनबाट तेस्रो ठुलो शक्तिका रुपमा प्रबेश गरेको पुर्व जर्मनीको कम्युनिष्ट पार्टीको नयाँ रुप दी लिंकेले यही १५ र १६ फरवरीमा हामवर्गमा एक भेला गरी युरोपियन संसद निर्वाचनमा युरोपियन बामपंथी शक्तिले कमसेकम पनि तेस्रो स्थान प्राप्त गर्ने दाबी गरेको छ । उनिहरुका अनुसार “हामी पुरोपीय हौं र हामी अन्तरराष्ट्रिय पनि हौं । जनतालाइ गरीबी तिर उन्मुख गराउनु एन्टी युरोप हो, मजदुरीको सही ज्याला नदिनु एन्टी युरोप हो त्यसैले युरोपमा यी कुराहरु रोक्न बामपंथी शक्ति बलियो हुनु पर्छ ।”

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *